logo

जीतपुर गौशालाको सार्वजनीक जग्गाामा बनेको संरचना उमहानगरले भत्कायो, उपमहानगरले गाई पाल्ने

 इसीमाना सम्वाददाता     २०८० बैशाख १७ गते ०८: ३५ मा प्रकाशित     447   पटक पढिएको

सिमरा। बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले जीतपुर गौशालाको सार्वजनिक जग्गामा बनेका संरचना डोजर लगाएर भत्काएको छ । उपमहानगरपालिकाको कार्यालयले पूर्वसूचना बमोजिम अनधिकृत घरटहरालगायतका संरचना भत्काएको हो ।

जीतपुरसिमरा उपमहानगरपालिका ७ मा रहेको गौशालाको जग्गामा बनेको संरचना भत्काउने क्रममा केहीबेर विवाद समेत भएको थियो । जग्गा स्वामित्वको दाबी गर्दै आएको वीरगन्ज जीतपुर गौशालाका प्रतिनिधिले संरचना भत्काउन अवरोध गर्दै डोजरमाथी ढुंगा समेत प्रहार गरेका थिए ।

उपमहानगरपालिकाको डोजरमाथी ढुंगा प्रहार हुन थालेपछि केहीबेर स्थिति तनावपूर्ण बनेको थियो । ढुंगा प्रहार स्थिति सहज बनेको थियो । अनधिकृत संरचना हटाउने उपमहानगरपालिकाको निर्णयमासमर्थन जनाएका स्थानीयले घरटहरा भत्काउन सहयोग पुर्याएका थिए ।

सो क्रममा नगर प्रमुख पौडेलसहित, उपप्रमुख भोलाप्रसाद अधिकारी, प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरी, वडाध्यक्ष सुनिल गुप्ता, धनबहादुर श्रेष्ठ, ईश्वर खत्रीलगायतका जनप्रतिनिधि र स्थानीय सहभागी थिए ।

जग्गा स्वामित्वको दावी गर्दै आएको वीरगन्ज जीतपुर गौशालाका प्रतिनिधिले भने नगर प्रमुख पौडेललाई संरचना नभत्काउन आग्रह गरेका थिए । उक्त संस्थाका महासचिव देवकीनन्दन अग्रवालले उपमहानगरपालिकाबाट नक्सापास गर्ने प्रक्रिया अघि बढिरहेको र स्थानीय सरकारको नीति अनुसार नै अघि बढ्न तयार रहेको बताएका थिए ।

तर नगर प्रमुख पौडेलले सर्वोच्चबाट उक्त जग्गा सार्वजनिक सम्पतिको रुपमा कायम भईसकेको हुँदा कसैले पनि अनधिकृत संरचना बनाउन नमिल्ने अडान लिएका थिए । नक्सापास गराउने भन्दा पनि व्यक्ति वा संस्थाले सार्वजनिक जग्गामा संरचना बनाउन नमिल्ने भएकाले भत्काउन लागिएको हुँदा सहयोग गर्न आग्रह गरेका थिए ।

लामो समयदेखि स्वामित्व विवादमा अल्झिएको उक्त जग्गा सर्वोच्च अदालतको पछिल्लो आदेशपछि सार्वजनिक जग्गाको रुपमा कायम भइसकेको छ । २०७९ जेठ २३ गते सर्वोच्च अदालतले जीतपुर गौशालाको नाममा रहेको उक्त जग्गा सार्वजनिक सम्पतिको कायम रहने गरी आदेश दिएको हो ।

वीरगन्ज जीतपुर गौशाला नामक संस्थाले लामो समयदेखि उक्त जग्गा आफ्नो रहेको दावी गर्दै संरचना बनाउदै आएको थियो । २०२२ साल भन्दा अगाडी जीतपुरमा केही जग्गा खरिद गरी गाइगोठ बनाएर गाइपालन सुरु गरेको उक्त संस्थाले जीतपुर बजारको करिब तीन विगाह जग्गा जीतपुर गौशालाको नाममा दर्ता गरेको थियो ।

वीरगन्ज जीतपुर गौशालाको नाममा रहेको जग्गामा गाइपालन शुरु गर्दै संस्थाले २०२२ सालमा भूमिसुधार लागु भएपछि जीतपुरको जग्गा नापी गराएर जीतपुर गौशालाको नाममा फिल्डबुक तयार गरेको थियो । सोही फिल्डबुकको आधारमा २०३६ सालमा तत्कालिन प्रधानपञ्चको कार्यालयबाट सिफारिस लिएर जीतपुर गौशालाको नाममा लालपूर्जा कायम गरेको थियो ।

लालपूर्जा बनेसंगै जग्गा विक्री गर्न थालेपछि तत्कालिन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको आदेशमा तत्कालिन प्रमुख जिल्ला अधिकारीले विक्री वितरणमा रोक लगाएका थिए । उक्त रोक्कापछि जग्गा खरिद गरेका ३० जना भन्दा बढी स्थानीयले अझै लालपूर्जा पाउन सकेका छैनन् भने जग्गा खरिद गर्न दिएको रकम समेत फिता पाएका छैनन् ।

जीतपुर गौशालाको नाममा दर्ता गरिएको उक्त जग्गा सरकारी स्वामित्वमा आउनुपर्ने भन्दै स्थानीय अगुवाले २०४८ सालमा जिल्ला अदालतमा मुद्धा दर्ता गरेका थिए । जिल्ला अदालत, पुनरावेदन हुँदै सर्वोचमा पुगेको उक्त मुद्धामा झण्डै तीस वर्षपछि २०७९ जेठ २३ गते सार्वजनिक सम्पतिको रुपमा कायम रहने गरी फैसला आएको हो । उक्त फैसलापछि उपमहानगरपालिकाले जीतपुर गौशालाको जग्गामा बनेको संरचना भत्काएको हो ।

यसैवीच बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले जीतपुर गौशालाको गाईको पालनपोषण र रेखदेख आफैँले गर्ने जनाएको छ । उपमहानरले जीतपुर गौशालाको अबैध संरचना हटाउँन खोज्दा त्यहाँ रहेको गाँईलाई देखाएर भूमाफियाले धार्मिक द्धन्द्ध सिजर्ना गर्न खोजेपछि जीतपुर गौशालाको गाईको पालनपोषण र रेखदेखको जिम्मेवारी आफैँले गर्ने जनाएको हो ।
जीतपुरसिमरा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीले एक सूचना जारी गरी गाईको पालनपोषण र रेखदेखमा खटिएका कर्मचारीहरुलाई दैनिक ज्यालादारीमा भर्ना गरी नियुक्ति दिने जानकारी दिनुभयो । उहाँले गाईको पालनपोषण र रेखदेखमा खटिएका कर्मचारीहरुलाई उपमहानगरपालिकाको कार्यालयमा सम्पर्क गरी यथाशीघ्र दैनिक ज्यालादारीको नियुक्ति लिन अनुरोध गर्नुभएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.