logo

मधेशमा आचरण विपरीत काम गरेका २ सयभन्दा बढी प्रहरी दण्डीत

 इसीमाना सम्वाददाता     २०८० असार २८ गते ०८: ४९ मा प्रकाशित     607   पटक पढिएको

जनकपुर । मधेश प्रदेशमा आर्थिक वर्ष ०७९/८० मा १ सय ३ जना प्रहरी जवान कारवाहीमा परेका छन ।

 

त्यसैगरि ६ जना प्रहरी अधिकृत (इन्सपेक्टर )४ जना प्रहरी वरिष्ठ नायब निरीक्षक, ९ जना प्रहरी नायब निरीक्षक, १७ जना प्रहरी सहायक निरीक्षक, १२ जना प्रहरी वरिष्ठ हवल्दार, ५५ जना प्रहरी हवल्दार, ५२ जना प्रहरी सहायक हवल्दार र प्रशिक्षार्थी प्रहरी जवान र छ जना प्रहरी कार्यालय सहयोगी पनि कारवाहीमा परेका छन् ।

प्रहरीको आचरण बिपरित काम गरेकोले उनीहरु कारवाहीमा परेका हुन । प्रहरी सेवाको बदनामी हुने गरि आचरण गरेका उनीहरुमध्य १ सय २८ जनालाई नसिहत, ४० जना निलम्बन, २५ जनाको ग्रेड घटुवा, २२ जनाको ग्रेड रोक्का, १४ जनाको पदोन्नति रोक्का, १३ जनालाई सेवाबाट हटाइएको, १० जनालाई सचेत गराइएको, ८ जनालाई सेवा अन्त्य गराइएको मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रमुख एवम् प्रहरी नायब महानिरीक्षक जनक भट्टराईले बताए ।आचरणविपरीत कार्यमा लागेका प्रहरीलाई प्रहरी ऐन नियमावली अनुसार कारबाही भएको हो।


यसैगरि उत्कृष्ट कार्य गरेका प्रहरी अधिकृत तथा अन्य कर्मचारी पुरस्कृत पनि भएका छन । आठ जिल्लाबाट उत्कृष्ट कार्य गरेका ७९१ जना प्रहरीलाई विविध विधाले पुरस्कृत गरिएको छ ।


पुरस्कृत हुनेहरुमा ६ जना प्रहरी वरिष्ठ उपरीक्षक, १३ प्रहरी उपरीक्षक, २७ जना प्रहरी नायब उपरीक्षक, ५९ जना प्रहरी निरीक्षक, ४५र४५ जना प्रहरी वरिष्ठ नायब निरीक्षक र प्रहरी नायब निरीक्षक छन् ।

यसैगरी, प्रहरी सहायक निरीक्षक १११ जना, प्रहरी वरिष्ठ हवल्दार ५७, प्रहरी हवल्दार ११३, प्रहरी सहायक हवल्दार १६१, प्रहरी जवान १३४, एक प्रशिक्षार्थी प्रहरी जवान र १९ जना प्रहरी कार्यालय सहायकलाई पुरस्कृत गरिएको उनले जानकारी दिए ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.