logo

प्रतिपक्षको अवाज निषेध गर्दै गठबन्धन सरकार भ्रष्टाचार बिरुद्ध रहेको नाटक मंचनमा ब्यस्तः एमाले महासचिव पोख्रेल

 इसीमाना सम्वाददाता     २०८० भदौ १ गते ०१: ३० मा प्रकाशित     538   पटक पढिएको

बीरगंज । नेकपा एमालेका महासचिव शंकर पोख्रेलले मुलुक राजनीतक अस्थितरता एवं अराजकताको चुनौतीबाट गुज्रीनु परेको बताएका छन । बीरगंजमा प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै महासभिव पोख्रेलले ३४ वर्षमा २८ प्रधानमंत्री बनेको घटनाले पनि त्यो कुराको पुष्टि गरेको बताए ।

 

महासचिव पोख्रेलले जनताको मुख्य रोजाईको पार्टी राष्ट्र संचालनको मुख्य जिम्मेवारीबाट बाहिर रहदा जनतामा निराशाको अर्को चुनौतीपनि थपिएको बताएका छन । त्यसले सामाजिक अरजाकताको अवस्था निर्माण गरेको उनले बताए । ०७४ को जनादेश बिपरित परमादेशबाट नयाँ सरकार गठन गर्ने कामले राज्यका संरचनाहरु कमजोर भएको उनले बताए ।

No description available.

अदालत अदालत जस्तो रहेन , संसद संसद जस्तो रहेन उनले भने राज्यका सबै अंगहरु कमजोर भएका छन । सरकार राष्ट्र जनताको हितमा काम गर्न नसक्ने गरि निरिह भएको छ । मुलुकमा बैधानिक अर्थतन्त्र कमजोर हुने अबैधानिक तथा तस्करतन्त्र प्रोत्साहित हुने दुःखद अवस्था निर्माण भएको नेता पाख्रेलले बताए । उनले मेहनत गर्ने उधोग ब्यवसायी समस्यमामा छन कतिपयले आत्महत्या गरेको चर्चा गर्दै सरकारलाई यो कुराले कत्ति पनि नपोलेको बताए ।

 

अर्थतन्त्रमा आएको समस्याको जरो खोत्लदै महासचिव पोख्रेलले समस्याको कारण त सुनको तस्करी रहेको पुष्टि भएको बताए । १ महिनामा २ हजार किलो सुन अबैध तरिकाबाट भित्रिएको तथ्य सार्वजनीक भएको छ त्यसको कारणले मात्र १ अर्व राजस्व हिनामिना भएको बताउदै उनले भने “बैधानिक कारोवार ठप्प गर्ने र अवैधानिक कारोवारलाई प्रोत्साहित गर्ने गठबन्धन सरकारका कारण तस्करी धन्दा फस्टाएको छ ।

 

लाखौ युवाहरुलाई बिदेश जान बाध्य बनाइएको छ । युवाहरु देशमा भए त बिकास निर्माण हुने हो तर काम गर्ने युवाहरु देशमा नभएवपछि देशको बिकास हुन सक्दैन । नेता पख्रेलले अर्थतन्त्र समस्यामा परेको छ तर सत्ता निकट ब्यपारीको सम्पती ४० अर्व बृद्धि भएको रिपोर्ट सार्वजनीक हुन्छ यसले गठबन्धन सरकार आम जनताको प्रतिनिधत्व गर्न सक्दैन भन्ने कुराको पुष्टि भएको बताए ।

No description available.

सत्ता पक्ष प्रतिपक्षको आवाजलाई दमन गर्न खोज्दैछ नेता पाख्रेलले भने “सुन तस्करी काण्डको न्यायीक निरुपणकालागि छानविन समिति बनाऔ भन्ने हाम्रो मत हो ,संसदमा जव प्रतिपक्ष बोल्न खोज्छ तव सत्ता पक्ष उठेर अवरोध सृजना गर्छ यदी गल्ती गरेको छैन भने सत्तापक्ष यसरी किन डराई रहेको छ ।


सुन तस्करी काण्डमा माओवादीका नेतासगं २ सय पटक फोन सम्वाद भएको तथ्य सार्वजनीक भएको छ । सुन तस्करसंग त्यती धेरै फोन गर्नुको पछाडी त्यस्तो महत्वपूर्ण कुरा के थियो त्यसको जवाफ दिनु पर्दैन महसचिव पोख्रेलले भने “ जनतालाई भ्रम दिनकालागि सत्ताा पक्ष भ्रष्टाचार बिरुद्ध रहेको नाटक मंचान गरिरहेको छ । सत्तापक्ष यो मुद्धा उटाएर जनताको मनलाई डाइभ्र्रट गर्न खोज्दैछ । सबै घटनाहरुको छानविन गर्नु पर्छ नेकपा एमाले र त्यसको नेतृत्वले क्लि चिट पाउने छ । त्यसमा कोही दोषी देखियो भने त्यसलाई कारवाही गर्ने कुरामा नेकपा एमाले पछि पर्ने छैन ।

 


जनमत बिभाजन भएकाले बलियो राष्ट्रिय शक्ति निर्माण भएन, जसले बिकास र समृद्धिको बाटोमा मुलुकलाई अगाडि लान सकिएन महासचिव पोख्रेलले भने “ म मधेशका जनतालाई अपिल गर्न चाहानन्छु अव एमालेको पक्षमा आफूलाई उभ्याएर एमालेलाई राष्ट्रिय शक्तिको रुपमा निर्माण गर्नुहोस सुखी नेपाली र समृद्ध नेपालको राष्ट्रिय आकंक्षा पुरा गरिने छ । महासचिव पाख्र्रेलले मधेशमा हुलाकी राजमार्गको निर्माण । सघन शहरी बिकास , सीमा बिकास कार्यक्रम सबै एमालेले गरेको बताए । पत्रकार सम्मेलन प्रेस चौतारी नेपाल पर्साका अध्यक्ष श्याम बन्जाराको अध्यक्षतामा भएको थियो ।

No description available.

महासचिव पाख्रेलले आजै बीरगंजमा नेकपा एमालेको मधेश प्रदेशको प्रचार तथा प्रकाशन बिभागको कार्यालय उद्घाटन गरेका छन । बिभागका इन्चार्ज अरविन्द कुमार सिंहको अध्यक्षतामा भएको कार्यक्रमा नेकपा एमालेका मधेश प्रदेशका इन्चार्ज योगेश भट्टराई पुरुषोत्तम पौडेल ,अच्यूत मैनाली , प्रभू हजरा, राजकुमार गुप्ता, कल्पना कटुवाल सरोज यादव , जुली महतो, पर्साका अध्यक्ष डा. बिश्वम्भर शर्मा एमालेका सल्लाहकार बिजय कुमार सरावगी, सुमन प्याकुरेल एकवाल मिया, अजय गुप्ता लगायतका नेहरुको सहभागिता रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.