logo

समयभित्र चुनावी खर्च विवरण नबुझाउने बारा पर्साका नेताहरु पनि दण्डीत, खर्च सार्वजनीक गर्न आयोगको निर्देशन

 इसीमाना सम्वाददाता     २०८० सावन ९ गते ०६: ४७ मा प्रकाशित     523   पटक पढिएको

काठमाडौं । निर्वाचन आयोगले तोकिएको समयभित्र चुनावी खर्च विवरण नबुझाउने २४ सय ३५ जना उम्मेदवारलाई कारबाही गरेको छ ।
मध्य तराईका बारा जिल्लाका ४९ जना र पर्साका ३९ जनाहरु आयोगको कारवाहीमा परेका छन ।

 


आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार उनीहरुलाई जनही १५ हजारका दरले जरिवाना हुने आयोगले ठहर गरेको छ ।
आयोगले १ हजार ३७ जना प्रतिनिधिसभा सदस्यका उम्मेदवार र १ हजार ३९८ प्रदेश सभा सदस्यका उम्मेदवारलाई यस्तो जरिववाना गरको हो ।

 

आयोगले गत वैशाख ४ गते निर्वाचन खर्चको विवरण सार्वजनिक गरी त्यसको जानकारी दिन सम्बन्धित उम्मेदवारलाई भनेको थियो । तोकिएको समयभित्र निर्वाचन खर्च विवरण सार्वजनिक गरी जानकारी नगराएका उम्मेदवारहरुलाई निर्वाचन ऐन २०७३ को दफा ३१ को उपदफा ४ बमोजिम १५ हजार जरिवाना रकम तय गरिएको आयोगले जनाएको छ ।

कारबाहीमा पर्नेहरुमा पर्साको क्षेत्र नं १ बाट निर्वाचित प्रतिनिधि सभास सदस्य प्रदीप यादव , लोसपका नेता तथा पूर्वमंत्री लक्ष्मणलाल कर्ण , पर्साको क्षेत्र नं २ बाट जसपाका प्रत्यासी सुरेन्द्र कुर्मी , पर्साको ४ बाट नेकपा एमालेका प्रत्यासी जालिम मिया मंसुरी, पर्साको क्षेत्र नं २ वाट निर्वाचित प्रतिनिधि सभा सदस्य एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजय कुमार चौरसिया,नेपाल सुशासन पाटीका राजकुमार यादव, राप्रपाका किरणमान डंगोल स्वतन्त्र उम्मेदवार शंकर कर्ण लगायत रहेका छन । त्यसैगरि बाराबाट नेपाली कांग्रेसका नेता पूर्वमंत्री उमाकन्त चौधरी । पूर्व मंत्री एवं एमाले नेता एकवाल मिया लगायत रहेका छन ।

आयोगले तोकेको जरिवाना तोकिएकै म्यादमा नबुझाए एक निर्वाचन चुनाव लडन नपाउने गरि रोक लगाउने र जरिवानाको रकम सरकारी बाँकी ससह असुल उपर गरिने आयोगले जनाएको छ । आयोगले ७ दिन भित्र निर्वाचन खर्च सार्वजनीक गरि सोको जानकारी सम्बन्धीत निर्वाचन कार्यालयमा दिन पनि भनेको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.