logo

ठोरीको बजेट सत्र सम्पन्न,सुत्केरी स्याहार खर्च दिइने, किसानलाई अनुदान देखी आँप उत्पादनको केन्द्र बनाइने

      7/13/2020 गते 00 00 मा प्रकाशित     1001   पटक पढिएको

सुशासनयुक्त सक्षम ,सबल एवम् सुदृढ स्थानीय सरकार ,कृषि ,पर्या पर्यटन ,शिक्षा र आत्म निर्भर नागरिक ठोरीको आधार भन्ने मुल नाराका साथ पर्साको ठोरी गाउँपालिकाको चौथो गाउँसभा सोमबार सम्पन्न भएको छ।

 

गाउँ कार्यपालिकाको कार्यालय वडा ४ घ्याङडाँडामा सभा सम्पन्न भएको हो । सभामा गाउँपालिका उपाध्यक्ष  उपाध्यक्ष शान्तिमाया थिङ्ले आर्थिक वर्ष ०७७ ÷०७८ कालागि  ४६ करोड ८८ लाख २० हजार ८ सय ५० रुपैयाको अनुमानित बजेट प्रस्तुत गर्नु भयो । 


गाउँ सभाले विनियोजन विधेयक २०७७ तथा अर्थ सम्बन्धि विधेयक २०७७ र वडा २ का वडाध्यक्ष किशोर तामाङद्वारा प्रस्तुत गाउँपालिका नगर प्रहरी गठन तथा व्यवस्थापन विधेयक २०७७ लाई सर्वसम्मत रुपमा पारित गरेको छ ।  सभामा गाउँपालिका अध्यक्ष पदमलाल श्रेष्ठले कृषि ,खानेपानी ,शिक्षा ,स्वास्थ्य ,भौतिक पुर्वाधार निर्माण,पर्यटन र रोजगारी सृजनालाई प्राथमिकता दिइएको  नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको थियो।

 

ठोरी गाउँपालिकाले गाउँपालिका भित्र प्रसुती सेवा लिने गर्भवती महिलालाई तीन हजार रुपैया सुत्केरी स्याहारकालागि दिने नीति लिएको छ । स्वास्थ्यचौकीमा सुत्केरी हुन नसकेर अन्यत्र लानु पनेृ भएमा निशुल्क एम्बुलेन्स उपलब्ध गराउने नीति गाउँसभाले पारित गरेको छ । 

 

गाउँपालिकाले ब्यवसायीक पशुपालनलाई प्रोत्साहन गर्नकालागि गाउँपालिकाले तोकेको दुग्ध डेरीमा दुग्ध बेच्ने किसानहरुलाई प्रतिलिटर तीन रुपैया अनुदान निर्णय गरेको अध्यक्ष पि.एल.श्रेष्ठले जानकारी दिनु भयो ।

साथै उन्नत जातका  पाडी र बाच्छी शत प्रतिशत अनुदानमा वितरण गर्दै पशुधन सुरक्षाको लागी गाईभैसी र बाख्रालाई लगाइने विभिन्न प्रकारको खोप तथा औषधि निशुल्क उपलब्ध गराउने भएको छ । 


कृषिको बिकासकोलागि गाउँपालिकाले  तरकारी खेती प्रवर्द्धनका लागी औषधि छर्ने मेसिन  वितरण ,समरसेल,मोटर ,जेनेरेटर ,हाते ट्र्याक्टर वितरण कार्यलाई निरन्तरता दिइने अध्यक्ष श्रेष्ठले बताउनु भयो । 


