logo

वीरगंजमा इद मिलन,नेताहरुको एकै स्वर, परम्परादेखीको सदभाव र एकता खण्डीत हुन दिदैनौं

 इसीमाना सम्वाददाता     २०८० बैशाख १६ गते ०९: ५५ मा प्रकाशित     504   पटक पढिएको

वीरगंज । मुस्लिम समुदायको आयोजनामा वीरगंजमा शनिवार इद मिलन समारोह सम्पन्न भएको छ । समारोहलाई नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सम्बोधन गर्दै एकिकृत नेपाल निर्माणमा मुस्लिम समुदायको भुमिकाबारे चर्चा गरेका थिए ।

 

उनले सवै धर्मका मानिस मिलेर नेपालको बिकाश गर्नुपर्ने समय आएको बताएका थिए । नेपालमा १० धर्मका ब्यक्तिको बसोवास रहेको चर्चा गर्दै उनले धार्मिक विधिताका वीचमा एकता नेपाली समाजको सौन्दर्य भएको बताए । उनले रष्ट्रिय हित र एकताको निम्ति मुलुकमा सदभाव र एकताको खाँचो रहेको बताए ।


कार्यक्रमलाई सम्बोधन गर्दै पर्साको क्षेत्र नं १ का प्रतिनिधि सभाका सदस्य पदीप यादवले धार्मिक कुरा भावना संग जोडिने भएकोले सम्बेदनशील हुन आवश्यक रहेको बताए ।

No description available.

केही दिन देखी समाजमा धार्मिक सदभावलाई बिथोल्ने प्रयास भइरहको आफनो अनुभव रहेको बताउदै पूर्वमंत्री समेत रहेका यादवले यस बारेमा आफूले मुलुकका प्रधानमंत्री प्रहरी प्रमुख स्थानीय प्रशासनलाई अवगत गराएको बताए ।

 

केही तत्व सदभाव बिगार्न योजनावद्ध रुपमा लागेको छ यो बिषयमा हामी जानकार छैनौ भन्ने छैन उनले भने “सामाजिक सदभाव बिगारेर समाजको शान्ति भंग गर्न खोज्ने जोसुकैलाई प्रशासनले कानून अनुसार कारवाही गर्नु पर्छ ” ।


सासद यादवले समाजको इतिहासको चर्चा गर्दै भने “हामी सबै दाजुभाई हौं यो सम्बन्ध त परम्परादेखीको हो यसलाई तोड्न हुदैन र कसैले तोडने सपना पनि देख्नु हुदैन ।


कार्यक्रममा प्रदेश सरकारका उधोग तथा पर्यटन राज्यमंत्री रहवर अन्सरीले चाडपर्वहरु प्रहरीको सुरक्षाघेरा भित्र मनाउनु पर्ने अवस्था आयो भने त्यहा केही समस्या छ भन्ने बुझनु पर्ने बताए । उनले धार्मिक बिचारमा बिविधता त छ तर त्यहा सहिष्णुता पनि हुनु पर्ने बताए । धार्मिक तथा सामुदायिक सहिष्णुताले मात्र समाजको सुरक्षा र बिकासको प्रत्याभूती गर्ने मंत्री अन्सारीले बताए ।


वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले सामाजिक सदभाव बिथोल्ने प्रयास भइरहेको प्रति समाजका सबै तप्का सम्बेदनशील हुनु पर्ने बताए । उनले कुनै पनि समुदायमा सदभाव बिगार्नेहरुको कदमलाई नियन्त्रण गर्ने अग्रसरता हुनु आवश्यक रहेको बताए ।

No description available.

उनले कागले कान लग्यो भन्दैमा कागको पछाडि कुदन नहुने बरु कान छाम्नु पर्ने सुझाव दिदै बदमाशी गर्ने जो कोहीलाई कानूनी दायरामा ल्याएर दण्डीत गर्नु पर्ने बिचार ब्यक्त गरे ।

उनले सोसल मिडियामा गैर जिम्मेवारीपूर्वक जे मन लाग्यो त्यही लेख्ने प्रवृति बढेको प्रति चिन्ता समेत ब्यक्त गरे ।

कार्यक्रममा पर्सा क्षेत्र २ का सासद अजय चौरसिया, प्रदेश सभा सदस्य श्याम पटेल, उपमेयर ईम्तियाज आलम , नेशनल मेडिकल कलेजका अध्यक्ष डा. जैनुदिन अंसारी, नेपाल पत्रकार महासंघ मधेश प्रदेशका महासचिव श्याम बन्जारा,वीरगंज उद्योग वाणिज्य संघका अनिल अग्रवाल, महम्मद शाहबुदिन ,औषधि व्यवसायि संघका अध्यक्ष ताजुदिन अंसारी लगायतकाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

 

मेडिकल कलेजका प्रबन्ध निर्देशक बसरुदिन अंसारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण शशिकपुर मियाँले गरेका थिए । कार्यक्रम टाउन हलमा सम्पन्न भएको थियो ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.