logo

बिश्रामपुरमा गाँजाका कारोवारी भागे ,गाँजा जोगाउन निस्केका कलवार पिता पुत्र प्रहरीको खोरमा

      7/22/2020 गते 00 00 मा प्रकाशित     2857   पटक पढिएको

बहुदरमाई नगरपालिकाको वडा नं ७ मा गाँजा कारोवारीलाई पक्राउ गर्न खोज्दा कारोवारीका सहयोगीहरुले प्रहरीलाई कुटपीट गरेका छन ।

 

बिश्रामपुरका लक्ष्मी कलवारलाई प्रहरीले गएराती गाँजा सहित पक्राउ गर्न खोज्दा शम्भु साह कलवार ध्रुब कलवार लगायतले अवरोध सृजना गरेका थिए । शम्भूले प्रहरीले नियन्त्रणमा लिएको गाँजा खोसेर आफनो घरमा लगेर राखेका थिए । शुरुमा प्रहरीको शक्ति भएकोले तस्करको पक्षबाट प्रहरी उपर हातपात गरिएको थियो ।

 


घटना स्थलमा प्रहरीको थप टोली पुगेपछि पनि शम्भू कलवारको नेतृत्वमा रहेको उनीहरुका आफन्तहरुले प्रहरीलाई अप्ठयारोमा पारेका थिए । प्रहरी उनीहरुको अवरोध हटाउन तीन राउण्ड हवाई फायर खोलेको थियो । 

 


प्रहरीले लक्ष्मी कलवारले बोकेको गाँजा बरामद गर्नकालागि शम्भू कलवारको घरमा छापामारी गरेको थियो । प्रहरीले      शम्भुप्रसाद कलवार र निजका छोरालाई सात किलो गाँजासहित पक्राउ गरेको थियो । गाँजका बास्तविक तस्कर भने लक्ष्मी कलवार भएको स्रोतको दावी छ । 

 

    प्रहरीले हवाइ फायर गरेर भीडलाई तितरबितर गरी बाउ–छोरालाई पक्राउ गरी फर्केको थियो।बहुदरमाई गापाको विश्रामपुर गाँजाको लागि प्रख्यात गाउँ हो।  अहिले मकवानपुरको लोथर, मनहरीबाट जङ्गल बाटोबाट भित्रिने गाँजा भण्डारण गरी भारत पठाउने मुख्य केन्द्रमध्ये एक भएको छ।


बाउ छोरा दुबैलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको पर्सा प्रहरीले जनाएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

१२ वर्षिय  यादव सात दिन देखी बेपत्ता, खोजीकालागि प्रहरीमा निवेदन

बर्दिवास । आफनो १२ वर्षिय छोरा सात दिन देखी सम्पर्क बिहिन भएपछि एक दम्पतीले खोजी गर्न प्रहरीलाई गुहार लगाएको छ ।

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.