logo

कोरोना भाइरसको संक्रमणका कारण १७ वर्षिय युवतीको निधन 

      7/24/2020 गते 00 00 मा प्रकाशित     1170   पटक पढिएको

बीरगंजको गण्डकमा रहेको कोभिड अस्पतालमा उपचारको क्रममा मृत्यु भएकी १७ वर्षिया बालिकामा कोरोना संक्रमणको पुष्टि भएको छ । उनको आज दिउसो उपचारको क्रममा मृत्यु भएको थियो। 

 


बारा जिल्लाको परवानीपुर गाउँपालिका वडा नं ८ निवासी १७ वर्षिया शवनम खातुनलाई बिहिवार बेलुका कोभिड अस्पतालमा भर्ना गरिएको थियो । उपचारको क्रममा उनको मृत्यु भएको डा. निरज सिंहले जानकारी दिनु भयो । कोभिड अस्पताल भर्ना गरिनु अघि शवनमलाई बीरगंज हेल्थ केयर अस्पतालमा भर्ना गरिएको थियो ।

 

बुधबार नारायणी अस्पतालमा भर्ना भएकी उनको स्वास्थ्य अवस्था गम्भीर भएपछि उनलाई बीरगंज हेल्थ केयर अस्पतालमा लगिउको हो ।

 

अस्पतालमा आरडीटी परिक्षण गर्दा पाजेटिभ देखिएपछि उनलाई कोभिड अस्पतालमा सारिएको थियो । उपचारको क्रममा उनको मृत्यु पछि आएको पिसीआर परिक्षण्मा पनि कोरोरा भाइरसको संक्रमण पुष्टि भएको हो  । उनको पिसीआर रिपोर्ट शुक्रवार साँझ आएको हो । 


उनमा झाडा पखला र छारे रोगको लक्षण देखिएको चिकित्सक सिंहले बताउनु भयो । शुक्रवार बेलुका आएको परिक्षणको रिपोर्ट अनुसार पर्सामा थप ७ जनामा कोरोना भइरसको संक्रमण पुष्टि भएको छ । 

 

योसँगै नेपालमा कोरोना  भाइरसको संक्रमणका कारण  मृत्यु हुनेको संख्या ४५ पुगेको छ । पर्सामा आजै ८५ वर्षिया पासपती देवीको पनि कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको थियो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

१२ वर्षिय  यादव सात दिन देखी बेपत्ता, खोजीकालागि प्रहरीमा निवेदन

बर्दिवास । आफनो १२ वर्षिय छोरा सात दिन देखी सम्पर्क बिहिन भएपछि एक दम्पतीले खोजी गर्न प्रहरीलाई गुहार लगाएको छ ।

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.