शिक्षा तर्फ बिदालयलाई स्वयंसेवक शिक्षक उपलब्ध गराउने ,टोलमा सीकाई केन्द्रको स्थापना गर्ने ।अग्रेजी माध्यामद्वारा अध्यापन गराइने , बिद्यालय बाहिर अध्ययनको ब्यवस्था मिलाईने नीति लिइएको श्रेष्ठले प्रस्तुत गर्नु भएको नीति तथा कार्यक्रममा उललेख छ । 
गाउँपालिकाले आगामी दिनमा अध्यक्ष कप प्रतियोगिता,५ सय सीट क्षमताको सामुदायीक भवनको निर्माण, सडक संजालको बिस्तार गर्ने नीति लिएको छ । 


ठोरी पर्सा जिल्लाको पर्यटकीय गाउँपालिका हो । ठोरीलाई पर्यटकीय गन्तब्यको रुपमा बिकास गर्न गाउँपालिकाले अहिले नीति तथा कार्यक्रममा बिशेष महत्व दिएको छ । 

पर्यटन प्रवर्द्धनका लागी सन्चालनमा रहेको होमस्टेको क्षमता वृद्धि गर्दै नयाँ होमस्टे स्थापनामा जोड दिने,हात्ती सफारीलाई निरन्तरता दिदै जीप सफारीका लागी गापाले जीप खरीद गर्ने,पर्यटकलाई आकर्षित गर्न ठोरीको सिङ्गे पर्वतमा पुष्पलाल स्मृति पार्क,गोलेडाडामा मनमोहन स्मृति पार्क तथा पिकनिक क्षेत्र ,राइधारामा गणेशमान स्मृति पार्क तथा पिकनिक क्षेत्र ,बाघमोर्चामाई मन्दिर निर्माण तथा पिकनिक क्षेत्र ,घ्याङडाडामा गुम्बा निर्माणलाई निरन्तरता दिइने नीति तथा कार्यक्रम सभामा प्रस्तुत गरेका थिए।

त्यसैगरी सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उनले नागरिकको घरदैलोमा पुगेर सेवा प्रवाह गर्ने नीति लिइएको बताउनु भयो ।त्यसैगरी गापामा स्थापना भएको सर्पदंश उपचार केन्द्रको क्षमता विस्तार गर्दै बाँदर र कुकरले टोकेको अवस्थामा पनि निशुल्क उपचार सेवा दिने,कोभिड १९ को रोकथाम र नियन्त्रणका लागी विदेशबाट आएका ठोरीबासीहरुलाई अनिवार्य क्वारेन्टाइन रहनुपर्ने नियमलाई निरन्तरता दिइने पनि अध्यक्ष श्रेष्ठले बताउनु भयो ।

 

यस्तै उहाँले ८४ बर्ष नाघेका ज्येष्ठ नागरिकलाई अग्रज सम्मान कार्यक्रम अन्तरगत बार्षिक रु ५ हजार निर्वाह भत्ता वितरणलाई निरन्तरता दिइने,३५ बर्ष उमेर नाघेका अविवाहित तथा श्रीमान नभएर एकल जीवन बिताउन बाध्य विपन्न महिलाहरूलाई मासिक रु १ हजार सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने कार्यक्रमलाई निरन्तरता दिइने,गापाको सबै स्वास्थ्य संस्थाहरुमा ल्याबको व्यवस्था गर्ने, सामुदायिक विद्यालयबाट १२ कक्षाको परीक्षामा उत्कृष्ट नतिजा ल्याइने विद्यार्थीलाई पुरस्कृत गर्ने कार्यक्रमलाई निरन्तरता दिइने,गापालाई आँप उत्पादनको केन्द्र बनाउने योजनालाई निरन्तरता दिदै यस बर्षपनि आँपको बिरुवा वितरण गर्ने कार्यक्रमलाई निरन्तरता दिइने नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

१२ वर्षिय  यादव सात दिन देखी बेपत्ता, खोजीकालागि प्रहरीमा निवेदन

बर्दिवास । आफनो १२ वर्षिय छोरा सात दिन देखी सम्पर्क बिहिन भएपछि एक दम्पतीले खोजी गर्न प्रहरीलाई गुहार लगाएको छ ।

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.