logo

मंत्री बन्न दुई करोड डिलको अडिया सार्वजनीक, रास्वपा अध्यक्ष लामिछानेको सर्वत्र आलोचना

 इसीमाना सम्वाददाता     २०७९ चैत २६ गते ०७: ३३ मा प्रकाशित     558   पटक पढिएको

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिक कोटामा प्रतिनिधि सभा सदस्य बनेका डा .ढाका कुमार श्रेष्ठको अडियो सार्वजनीक भएपछि सामाजिक संजालमा गम्भिर आलोचना शुरु भएको छ ।

अडियो वार्तामा रास्वपाका समानुपातिक सांसद डा. ढाकाकुमार श्रेष्ठले प्रसाईंसँग आफू स्वास्थ्यमन्त्री बन्नका लागि पार्टीलाई रकम बुझाउनुपर्ने बताएका छन् ।

 

उनले अढाई करोड रूपैयाँ मागिएको तर आफूसँग पैसा नभएको भन्दै उनले सहयोग मागेका हुन् ।

‘आज मैले फिक्स्ड गर्नुपर्छ पैसा, उधारो हुन्न भन्छन् फेरि,’ उनले फोनवार्तामा भनेका छन्, ‘साढे दुई भनेका छन्, तर एक दियो भने पनि मान्छन् होला ।’

यो फोन वार्तामा प्रसाईंले आफूले दुई करोड रूपैयाँ दिने ग्यारेन्टी गरेका छन् । भ्रष्टाचार बिरुद्धको आवाज बुलन्द गरेर उठेको पार्टीका डा. सांसदको यास्तो अडियो वार्ता सार्वजनीक भएपछि पार्टी अध्यक्ष निकै दवावमा आएका छन । यो अडियो सार्वजनीक हुदै गर्दा अध्यक्ष लामिछाने बाराको क्षेत्र नं २ को चुनावी सभा सम्बोधन गर्दै थिए ।

 

सामाजिक संजालबाट अडियो वार्ता बारे थाहा पाएको बताउदै अध्यक्ष लामिछानेले बडो शालिनतापूर्वक यो बिषयलाई सम्बोधन गरेका छन ।

 

उनमा उत्तेजना छैन कुनै आक्रोश ब्यक्त गरेनन उनले छानवीन गर्ने र कारवाहीको प्रतिवद्धता जनाए । डा.श्रेष्ठलाई निलम्बन गर्ने निर्देश गरेको जानकारी दिएका अध्यक्ष लामिछानेले उनै श्रेष्ठले नाम लिएका पार्टी अध्यक्ष आफै छानविनको दायरामा आउने नआउने बारे केही बोलेनन ।

यसैवीच पार्टीले एक बिज्ञप्ति जारी गरि सार्वजनिक भएको टेलिफोन संवादप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

 

डा. श्रेष्ठको स्वरमा स्वास्थ्य मन्त्री बन्न पैसा दिनुपर्छ भन्ने संवाद रहेको उक्त टेलिफोन वार्ताका सम्बन्धमा सत्यतथ्य छानबिन गरी ३ दिनभित्र केन्द्रीय समितिमा प्रतिवेदन पेश गर्न पार्टीको केन्द्रीय अनुशासन तथा आचरण समितिलाई निर्देशन दिइएको जनाएको छ ।


यो छानबिन पूरा नभएसम्मका लागि सांसद तथा पार्टीको साधारण सदस्यका हैसियतले समेत कुनै पनि काम कारवाही नगर्न नगराउन समेत डा. श्रेष्ठलाई निर्देशन दिइएको छ ।
उपचुनावको यो संग्रामको बेला सार्वजनीक भएको अडियोले सष्ट्रिय स्वतन्त्र पार्टीलाई रक्षात्मक बनाएको छ । सामाजिक संजालमा यो बिषयलाई लिएर निकै आलोचना भएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.