logo

जीतपुर गौशालाको सार्वजनीक जग्गाामा बनेको संरचना उमहानगरले भत्कायो, उपमहानगरले गाई पाल्ने

 इसीमाना सम्वाददाता     २०८० बैशाख १७ गते ०८: ३५ मा प्रकाशित     531   पटक पढिएको

सिमरा। बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले जीतपुर गौशालाको सार्वजनिक जग्गामा बनेका संरचना डोजर लगाएर भत्काएको छ । उपमहानगरपालिकाको कार्यालयले पूर्वसूचना बमोजिम अनधिकृत घरटहरालगायतका संरचना भत्काएको हो ।

जीतपुरसिमरा उपमहानगरपालिका ७ मा रहेको गौशालाको जग्गामा बनेको संरचना भत्काउने क्रममा केहीबेर विवाद समेत भएको थियो । जग्गा स्वामित्वको दाबी गर्दै आएको वीरगन्ज जीतपुर गौशालाका प्रतिनिधिले संरचना भत्काउन अवरोध गर्दै डोजरमाथी ढुंगा समेत प्रहार गरेका थिए ।

उपमहानगरपालिकाको डोजरमाथी ढुंगा प्रहार हुन थालेपछि केहीबेर स्थिति तनावपूर्ण बनेको थियो । ढुंगा प्रहार स्थिति सहज बनेको थियो । अनधिकृत संरचना हटाउने उपमहानगरपालिकाको निर्णयमासमर्थन जनाएका स्थानीयले घरटहरा भत्काउन सहयोग पुर्याएका थिए ।

सो क्रममा नगर प्रमुख पौडेलसहित, उपप्रमुख भोलाप्रसाद अधिकारी, प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरी, वडाध्यक्ष सुनिल गुप्ता, धनबहादुर श्रेष्ठ, ईश्वर खत्रीलगायतका जनप्रतिनिधि र स्थानीय सहभागी थिए ।

जग्गा स्वामित्वको दावी गर्दै आएको वीरगन्ज जीतपुर गौशालाका प्रतिनिधिले भने नगर प्रमुख पौडेललाई संरचना नभत्काउन आग्रह गरेका थिए । उक्त संस्थाका महासचिव देवकीनन्दन अग्रवालले उपमहानगरपालिकाबाट नक्सापास गर्ने प्रक्रिया अघि बढिरहेको र स्थानीय सरकारको नीति अनुसार नै अघि बढ्न तयार रहेको बताएका थिए ।

तर नगर प्रमुख पौडेलले सर्वोच्चबाट उक्त जग्गा सार्वजनिक सम्पतिको रुपमा कायम भईसकेको हुँदा कसैले पनि अनधिकृत संरचना बनाउन नमिल्ने अडान लिएका थिए । नक्सापास गराउने भन्दा पनि व्यक्ति वा संस्थाले सार्वजनिक जग्गामा संरचना बनाउन नमिल्ने भएकाले भत्काउन लागिएको हुँदा सहयोग गर्न आग्रह गरेका थिए ।

लामो समयदेखि स्वामित्व विवादमा अल्झिएको उक्त जग्गा सर्वोच्च अदालतको पछिल्लो आदेशपछि सार्वजनिक जग्गाको रुपमा कायम भइसकेको छ । २०७९ जेठ २३ गते सर्वोच्च अदालतले जीतपुर गौशालाको नाममा रहेको उक्त जग्गा सार्वजनिक सम्पतिको कायम रहने गरी आदेश दिएको हो ।

वीरगन्ज जीतपुर गौशाला नामक संस्थाले लामो समयदेखि उक्त जग्गा आफ्नो रहेको दावी गर्दै संरचना बनाउदै आएको थियो । २०२२ साल भन्दा अगाडी जीतपुरमा केही जग्गा खरिद गरी गाइगोठ बनाएर गाइपालन सुरु गरेको उक्त संस्थाले जीतपुर बजारको करिब तीन विगाह जग्गा जीतपुर गौशालाको नाममा दर्ता गरेको थियो ।

वीरगन्ज जीतपुर गौशालाको नाममा रहेको जग्गामा गाइपालन शुरु गर्दै संस्थाले २०२२ सालमा भूमिसुधार लागु भएपछि जीतपुरको जग्गा नापी गराएर जीतपुर गौशालाको नाममा फिल्डबुक तयार गरेको थियो । सोही फिल्डबुकको आधारमा २०३६ सालमा तत्कालिन प्रधानपञ्चको कार्यालयबाट सिफारिस लिएर जीतपुर गौशालाको नाममा लालपूर्जा कायम गरेको थियो ।

लालपूर्जा बनेसंगै जग्गा विक्री गर्न थालेपछि तत्कालिन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको आदेशमा तत्कालिन प्रमुख जिल्ला अधिकारीले विक्री वितरणमा रोक लगाएका थिए । उक्त रोक्कापछि जग्गा खरिद गरेका ३० जना भन्दा बढी स्थानीयले अझै लालपूर्जा पाउन सकेका छैनन् भने जग्गा खरिद गर्न दिएको रकम समेत फिता पाएका छैनन् ।

जीतपुर गौशालाको नाममा दर्ता गरिएको उक्त जग्गा सरकारी स्वामित्वमा आउनुपर्ने भन्दै स्थानीय अगुवाले २०४८ सालमा जिल्ला अदालतमा मुद्धा दर्ता गरेका थिए । जिल्ला अदालत, पुनरावेदन हुँदै सर्वोचमा पुगेको उक्त मुद्धामा झण्डै तीस वर्षपछि २०७९ जेठ २३ गते सार्वजनिक सम्पतिको रुपमा कायम रहने गरी फैसला आएको हो । उक्त फैसलापछि उपमहानगरपालिकाले जीतपुर गौशालाको जग्गामा बनेको संरचना भत्काएको हो ।

यसैवीच बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले जीतपुर गौशालाको गाईको पालनपोषण र रेखदेख आफैँले गर्ने जनाएको छ । उपमहानरले जीतपुर गौशालाको अबैध संरचना हटाउँन खोज्दा त्यहाँ रहेको गाँईलाई देखाएर भूमाफियाले धार्मिक द्धन्द्ध सिजर्ना गर्न खोजेपछि जीतपुर गौशालाको गाईको पालनपोषण र रेखदेखको जिम्मेवारी आफैँले गर्ने जनाएको हो ।
जीतपुरसिमरा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीले एक सूचना जारी गरी गाईको पालनपोषण र रेखदेखमा खटिएका कर्मचारीहरुलाई दैनिक ज्यालादारीमा भर्ना गरी नियुक्ति दिने जानकारी दिनुभयो । उहाँले गाईको पालनपोषण र रेखदेखमा खटिएका कर्मचारीहरुलाई उपमहानगरपालिकाको कार्यालयमा सम्पर्क गरी यथाशीघ्र दैनिक ज्यालादारीको नियुक्ति लिन अनुरोध गर्नुभएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.