logo

बीरगंज हेल्थ केयर अस्पताललाई कोभिड अस्पताल बनाउन संचालकको सहमती

      7/30/2020 गते 00 00 मा प्रकाशित     1198   पटक पढिएको

जिल्ला संकट व्यवस्थापन केन्द्र पर्साको बैठकले बीरगंजको एक निजी अस्पताललाइ  बीरगंज हेल्थ केयर अस्पताललाई कोभिड अस्पताल बनाउनको लागि संघीय स्वास्थ्य मंत्रालयमा सिफारिश गरेको छ । 

 


पर्सा जिल्लामा कोभिड १९ संक्रमितहरुको संख्या बढ्दै गएको र कोभिड १९ संक्रमित पुष्टि भएका व्यक्तिहरुमा लक्षण समेत देखिन थालेको आइसोलशन अस्पतालको आवश्यकता देखिएको हो ।

 

हाल संचालनमा रहेको नारायणी गण्डक कोभिड विशेष अस्पतालमा बेड संख्या कमी भएपछि  लक्षण देखिएका कोभिड १९ पुष्टि भएका व्यक्तिहरुलाई उपचारकालागि संकट ब्यवस्थापन केन्द्र पर्साले  अस्पतालको आवश्यकता ठहर गरेको हो।  

 

थप कोभिड अस्पतालको व्यवस्था गर्न अति जरुरी देखिएको सन्दर्भमा कोभिड १९ को शंकास्पद तथा बिरामीको पहिचान, रोकथाम, नियन्त्रण तथा उपचार सेवा सरकारी अस्पतालबाट मात्र उपलब्ध गराउन नसकिने अवस्थामा सरकारी अस्पताल बाहेकका निजी, गैर सरकारी, सहकारी तथा सामुदायिक लगायतका अस्पतालबाट प्रदान गर्ने व्यवस्था मिलाउने नीति अनुरुप पर्सा जिल्लामा रहेका विभिन्न अस्पतालहरुसँग छलफल गर्दा बीरगंज हेल्थ केयर हस्पिटलले कोभिड संचालनकोलागि स्वीकारोक्ति दिएको हो ।

 

कोरोना भाइरस को संक्रमणको उपचार बापत अस्पताललाई अनुदान उपलब्ध गराउने सम्बन्धी आदेश, २०७७ को प्रावधान बमोजिम हुने गरी आफ्नो अस्पताल कोभिड १९ अस्पतालको रुपमा संचालन गर्न अस्पतालका संचालक डा.अवुल हैस सहमत भएको सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले जानकारी दिनु भयो । अस्पतालले तीन सुत्रीय र्शतमा रहेर अस्पताल दिन सहमती जनाएको छ ।

 

अस्पताललाई अनुदान उपलब्ध गराउने सम्बन्धी आदेश, २०७७  बमोजिम अनुदान लिने गरी तथा अन्य प्रचलित कानून बमोजिम हुने गरी उक्त अस्पताललाई कोभिड १९ अस्पतालको रुपमा संचालनको व्यवस्था मिलाउन  जिल्ला संकट व्यस्थापन केन्द्रको बैठकले केन्द्रिय संकट व्यवस्थापन संचालन केन्द्र, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र प्रदेश नं. २, सामाजिक विकास मन्त्रालयमा सिफारिस साथ अनुरोध गर्ने निर्णय गरेको छ । 

 


सम्बन्धीत निकायबाट स्वीकृत भएर आएपछि बीरगंज हेल्थ केयरमा संक्रमीतहरुकालागि उपचार सेवा शुरु गरिने बिश्वास जिल्ला संकट ब्यवस्थापन केन्द्रले जाहेर गरेको छ  ।वीरगंज हेल्थकेयर हस्पिटलमा सय शैयाको कोभिड अस्पताल सञ्चालनमा आउने छ। त्यसमा ८ भेन्टिलेटर र ३२ वटा आइसीयू बेड रहेको अस्पतालका सञ्चालन अबुलहैस अन्सारीले जानकारी दिनु भएको छ।  बीरगंज हेल्थ केयरको जनशक्ति ब्यवस्थापनमा थोरै अन्यौलता रहेको भएपनि त्यसको समेत हल निस्कने बिश्वास सहायक प्रमुख जिल्ला अधिकारी बस्नेत ब्यक्त गर्नु भएको छ ।   

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

१२ वर्षिय  यादव सात दिन देखी बेपत्ता, खोजीकालागि प्रहरीमा निवेदन

बर्दिवास । आफनो १२ वर्षिय छोरा सात दिन देखी सम्पर्क बिहिन भएपछि एक दम्पतीले खोजी गर्न प्रहरीलाई गुहार लगाएको छ ।

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.