logo

वीरगंज महानगर बिरुद्ध अदालतको अंकुश, भवन निर्माण नरोक्न र पार्किङ नराख्न अन्तरिम आदेश

 इसीमाना सम्वाददाता     २०८० बैशाख ६ गते ०८: ०० मा प्रकाशित     821   पटक पढिएको

आफनै निर्णयको प्रतिकूल हुने काम गरेको भन्दै वीरगंज महानगरपालिका बिरुद्ध च्च अदालत जनकपुर अस्थाई ईजलास वीरगंजले कानूनी अंकुश लगाएको छ ।

 

महानगर बिरुद्ध अदालतले अन्तरिम आदेश जारी गरेर अंकुश लगाएको हो । वीरगंज महानगरपालिकाले रक्त संचार केन्द्रको भवन निर्माणकालागि आफनो स्वामित्वमा रहेको जग्गा कार्यपालिका तथा नगरसभाबाट पारित गरेर नेपाल रेडक्रस सासाइटी पर्सालाई दिएको थियो ।


रक्त संचार केन्द्र भवन निर्माण गर्न उद्योग बाणिज्य संघको पश्चिम तर्फ रहेको खाली जग्गा नेपाल रेडक्रसलाई उपलब्ध गराउने निर्णय लाई बेवास्ता गरी रक्त संचार केन्द्रका लागि नदिने भन्दै महानगरले पत्राचार गरेको थियो ।

 

महानगरले त्यही जंग्गामा पार्किगं ठेक्का लगाएर रक्तसंचार केन्द्र निर्माणमा अवरोध खडा गरेको आदलतले आदेश जारी गरेको हो । बुधवार जारी आदेशमा रक्त संचार केन्द्र भवन निर्माणमा कुनै बाधा अवरोध नगर्नु नगराउनु पार्किग कार्य समेत नगर्नु नगराउनु भनिएको छ ।

 

उच्च अदालत जनकपुर अस्थायी ईजलास वीरगंजका माननिय न्यायधीश गणेश प्रसाद बराल र सुदर्शन देव भट्टको संयुक्त ईजलासले आदेश जारी गरेको हो ।


बिजय कुमार सरावगी वीरगंज महानगरपालिकाको नगर प्रमुख भएको बेलामा वीरगंज महानगरपालिकाको स्वामित्वमा रहेको वीरगंज महानगरपालिकाको वडा–३ मा रहेको कित्ता नम्बर २१ र ५६ को जग्गामा रक्त संचार केन्द्रको भवन बनाउने गरी २०७७ माघ १३ गते बोर्ड बैठकबाट निर्णय गरी नगर सभाबाट समेत अनुमोदन भएको थियो ।

 

भवन निर्माण सम्बन्धमा महानगरले ०७८ असार ३ गते नेपाल रेडक्रस सोसाईटी पर्सासंग सम्झौता समेत गरेको थियो । सम्झौतामा भवनको भुईतल्लामा सार्वजनिक पार्किङ्ग समेत राख्ने उल्लेख छ । महानगरले भवन निर्माणकालागि रेडक्रसले पेश गरेको नक्सा समेत पास गरेर ०७८ चैत २९ मा भवन निर्माण इजाजत पत्र दिएको थियो । भवन निर्माणको लागि तत्कालिन नगर प्रमुखले २५ लाख रुपैया अनुदान समेत उपलब्ध गराएका थिए ।


भवन निर्माणको करारमा ठेक्का सम्झौत समेत भएको अवस्थामा महानगरको नेतृत्व परिवर्तन भयो । परिवृतीत नेतृत्वसंग भवन निर्माणकालागि बिभिन्न चरणमा छलफल आग्रह र लिखित आग्रह गरिएको रेडक्रसका शाखा सभापति वीरेन्द्रराज कडेलले बताए ।

 

रेडक्रससंग भएको विगतको सम्झौता विपरित रेडक्रसलाई कुनै जानकारी नै नगराई सो जग्गामा सार्वजनिक पार्किङ्गको ठेक्का लगाएको छ । रेडक्रस पर्साले पत्र लेखेर रक्तसंचार भवन बनाउन आग्रह गरेमा ०७९ माघ ४ गते महानगरको तर्फबाट प्रशासकीय अधिकृत लक्ष्मी पौडेलले सो अब जग्गा उपलब्ध गराउन नसकिने व्यहोराको पत्र दिएको कडेलले बताए ।

 

महानगरसंगका सबै बाटो र, उपाय सकिए पछि रेडक्रस सोसाइटी अदालतको शरणमा पुगेको थियो । अदालतले भवन निर्माण कार्यमा कुनै बाधा अवरोध नगर्नु नगराउनु, र सो जग्गामा पार्किङ्गकार्य नगर्नु नगराउनु भन्ने आदेश जारी गरेको छ । उच्च अदालत वीरगंजको उल्लेखित आदेशले वीरगंजमा अत्याधुनिक रक्त संचार केन्द्र निर्माण हुने बाटो खुल्ला भएको छ

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

निजगढ नगरपालिका–९ पश्चिम लच्कामा  मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु

निजगढ ।  पूर्वपश्चिम राजमार्गअन्तर्गत बाराको निजगढमा बुधवार दिउँसो दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु भएको छ ।

तिर्थ स्मृति प्रतिष्ठानद्वारा बरिष्ठ समाजसेवी बख्रेल सम्मानीत

काठमाण्डौ । बरिष्ठ समाजसेवी चन्द्रप्रसाद बख्रेल तिर्थ स्मृति प्रतिष्ठान नेपालबाट सम्मानीत भएका छन ।  काठमाण्डौ सामाखुशी स्थित लिंकन कलेजमा मंगलवार आयोजीत एक कार्यक्रका वीच उनलाई सम्मान गरिएको हो ।

खेलकुद

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.