logo

नेपाल भारत सीमा देख्दा खुला भएपनि नेपालीकालागि नियन्त्रित छः महासचिव पोख्रेल

 इसीमाना सम्वाददाता     २०८० भदौ २ गते ०७: १४ मा प्रकाशित     563   पटक पढिएको


बीरगंज श्र नेकपा एमालेका महासचिव शंकर पोख्रेलले नेपाल र भारतवीचको सीमा देख्दा खुला जस्तो भएपनि खुला नरहेको बताएका छन ।

 

नेपाल बुद्धिजीवी परिषद मधेश प्रदेश समितिले बीरगंजमा आयोजना गरेको नेपाल भारत खुल सीमा अवसर चुनौती बिषयक बिचार गोष्ठीलाई सम्बोध गर्दै महासचिव पोख्रेलले यस्तो बताएका हुन ।

 

उनले भारतीय उत्पादनहरु नेपालमा आउन कुनै शर्तबन्दी नरहेको तर नेपाली उत्पादन भारतीय बजारमा लैजानु पर्दा शर्तबन्दीको ब्यवस्था भएकोले नै सीमा खुला जस्तो देखिएपनि नियन्त्रणात्मक रहेको बताएका हुन ।

 

नेपाली उत्पादनहरु सहज र निर्वाध रुपमा निर्यात गर्न सकिदैन अदुवा, चिया लगायतका बस्तुमा कोटा वा शर्त राखिएको छ त्यसकारणमा पनि खुला सीमाका कारण समान अवसर पाउनबाट नेपाली बन्चित रहेको बताए ।

 


महासचिव पोख्रेलले १९५० को नेपाल भारत सन्धी नेपालले उत्साहित भएर नभई बाध्यतामा गर्नु परेको चर्चा गर्दै त्यही सन्धीमा एक अर्का देशमा आवत जावत बन्द ब्यपार गर्न पाउने प्रवन्ध राखिएको बताए ।

 

त्यहीबाट सीमा खुला त भनियो तर नेपालीकालागि हुन सकेन । महासचिव पोख्रेलले ब्यापारका बिषयमा चर्चा गर्दै भूपरिवेष्ठित मुलुकले पारवान सुविधा पाउने चर्चा गर्दै भारतसंगको ब्यपारका सन्दर्भमा बुझ्न आवश्यक रहेको बताए । ब्यापारको निर्भरता ता होइन महासचिव पोख्रेलले भने जाहा सस्तो पाइन्छ त्यहीबाट लिन त पाइन्छ तर यो बिशिष्ठ खालको सम्बन्धलाई बृहतर हितमा उपयोग गर्ने अगाडि बढ्नु पर्ने बताए ।

 


महासचिव पोख्रेलले नेपालमा भारतीय यात्रु आउदा २५ हजार मात्रै ल्याउनु पर्ने प्रवन्ध नेपालको चिन्ताले नगरिएको चर्चा गर्दै पैसा लिएर आउने कुरामा कुनै रोक लगाउन जरुरी नरहेको बताए ।


कार्यmत्रममा प्राध्यापक राजेन्द्र कोइराला र डा. कामानन्द देवले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्रले नेपाल भारतको सम्बन्ध अवसर चुनौतीका बिषयमा ब्यपाक छलफल चलाएको थियो । कार्यपत्रमाथि नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य के.सी.लामिछाने अधिवक्ता बीरेन्द्र यादवले टिप्पणी गरेका थिए ।


नेपाल बुद्धिजीवी परिषद मधेश प्रदेशका अध्यक्ष शम्भु गुप्ताको अध्यक्षतामा भएको कार्यmक्रममा परिषदका जिल्ला अध्यक्ष डा.सन्तोष श्रीवास्तवले स्वागत बन्तब्य ब्यक्त गरेका थिए ।

 

बिनोद गिरीले संचालन गरेको कार्यक्रममा मेघा कलेजका बिद्यार्थीले स्वागत गीत प्रस्तुत गरेका थिए । कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य एवं सांसद प्रभू हजारा ,प्रदेश साँसद बिना शर्मा, बुद्धिजीवी परिषदका केन्द्रीय पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.