logo

अस्पतालमै छन शवहरु,७ लाखको मरच्यूरी क्याबिनेट विथ रेफरिज्रेटर ल्याउन के ले राक्यो ?

      7/30/2020 गते 00 00 मा प्रकाशित     1518   पटक पढिएको

बुधवार बिहान र दिउसो कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएका दुईजनाको शव अहिले पनि अस्पतालमै रहेको छ ।

 

बीरगंजको रेशमकोठीका एक जना बृद्धको उपचारको क्रममा गण्डक अस्पतालमा र माइस्थान निवासी अर्का एक जना बृद्धको नेशनल मेडिकल कलेजमा उपचारको क्रममा निधन भएको थियो । दुबै जनाको शव अहिले पनि अस्पतालमा रहेको छ । 


यस अघि शव ब्यवस्थापनको जिम्मा पाएको नेपाली सेनाले जनताको तर्फबाट सास्ती खेप्नु परेको थियो । भेडाह खोलामा शद्गत गर्न खोज्यो स्थानीयको अवरोध, तिलावेमा गर्न खोज्यो त्यही अवरोध ।

 

अवरोधको सामना गर्दै आएको नेपाली सेनाले आदर्शनगरमा ब्यापार गरि बस्ने एक भारतीय नागरिकको मृत्यु पछि आधारातमा शंकराचार्य प्रवेशद्वाराको छेउमा लगेर शद्गत गर्नु  पर्यो ।

 

स्थानीय स्तरमा जनताले अवरोध गरेपछि शव ब्यवस्थापनको जिम्मा पुरा गर्दै आएको नेपाली सेना समेत अन्यौलमा परेको छ । स्थानीय राजनीति नेतृत्वमा  भाषण गर्ने र शवको ब्यवस्थापनलाई पनि राजनीतिकरण गरिदिने बिशेष कौशल देखा परेको छ ।

 

शव सद्गतकोलागि ठाउको ब्यवस्थापन समेत गर्न नसक्ने जनताका प्रतिनिधिको हवीगत देखेर सेना समेत अन्यौलमा परेको हो । 


  गण्डक अस्पतालको आकस्मिक कक्षमा २५ घण्टादेखि अलपत्र परेको शव ब्यवस्थापन नहुदा आकस्मिक कक्षमा अन्य बिरामीको चेकजाँच हुन सकेको छैन । 


यस अघि चिकित्सक डा.निरज सिंहले शव राख्ने मरच्यूरी क्याबिनेट विथ रेफरिज्रेटर (फ्रिजर)को ब्यवस्थापनकोलागि सरकारहरु र स्थानीय दाता पूजीपतीहरुलाई अपिल समेत गर्नु भएको थियो ।

 

मरच्यूरी क्याबिनेटको ब्यवस्था भएको भए शव ब्यवस्थापनमा एक दुई दिन समस्या आउदा समेत केही फरक पर्दैनथ्यो तर त्यो नहुदा समस्या देखिएको छ ।

 

डा.सिंहले मरच्यूरी क्याबिनेट काठमाण्डौमा पाउने बताउनु भयो । अहिले ७ लाख रुपैयामा बीरगंजमै डेलीभरी दिन्छ उहाँले भन्नु भयो “७ लाख रुपैया स्थानीय सरकार प्रदेश सरकार वा बीरगंजको निजी क्षेत्रकालागि ठुलो समस्या त होइन तर पहलकदमी किन नभएको हो बुझ्न सकेको छैन ।

 

उहाँले दुईटा क्यावनेट मात्र ल्याउन सक्ने हो भने पनि एउटा कोरोना संक्रमीतकोलागि अर्को सामान्य मृतक राख्नकोलागि प्रयोग गर्न सकनिे उहाँले बताउनु भयो । क्याबिनेट हुने हो भने आकस्मिक कक्षहरु फ्रि हुने र अन्य बिरामीले सही सेवा पाउने र वतावरण समेत स्वस्थ्य हुन सक्ने उहाँले बताउनु भयो ।

 

तर यति काम नभएको देख्दा डा.सिंह चिन्तित हुनुहुन्छ । स्थानीय प्रशासन र सरकारले कोरोनाको संक्रमण र यसले ल्याउने संकटलाई ख्यालठट्टामा लिएको जस्तो आफूले अनुभव गरेको उहाँले बताउनु भयो ।

 

बिपत ब्यवस्थापनका नाममा बैठक हुने छलफल हुने ति सबै कुरा कर्मकाण्ड पुरा गर्नकालागि हुने गरेको ब्यवहारमा पुष्टि हुदै गएको छ । मुख्यमंत्रीको उपस्थितिमा बीरगंजमा भब्य जलसाको आयोजना भयो । सबैले खतरा भाषण गरे । कानून निर्माण गर्ने बिधायीक अंगका मान्छेहरुले ठाउका ठाउँ आदेश जारी गरे ।

 

तर परिणाम हेदा दुईटा शव जाहा मृत्युवरण भयो २४ घण्टा बित्दा समेत त्यही छ । त्यो उठने छेकछन्द देखिदैन । भाषण गर्नेहरु सबैको ल्याकत यही देखिन्छ ।

 

मावनता कति सम्बेदनहिन हुदै गयो गाडिनकालागि ३ फिट जमिन पाउन गार्हो हुदैछ । मरेको मान्छेबाट कारोनाको संक्रमण फैलन्छ भन्ने कुरा पुष्टि भएको छैन । तैपनि जनतामा यो भय कसले हाल्यो ? जनताका प्रतिनिधिले जवाफ दिने बेला आएको छ । 


  
    
   

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

१२ वर्षिय  यादव सात दिन देखी बेपत्ता, खोजीकालागि प्रहरीमा निवेदन

बर्दिवास । आफनो १२ वर्षिय छोरा सात दिन देखी सम्पर्क बिहिन भएपछि एक दम्पतीले खोजी गर्न प्रहरीलाई गुहार लगाएको छ ।

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.