logo

सरकारले चीनीमिल चलाउदैनः अर्थमंत्री डा. महत

 इसीमाना सम्वाददाता     २०८० सावन १९ गते १२: ५४ मा प्रकाशित     560   पटक पढिएको

वीरगञ्ज । संघीय सरकारका अर्थमंत्री डा. प्रकाश शरण महतले सरकारले उधोग कलकारखना चलाउने भन्दा पनि वतावरण बनाउनेमा ध्यान दिनु पर्ने बताएका छन ।

 

शुक्रवार वीरगंजमा नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा वीरगंज चीनी कारखाना कहिले संचालन हुन्छ भन्ने संचारकर्मीको जिज्ञासामा मंत्री महतले यस्तो बताएका हुन ।

 

सरकारले संचालन गरिरहेको हेटौडा सिमेन्ट ,उदयपुर सिमेन्ट उधोगको अवस्था राम्रो नभएको हेटौडाको कपडा उधोग पनि बन्द रहेको चर्चा गर्दै मंत्री महतले चीनीमिल संचालनको बिषयमा “मेरो फरक धारणा छ भन्दै सरकारले चीनी मिल नचलाउने धारणा राखेका हुन ” । उनले हचुवाको भरमा सञ्चालन हुन्छ भनेर आफूले नभन्ने बताए ।

 

उनले निजी क्षेत्रलाई ब्यवस्थापकीय जिम्मेवारी दिएर संचालन हुने सक्ने कुराको अध्ययन अनुसन्धान आवश्यक रहेको बताए । ‘निजी चिनी मिलहरु नै राम्रोसँग सञ्चालन हुन नसकिरहेको अवस्थामा सरकारी मिल चल्छ भन्ने मलाई लाग्दैन उनको भनाई थियो।’

सरकारले सुशासन दिने, पारदर्शीतालाई सुनिश्चितता गर्ने, विकास निर्माणलाई तिव्रता दिने र सेवा प्रवाहलाई प्रभावकारी बनाउने कुरा नै सरकारको प्रथामिकता रहेको बताएका मंत्री महतलाई सुन प्रकरणमा किटान भएका नेताहरुको गिरफ्तारी किन भएन भनेर पत्रकारले सोध्दा मंत्री महतले अनुसन्धान भइरहेको बताएका थिए ।

 

सुन पक्राउमा आफु र मंत्रालयको बचाउ गर्दै सरकारकै सरचनाले सुन पक्रेको भन्दै छानविकालागि भइरहेको माँगमा सरकारी संयन्त्रले नै अनुसन्धान गर्दै गरेको बताएर पंन्छिएका थिए । तपाई मंत्रालयले सुन समात सकेन नी भनेर संचारकर्मीले सोध्दा मंत्री महतलेआक्रोशित भएका थिए । उनले सुन जसले समाते पनि सरकारको संरचनाले समातेको भन्दै आफनो बचाउ गरे ।


प्रेस युनियन पर्साका अध्यक्ष बिजय चौहानको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा पर्सा क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य अजय चौरसिया, प्रदेश सभा सदस्य उव्ं पार्टीका पर्सा सभापति जनार्दन सिंह क्षेत्री,उपसभापति रामनारायण कुर्मी, नेता राकेश सिंह मधेश प्रदेशका पूर्व खानेपानी मन्त्री ओमप्रकाश शर्मा, वीरगञ्ज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलम, नेपाली कांग्रेसका महाधिवेशन प्रतिनीधि प्रकाश उपाध्याय लगायतको उपस्थिती रहेको थियो ।

पत्रकार सम्मेलनको सहजीकरण प्रेस युनियन पर्साका उपाध्यक्ष क्रान्ति साहले गरेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

निजगढ नगरपालिका–९ पश्चिम लच्कामा  मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु

निजगढ ।  पूर्वपश्चिम राजमार्गअन्तर्गत बाराको निजगढमा बुधवार दिउँसो दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु भएको छ ।

तिर्थ स्मृति प्रतिष्ठानद्वारा बरिष्ठ समाजसेवी बख्रेल सम्मानीत

काठमाण्डौ । बरिष्ठ समाजसेवी चन्द्रप्रसाद बख्रेल तिर्थ स्मृति प्रतिष्ठान नेपालबाट सम्मानीत भएका छन ।  काठमाण्डौ सामाखुशी स्थित लिंकन कलेजमा मंगलवार आयोजीत एक कार्यक्रका वीच उनलाई सम्मान गरिएको हो ।

खेलकुद

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.