logo

मधेश प्रदेश सभामा गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्ने बिषय चर्चामा,मलखाद दिने प्रतिवद्धता पुरा गर्न सासद पटेलको माँग

 इसीमाना सम्वाददाता     २०८० जेठ १७ गते ०८: ४१ मा प्रकाशित     511   पटक पढिएको

 वीरगञ्ज । नेपाली कांग्रेसका प्रदेश सांसद् श्यामप्रसाद पटेलले संघ सरकारले बजेट मार्फत नेपालमा गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्ने घोषणा गरेकोमा त्यसको प्रशंसा गरेका छन।

 

मधेश प्रदेशकोसभामा आफना कुरा राख्दै पटेलले औषधीजन्य बस्तुको निर्माणमा गाँजाको प्रयोगको बिषय निकै पहिला देखी चर्चामा आएको बिषय भएको बताउदै संघ सरकारले गाजाँखेतीको बिषयमा बजेटमा बोल्नु उचित भएको बताए ।


उनले गाँजाको उत्पादनको बिषय किसानसंग जोडिने प्रसंगको चर्चा गर्दै अहिले किसानले मलखाद नपाएकोमा भने चिन्ता ब्यक्त गरे । उनले संघ र प्रदेश सरकारले मलखादको अभाव नुहुने भन्दै जनताको वीचमा गरेको प्रतिवद्धता घोषणामा सिमित रहेको भन्दै आक्रोश ब्यक्त गरे ।


‘धन खेतीको सुरुवात हुन् लागिसक्यो, किसान साथीहरुले बिउ रोप्न सुरु गरिसक्नु भयो । तर, खादको अभाव छदै छ,’ उनले भने, ‘संघ र प्रदेश सरकारले यसपटक मलखादको अभाव नहुने बताएको छ ।

 

तर, अभाव निरन्तर छ । अहिलेसम्म समस्या समाधान गर्न तर्फ मधेश सरकार लागेको जस्तो मलाइ लाग्दैन ।’ मधेशलाई आर्थिक रुपले सम्पन्न गर्न कृषिमा ध्यान केन्द्रित गर्नुपर्ने सुझव दिँदै उनले छिटोभन्दा छिटो मलखादको व्यवस्थापन गर्न उनले माग गरे ।


आर्थिक वर्षको अन्तिममा आएर मधेश प्रदेश सरकारको अर्थमंत्रालयले रकम रकमान्तर गरि भद्रगोल रुपमा कमिशन लिएर रकम बितरण गरेको चर्चा ब्यापक छ ।

 

सत्तारुढ दलका सासदहरुले नै यो कुराको आलोचना गरिहेका छन । प्रदेश सभा सदस्यपटेलले यही प्रसंगमा पारदर्शीता कायम हुनु पनेृ बताउदै मधेश सरकारले स्थानीय तहलाई वितरण गरेको सशर्त अनुदानको विषयमा लागेको आरोपका बारेमा छानविन गर्न एउटा समिति बनाउन मााग गरेका छन ।


उनले अघिल्लो मधेश प्रदेश सरकारले वीरगञ्ज विकास प्राधिकरणको नाममा २५ करोड रुपैयाँ अनियमितता गरेको आरोप लगाएका छन् ।

बुधबार जनकपुरधामस्थित मधेश प्रदेशको बैठकमा बोल्दै सांसद् पटेलले अघिल्लो मधेश प्रदेश सरकारले वीरगञ्ज विकास प्राधिकरणको नाममा २५ करोड अनुदान दिएपनि प्राधिकरण गठननै नगरी रकम खर्च गरेको आरोप लगाएका हुन् ।

 

२५ करोड रुपैयाँ खर्च भएको छ । कुन माध्यम र कुन कारणले, के प्रभावमा त्यो २५ करोड रुपैयाँ खर्च भयो उनले मधेश सरकारलाई त्यस बिषयमा संसदलाई जानकारी दिन माँग गरेका छन ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.