logo

चिटिक्क पारिएका घरका आँगनमा डोजर चलाइए,आफनो ठाउको सफाईमा आफै जुट्न नागरिकलाई पर्सा प्रहरी प्रमुखको अपिल

      7/7/2020 गते 00 00 मा प्रकाशित     1067   पटक पढिएको

यो दृश्य बीरगंजको होटेल सम्झना भन्दा दक्षीणपट्टीको नालाको हो । मुख्य सडकबाट पश्चिम तर्फ जानकोलागि नालामा सानो कल्भर्ट हालिएको छ । दृश्यमा देखिएको अवस्थाले पानीको निकास सहज भएको छैन ।

 

हुनत यो नालामा यातायात संस्थानको रातो बंगला नजिक रहेको मुख्य नालामा जोडिदा सम्म अनेकौ ठाउमा समस्या छ ।  भारतीय महावाणिज्यदुतावासको मुख्य प्रवेशद्वार भन्दा भित्र बाट नाला गएकोले त्यो क्षेत्र पनि जाम हुने क्षेत्र भएको बताइएको छ । 


नालामा पानी जाम भएर उत्तर तर्फ वर्षातमा घर घर भित्र पानी पस्दा समेत नाला साफ हुन सकेको थिएन । चार वर्ष पछि बल्ल नाला सफा भएको स्थानीयले बताए । आफनो घरमा पानी नजम्ने भएपछि घरधनीहरु नै नाला सफा गर्न इच्छुक थिएनन । तर यस पटक त्यस्ता घरधनीहरुको चलेन ।

 

जनप्रतिनिधि समेतले आँट गरेका थिएनन । तर पर्साका एसपी गंगा पन्तको नेतृत्वमा निस्केको ब्यवस्थित बीरगंज अभियानले नाला सफा होइन जाम गर्ने सम्मको संरचना नै भत्कायो । 

 


एसबिआई बैंक भएको भवनका मालिकलाई यो कुरा चित्त बुझेको थिएन । उनले “बीरगंज महानगरमा आँट छ भने दुतावास भित्रको नाला सफा गरेर देखाओस” भन्दै आफनो आक्रोश पोखेका थिए ।

 

उनले आफनो घर अगाडिको नालामा आफनो सीमामा स्ल्याब लगाएर चिटिक्क पारेका थिए । उनको घर आँगन चिटिक्क भएपनि स्ल्याबका कारण नाला सफा हुन सकेको थिएन । त्यसमाथि डोजर चल्यो उनको चिटिक्कको आँगन ध्वस्त भएपछि आक्रोशीत हुनु पनि स्वभाविक रहेको महानगरका एक कर्मचारीको कथन थियो । 

 


त्यस्तै बिर्तामा घर बनाउदा नाला पुर्ने काम भएको थियो । त्यो नाला पनि एसपी गंगा पन्त उभिएर डोजर लगाएपछि मात्र सफा भयो । घर बनाउनेले भाडा लगाएर खाएका छन तर उनले आफूले पुरेको नाला सफा गर्ने नैतीक दायित्व बिर्सेकोमा एसपी गंगा पन्तले चित्त दुखाउनु भयो । उहाँले आफू बसेको ठाउको सफाईमा त्यहीका नागरिक जागरुक हुनु पर्ने बताउनु भयो । 


तर उल्टो अस्पतालजन्य फोहर नालामा फालेर आम मान्छेको स्वास्थ्यसंग खेलवाड गरिरेहको पाइएको युवा अभियान्ताहरुले टिप्पणी गरेका छन ।


सुरज चन्द्रवंशीले  औषधी पसल तथा क्लिीनक संचालन गरेका छन । क्लिनीकबाट निस्कने अस्पतालजन्य फोहरहरु सिरिन्ज लगायतका अन्य बस्तुहरु नालामा बिर्सनज गरिएको पाइएको थियो ।

युवा समाजका अध्यक्ष कमल चौाईले भन्नु भयो “अस्पतालजन्य फोहर फाल्ने भाइले नै आफूले फालेको स्वीकार गरेका छन । नाला बाट सरसफाईमा संलग्न ब्यक्तिहरुले त्यस्ता फोहर बिर्सजन गरिएको फेला पारेका थिए । 


एसपी पंतको नेतृत्वमा बिर्तादेखि अलखियामठसम्म नाला सफाइ र सचेतना कार्यक्रममा  भगवती युवा क्लब, वीरगंज युवा समाज, वडा कार्यालय, सामुदायिक सेवा केन्द्र वडाध्यक्ष जगत साह कानू, वप्रका बिर्ताका प्रनि निर्मल पनेरू, सामुदायिकका सुदीप लामा, वीरगंज जेसीजका अध्यक्ष मुकेश सिंह, वडासदस्य तुफैल अन्सारी, वीरगंज युवा समाजका अध्यक्ष कमल चौगाईं, हेमन्त तमाङ अनुप , अग्रवाललगायतको सहभागिता थियो।


यसैगरी, पावरहाउसदेखि घण्टाघरसम्मको नाला सफाइ गर्ने अभियान अन्तर्गत आज मुर्लीमा     प्रहरी नायब उपरीक्षक मनोजीत कुँवर, प्रनि दीपक साह, नगरप्रहरी, व्यवस्थित वीरगंज अभियानका दिलीप  कार्की, वडाध्यक्ष प्रद्युम्न सेढाईं, तूफान अन्सारी, कार्यपालिका सदस्य अरविन्द गुप्ता, प्रकाश खेतान समाज परिवर्तनका अकलेश साह, उही मूभमेन्टका दिलपाल साहलगायतको सहभागिता थियो।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.