logo

महायज्ञमा बस्न नदिने पूजा समितिको निर्णय बिरुद्ध दलीत समुदायले बनाए संघर्ष समिति

 इसीमाना सम्वाददाता     २०७९ चैत ३ गते ०९: ४७ मा प्रकाशित     498   पटक पढिएको

वीरगंज । वीरगञ्ज महानगरपालिका वडा नम्बर १७ अलौमा यही चैत ८ गतेदेखि हुने महायज्ञमा दलित समुदायलाई पूजामा बस्न नदिने महायज्ञ पूजा मुल समितिको निर्णयका बिरुद्ध दलीत समुदायले संघर्ष समिति बनाएका छन ।

०७९ चैत ३ गते वीरगंजमा रहेको नेपाल पत्रकार महासंघ पर्साको सभाकक्षमा पत्रकार सम्मेलनको अयोजना गरेर संघर्ष समिति निर्माण गरिएको जानकारी दिइएको हो ।

No description available.

बिष्णु रामको अध्यक्षतामा १३ सदस्यीय संघर्ष समिति गठन गरिएको हो । समितिले दलित समुदायको मागलाई सम्बन्धित निकायलाई जानकारी गराउने र मागको सम्बोधनका लागि पहल गर्ने निर्णय गरेको छ ।

 

पूजामा दलीत समुदायलाई सहभागी नगराइए आन्दोलन गरी दबाब सृजना गर्ने संघर्ष समितिका अध्यक्ष बिष्णु रामले बताए । संविधानले दिएको अधिकार समाजमा स्थापित गर्न संघर्ष समितिले पहल गर्ने उनको भनाई छ ।

 

अहिलेको आन्दोलनले भोली दलितका सन्ततीले विभेद खेप्न नपर्ने वतावरण बन्ने उनको विश्वास छ ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर १७ अलौमा यही चैत ८ गतेदेखि हुने महायज्ञमा दलित समुदायलाई पूजामा बस्न नदिने महायज्ञ पूजा मुल समिति विरुद्ध आन्दोलनरत दलित समुदायको माग सम्बोधन नभएपछि दलीत समुदायले संघर्ष समिति बनाएको हो ।

 

०७९ फागुन २९ गते वीरगञ्जको घण्टाघरमा प्रदर्शन गर्दै जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेललाई उजुरी दिएपनि विवाद सुल्झिन सकेको छैन ।

 

यद्धपी यो वीचमा जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएपछि जिल्ला प्रहरी कार्यालय पर्सामा प्रहरी नायब उपरीक्षक दिपक गिरीको उपस्थितिमा २ चरणमा छलफल चल्यो तर निष्कर्ष निस्केन ।

 

तेस्रो चरणमा पूनः जिल्ला प्रशासन कार्यालय पर्सामा प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंह लगायतको रोहबरमा भएको छलफल पनि निस्कर्षविहिन भयो । यो छलफलमा राज्यका निकाय गम्भिरतापूर्वक प्रस्तुत नभएको दलीत अगुवाको बुझाई छ ।

नेपाल दलित मुक्ति मोर्चा मधेश प्रदेशका अध्यक्ष लवकुश बैठाले छुवाछुत गर्नेलाई पनि कारवाही गर्नु पर्ने बिचार ब्यक्त गर्दछन ।

No description available.

महायज्ञ पूजा मुल समितिका सदस्य एवम् स्थानीय संसारी माई मन्दिर व्यवस्थापन समितिका अध्यक्ष प्रह्लाद चौधरीले खुलेयाम रुपमा बरु जेल जान तयार तर यज्ञमा दलितलाई बस्न नदिने बताउँदा पनि प्रहरी प्रशासन कानमा तेल हालेर बसेको बैठाको आरोप छ ।


कानुन कार्यन्वयनमै विभेद भएपछि अब न्याय पाउने आशमा आन्दोलन गर्न बाध्य भएको दलित अगुवा जवाहिर रामले बताए ।
स्थानीय दलित विकास पथका अध्यक्ष शिवनारायण रामले वीरगञ्ज अलौका दलितको समस्या मात्रै नभएर सिंगो दलित समुदायमाथिको विभेद भएको बताए । अहिले पनि चुप लागेर बसेमा फेरी आगामी दिनमा पनि सहनुपर्ने भन्दै उनले अब आवाज उठाउनुको विकल्प नरहेको बताए ।


पत्रकार सम्मेलनमा दलीत महिलाहरुको पनि उल्लेख्य सभागिता रहेको थियो । अलौ निवासी ७० वर्षीय सिधारिया देवी आक्रोशित मुद्रामा थिइन बिभेद बिरुद्ध बिद्रोह गर्नु पर्ने उनले बताइन ।

No description available.

घरको कामकाज छोडेर वीरगंज आएकी ६० वर्षीय जियन देवीले यसअघि छठ पर्व, दुर्गा पूजा लगायतका धार्मिक क्रियाकलापमा सरिक हुँदा केही फरक नपर्ने तर अहिले यज्ञमा बस्दैमा के फरक पर्छ भन्दै प्रतिप्रश्न गरिन ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.