logo

एमालेका बौद्धिक नेता पौडेलको उम्मेदवारीले “भेन्टिलेटर”मा पुगेको पार्टी संघर्षको मोर्चामा अग्रस्थानमा आयो

 इसीमाना सम्वाददाता     २०८० बैशाख ४ गते १०: २५ मा प्रकाशित     910   पटक पढिएको

पुरुषोत्तम पौडेल पंचायतीकालमै जनपक्षीय उम्मेदवार भएर तत्कालीन निजगढ पंचायतको प्रधानपंच निर्वाचित भएका थिए ।

 

नेपालको मात्र होइन संगठीत सदस्य भएका हिसावले संसारकै दोश्रो ठुलो लोकप्रिय बिद्यार्थी संगठन अनेरास्ववियुको केन्द्रीय सदस्य भएका निकै गतीशल नेता ।

 

०४८ मा कम्युनिष्ट आन्दोलनको उर्वर भूमी बारा जिल्लामा नेकपा एमालेको पार्टी सचिवको जिम्मेवारी पुरा गरेका नेता । अहिले नेकपा एमालेको पोलिटब्यूरो सदस्य एवं मधेश प्रदेशको सह इन्चार्जको जिम्मेवारीमा क्रियाशिल छन ।

 

बारा बाटै एक पटक प्रतिनिधि सभामा एक पटक र संम्बिधान सभामा एक पटक निर्वाचित पौडेल मधेश प्रदेशमा एमालेका निकै सम्भावना भएका नेताको कोटीमा पर्छन ।


बैचारिक नेताको रुपमा आफनो नेतृत्व कौशल प्रमाणीत गरिसकेका नेता पौडेल शालीन तथा भद्र नेता हुन । पौडेल बारा जिल्लाको जन जनको मनमा बस्न सफल छन ।

 

बाराको निर्वाचन क्षेत्र नं २ तुलानात्मक रुपमा नेकपा एमाले कमजोर ठानिएको क्षेत्र हो । तर निर्वाचनको मैदानमा पुरुषोत्तम पौडेललाई उम्मेदवारको रुपमा प्रस्तुत गर्ने पार्टी निर्णयले “कोरामिन”सूईको काम गरेको छ ।

 

पौडेको उम्मेदवारीले “भेन्टिलेटर”मा पुगेको बिरामी उठेर आफनो दैनीकीमा पर्के जस्तो भएको एमाले कार्यकर्ताको बुझाई छ ।

 

पार्टी छिन्न भिन्न भएको थियो भेन्टिलेटरमा भएको भएको पार्टी अहिले निर्वाचन रुपी संघर्षको अग्रमोर्चामा आएको एमालेका नेता जवलन्धर सिंहको टिप्पणी छ ।


बारा जिल्लाको निर्वाचन क्षेत्र नं २ यस्तो निर्वाचन क्षेत्र हो जसको सबै वडामा एमाले छ । सदैव हसिलो र सहज रुपमा प्रस्ुतत हुने नेता पौडेललको बोलीमा बिश्वासर मिठास एकैपटि अनुभव गर्न पाइन्छ ।

 

मधेशलाई सामुदायीक र जातीयरुपमा बिभक्त गरेर राजनीति गर्दै आएका उपेन्द्र यादवलाई अहिले बारामा जातीयताको बिरोधमा भाषण गर्नु परेको छ ।

 

साम्प्रदायीकताको बिरोध गर्नु परेको छ । अझ त्यो भन्दा बढी नेपालको शरहद भित्र कोही बाहिरिया र भित्रिया नहुने कुरा स्थापित गराउनु परेको छ ।

 

यि तीनवटै कुरा यादवले आफनो राजनीतिक शक्ति र सत्ता प्राप्तिका निम्ति उपयोग गरेका थिए । आज बाराको क्षेत्र नं २ बाट चुनाव जित्नकालागि यही तीनवटा बिषयको बिरोधमा यादवको अभियान चल्दो छ ।


यादवका बिरुद्ध मधेशमा डा.सी.के राउतले बैकल्पीक नेतृत्वको रुपमा उदाउने प्रयास गर्दै गवजको चुनौती दिएका छन । त्यसको प्रभाव बाराको क्षेत्र नं २ पनि देखिएको छ ।

 

तर कम्युनिष्ट आन्दोलनको उर्वर भूमी बाराको २ मा कम्युनिष्ट आन्दालेनबाट बिभिन्न कालखण्डमा बिभिन्न कारणले अलग थलग भएर बसेका पुरना कम्युनिष्टहरु एकै पटक बेगवान उर्जा र उत्साहका साथ पौडेलको वरिपरि गोलवद्ध हुदै आएका छन । सिंगो पार्टी एक भएको छ ।आन्तरि।क रुपमा यति बजवुतीकासाथ नेकपा एमाले चुनावी मैदानमा उत्रिएको छ की आम मान्छेहरु त्यसबाट प्रभावित भएका छन । त्यसमाथि एमाले नेता पौडेल निकै बौद्धिक र ब्यवहारिक नेताको
रुपमा स्थापित छन ।


पौडेल बारका कै हुन उनी जनताको वीचमै रहेका नेता हुन। लोककल्याण्कालागि एमाले सरकारले गरेका काम हरु बिकास निर्माण काम पौडेलका निम्ति सवल पक्ष हुन भने बिकास प्रतिको उनको दृष्टिकोण र क्षेत्रमा बिकासका निम्ति उनले देखाएको मार्गचित्र जनताले पत्याउने खालका छन ।

 

उनी टोल टोलामा पुग्छन आम जनताको वीचमा सजिलै घुलमिल हुन्छन स्थानीय भाषामा दख्खल छ जनताले बुझने गरि आफना कुरा राख्छन । खेतमा काम गरिरहेका जनताको वीचमै पूग्छन ।

 

मतदातासँग सजिलै घुलमिल हुन्छन्। मन्द र मीठो मुस्कान त उनको बिशेषता नै हो । यादव हराउन अभियानको फाइदा पनि पौडेलले प्राप्त गर्ने छन । यादवलाई जिताएर उनीसंगै भोलीको दिनमा प्रतिस्पर्धा गर्ने कुरामा कतिपय यादव नेताहरुपनि चाहिरहेका छैनन । यस्तोमा बारा क्षेत्र नं २ नेकपा एमालेकोलागि निकै सम्भावना भएको क्षेत्र बनेको छ ।

 

पचरौता नगरपालिका एमालेको आधार क्षेत्र नै हो । कोल्वीको वडा नं ८ करैयामाई देवताल तथा सुवर्ण गाउँपालिकाका सबै वडामा एमाले कडा प्रतिस्पर्धा दिने अवस्थामा रहेकोले बाराका क्षेत्र २ को स्थानीय राजनीतिमा बारिहकालाई हराउने अभियानको फाइदा नेकपा एमालले पाउने अधाराहरु बन्दै गएकोले बारा २ मा एमालेको झण्डा फहरिन सक्छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.