logo

चिटिक्क पारिएका घरका आँगनमा डोजर चलाइए,आफनो ठाउको सफाईमा आफै जुट्न नागरिकलाई पर्सा प्रहरी प्रमुखको अपिल

      7/7/2020 गते 00 00 मा प्रकाशित     1153   पटक पढिएको

यो दृश्य बीरगंजको होटेल सम्झना भन्दा दक्षीणपट्टीको नालाको हो । मुख्य सडकबाट पश्चिम तर्फ जानकोलागि नालामा सानो कल्भर्ट हालिएको छ । दृश्यमा देखिएको अवस्थाले पानीको निकास सहज भएको छैन ।

 

हुनत यो नालामा यातायात संस्थानको रातो बंगला नजिक रहेको मुख्य नालामा जोडिदा सम्म अनेकौ ठाउमा समस्या छ ।  भारतीय महावाणिज्यदुतावासको मुख्य प्रवेशद्वार भन्दा भित्र बाट नाला गएकोले त्यो क्षेत्र पनि जाम हुने क्षेत्र भएको बताइएको छ । 


नालामा पानी जाम भएर उत्तर तर्फ वर्षातमा घर घर भित्र पानी पस्दा समेत नाला साफ हुन सकेको थिएन । चार वर्ष पछि बल्ल नाला सफा भएको स्थानीयले बताए । आफनो घरमा पानी नजम्ने भएपछि घरधनीहरु नै नाला सफा गर्न इच्छुक थिएनन । तर यस पटक त्यस्ता घरधनीहरुको चलेन ।

 

जनप्रतिनिधि समेतले आँट गरेका थिएनन । तर पर्साका एसपी गंगा पन्तको नेतृत्वमा निस्केको ब्यवस्थित बीरगंज अभियानले नाला सफा होइन जाम गर्ने सम्मको संरचना नै भत्कायो । 

 


एसबिआई बैंक भएको भवनका मालिकलाई यो कुरा चित्त बुझेको थिएन । उनले “बीरगंज महानगरमा आँट छ भने दुतावास भित्रको नाला सफा गरेर देखाओस” भन्दै आफनो आक्रोश पोखेका थिए ।

 

उनले आफनो घर अगाडिको नालामा आफनो सीमामा स्ल्याब लगाएर चिटिक्क पारेका थिए । उनको घर आँगन चिटिक्क भएपनि स्ल्याबका कारण नाला सफा हुन सकेको थिएन । त्यसमाथि डोजर चल्यो उनको चिटिक्कको आँगन ध्वस्त भएपछि आक्रोशीत हुनु पनि स्वभाविक रहेको महानगरका एक कर्मचारीको कथन थियो । 

 


त्यस्तै बिर्तामा घर बनाउदा नाला पुर्ने काम भएको थियो । त्यो नाला पनि एसपी गंगा पन्त उभिएर डोजर लगाएपछि मात्र सफा भयो । घर बनाउनेले भाडा लगाएर खाएका छन तर उनले आफूले पुरेको नाला सफा गर्ने नैतीक दायित्व बिर्सेकोमा एसपी गंगा पन्तले चित्त दुखाउनु भयो । उहाँले आफू बसेको ठाउको सफाईमा त्यहीका नागरिक जागरुक हुनु पर्ने बताउनु भयो । 


तर उल्टो अस्पतालजन्य फोहर नालामा फालेर आम मान्छेको स्वास्थ्यसंग खेलवाड गरिरेहको पाइएको युवा अभियान्ताहरुले टिप्पणी गरेका छन ।


सुरज चन्द्रवंशीले  औषधी पसल तथा क्लिीनक संचालन गरेका छन । क्लिनीकबाट निस्कने अस्पतालजन्य फोहरहरु सिरिन्ज लगायतका अन्य बस्तुहरु नालामा बिर्सनज गरिएको पाइएको थियो ।

युवा समाजका अध्यक्ष कमल चौाईले भन्नु भयो “अस्पतालजन्य फोहर फाल्ने भाइले नै आफूले फालेको स्वीकार गरेका छन । नाला बाट सरसफाईमा संलग्न ब्यक्तिहरुले त्यस्ता फोहर बिर्सजन गरिएको फेला पारेका थिए । 


एसपी पंतको नेतृत्वमा बिर्तादेखि अलखियामठसम्म नाला सफाइ र सचेतना कार्यक्रममा  भगवती युवा क्लब, वीरगंज युवा समाज, वडा कार्यालय, सामुदायिक सेवा केन्द्र वडाध्यक्ष जगत साह कानू, वप्रका बिर्ताका प्रनि निर्मल पनेरू, सामुदायिकका सुदीप लामा, वीरगंज जेसीजका अध्यक्ष मुकेश सिंह, वडासदस्य तुफैल अन्सारी, वीरगंज युवा समाजका अध्यक्ष कमल चौगाईं, हेमन्त तमाङ अनुप , अग्रवाललगायतको सहभागिता थियो।


यसैगरी, पावरहाउसदेखि घण्टाघरसम्मको नाला सफाइ गर्ने अभियान अन्तर्गत आज मुर्लीमा     प्रहरी नायब उपरीक्षक मनोजीत कुँवर, प्रनि दीपक साह, नगरप्रहरी, व्यवस्थित वीरगंज अभियानका दिलीप  कार्की, वडाध्यक्ष प्रद्युम्न सेढाईं, तूफान अन्सारी, कार्यपालिका सदस्य अरविन्द गुप्ता, प्रकाश खेतान समाज परिवर्तनका अकलेश साह, उही मूभमेन्टका दिलपाल साहलगायतको सहभागिता थियो।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

१२ वर्षिय  यादव सात दिन देखी बेपत्ता, खोजीकालागि प्रहरीमा निवेदन

बर्दिवास । आफनो १२ वर्षिय छोरा सात दिन देखी सम्पर्क बिहिन भएपछि एक दम्पतीले खोजी गर्न प्रहरीलाई गुहार लगाएको छ ।

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.