logo

नागरिकता बितरणमा अख्तियारको चासो, कार्यकक्षमा कसैलाई प्रवेश नदिन निर्देशन

 इसीमाना सम्वाददाता     २०८० असार १९ गते ०५: ३७ मा प्रकाशित     563   पटक पढिएको

वीरगञ्ज । पर्सामा नागरिकता बितरणमा अनियमितताको आशंकामा अख्तियारको टोलीले स्थलगत अनुगमन शुरु गरेको छ । अख्तियारको टोलीले प्रशासकीय अधिकृत बिनय श्रीवास्तवलाई सोधपुछ गर्नुका साथै कार्यकक्षमा अन्यकोहीलाई प्रवेश नदिन भनेको स्रोतले जनाएको छ ।

 

जिल्ला प्रशासन कार्यलय पर्सामा नागरिकता बनाउन आउनेहरुसँग आर्थिक चलखेल भईरहेको समाचार प्रकाशनअख्तिायर दुरुपयोग अनुसन्धान आयोगको चासो देखिएको हो ।

 

नयाँ ऐन अनुसार जन्मसिद्ध नागरिकका सन्तानले वंशज नागरिकता बनाउन जिल्ला प्रशासनमा भिड लाग्ने गरेको छ । जिल्ला प्रशासन कार्यालयले टोकन अनुसार नागरिकता वितरण गर्ने गरि ब्यवस्था मिलाएको छ ।

 

कतिपयले टोकन अनुसार काम नभएको र नागरिकता वितरणमा आर्थिक चलखेल भईरहेको उजुरी गरेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्थलगत रुपमा निगरानी गरेको हो।


पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले अख्तियारको टोली नियमित अनुगमनको लागि आएको जानकारी दिए ।

 

राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विद्येयक प्रमाणिकरण गरेसँगै जिल्ला प्रशासन कार्यलय पर्सामा पनि नागरिकता लिन आउनेहरुको सङख्यामा उल्लेख वृद्धि भई भिडभाड बढेकाले अख्तियारको टोली आएको बताइएको छ ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.