logo

बाराको निर्वाचन २ ,ग्राउण्ड जिरोमा ठुलो बदलाव, जनमत संयोजक र स्वतन्त्र उम्मेदवारको सूर्यमा मतदान गर्न अपिल , एमालेका पुरुषोत्तम साझा बन्दै,

 इसीमाना सम्वाददाता     २०८० बैशाख ९ गते १२: २० मा प्रकाशित     1299   पटक पढिएको

बारा क्षेत्र नम्बर २ का प्रतिनिधिसभाको उपनिर्वाचनका उम्मेदवार एमालेका पुरुषोत्तम पौडेललाई स्वतन्त्र उम्मेदवार सुरज शाह तेलीले समर्थन गरेका छन् ।

नेकपा एमालेका उम्मेदवार पौडेलको समर्थनमा आफनो उम्मेदवारी फिर्ता लिएको घोषणा गर्दै आम मदतातालाई सूर्य चिन्हमा मतदान गर्न विज्ञप्ति जारी गर्दै अपिल गरेका छन ।

 

उनले आफनो उम्मेदवारी निष्क्रिय रहने बताएका छन । तेलीले बिज्ञप्ति जारी गर्दै सुशासन र बिकासको प्रतिफल जनतामा पुर्याउन सक्ने नेता पौडेल मात्र भएको बताएका छन । बारा २ को निर्वाचनको मैदानमा राजनीतिको सर्वथा नैतीकहिन प्रहसन भइरहेको सन्दर्भ छ ।

No description available.

सप्तरी जनताले परास्त गरेका जसपाका अध्यक्ष उपेन्द्र यादवको सत्ता बिना बाँच्न नसक्ने स्वार्थी प्रवृतिको प्रकटीकरण बारा २ मा भएको छ । जनताको मतद्वारा पराजीत यादव चोरबाटो सुदै संसद प्रवेश गर्न खोज्दा उनको सर्वत्र आलोचना भएको छ । उनले सप्तरीका जनताको आदेशको अपमान गरेको राजनीतिक बिश्लेकष्कहरुको टिप्पणी छ ।

No description available.

बाराको क्षेत्र नं २ लाई आफू सत्तामा जाने भ¥याङ बनाउनेको बिरुद्ध एउटा बलियो उम्मेदवारको आवश्यकता भएको बेलामा स्वतन्त्र उम्मेदवार तेलीको यो निर्णयले उपेन्द्र बिरोधी ठुलो जनमताको प्रतिनिधित्व पौडेलले गर्ने भएका भएका छन ।

https://youtu.be/c5QewlA4voE 

(जनमत पार्टीका बारा जिल्ला संयोजक अकबर खलिफाको भिडियो)


स्वतन्त्र उम्मेदवार तेलीले विज्ञप्ति जारी गर्दै भनेका छन ‘‘एमालेका पुरुषोत्तम पौडेल बाराकै चिर परिचित अनुहार तथा बाराका पुरानो र जनमुखी नेता हुन । बारामा भएका विकासको पहलकर्ता समेत रहेका पुरुषोत्तमलाई प्रतिनिधिसभाको उपनिर्वाचनमा विजयी गराउन आम मतदाता संग अपिल गर्दछु ।

No description available.

उनले भने, ‘बारा क्षेत्र नम्बर २ मा खटिरहँदाखेरी धेरै उम्मेवारहरुको विश्लेषण पनि गरिरहेको थिएँ, त्यो विश्लेषण गर्दा क्षेत्र नम्बर २ लाई आवश्यक भएको उम्मेदवार चाहिँ पुरुषोत्तम पौडेल नै भन्ने निष्कर्ष निकालें ।’

उनले पुरुषोत्तमले अघि सारेको चुनावी नारा आफूलाई मन परेको बताए । बाराका ४ वटा निर्वाचन क्षेत्रहरुमध्ये सबैभन्दा धेरै विकास क्षेत्र नम्बर १ मा भएको र त्यो पुरुषोत्तमकै कारण भएको र अब यस क्षेत्रमा समेत विकास गर्नका निम्ति पुरुषोत्तमको आवश्यकता भएको उनले निष्कर्ष सुनाए ।

यसैगरि जनमत पार्टीका बारा जिल्ला संयोजक अकबर खलिफाले जनमत पार्टी परित्याग गरेका छन । उनले नेकपा एमालेका उम्मेदवार पुरुषोतम पौडेलको जीत बारा क्षेत्र नं २ को आवश्यकता भएको ठहर गरेर पार्टी परित्याग गरेको बताए ।

उनले बिकासप्रेमी ,शालीन ,जनप्रिय तथा बैद्धिक नेता पुरुषोतम पौडेललाई मतदान गरेर बिजयी बनाउन आम मतदातालाई अपिल गरेका छन ।

No description available.जनमत पार्टीका जिल्ला संयोजकको सर्मथन प्राप्त गरेपछि एमालेका नेता पुरुषोतम पौडेल पाँचदलीय गठबन्धनका बिरुद्ध साझा उम्मेदवार बनेका छन । No description available.उपेन्द्र यादवको स्वार्थलाई रोक्नकालागि पुरुषोतम पौडेल निविर्कल्प उम्मेदवार भएको बाराको निर्वाचन क्षेत्रको ग्राउण्ड रियालीटी बन्न पुगेको उनले पाउदै गरेको सर्मथनले पुष्टि गरेको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.