logo

नेपाल भारत सीमा देख्दा खुला भएपनि नेपालीकालागि नियन्त्रित छः महासचिव पोख्रेल

 इसीमाना सम्वाददाता     २०८० भदौ २ गते ०७: १४ मा प्रकाशित     467   पटक पढिएको


बीरगंज श्र नेकपा एमालेका महासचिव शंकर पोख्रेलले नेपाल र भारतवीचको सीमा देख्दा खुला जस्तो भएपनि खुला नरहेको बताएका छन ।

 

नेपाल बुद्धिजीवी परिषद मधेश प्रदेश समितिले बीरगंजमा आयोजना गरेको नेपाल भारत खुल सीमा अवसर चुनौती बिषयक बिचार गोष्ठीलाई सम्बोध गर्दै महासचिव पोख्रेलले यस्तो बताएका हुन ।

 

उनले भारतीय उत्पादनहरु नेपालमा आउन कुनै शर्तबन्दी नरहेको तर नेपाली उत्पादन भारतीय बजारमा लैजानु पर्दा शर्तबन्दीको ब्यवस्था भएकोले नै सीमा खुला जस्तो देखिएपनि नियन्त्रणात्मक रहेको बताएका हुन ।

 

नेपाली उत्पादनहरु सहज र निर्वाध रुपमा निर्यात गर्न सकिदैन अदुवा, चिया लगायतका बस्तुमा कोटा वा शर्त राखिएको छ त्यसकारणमा पनि खुला सीमाका कारण समान अवसर पाउनबाट नेपाली बन्चित रहेको बताए ।

 


महासचिव पोख्रेलले १९५० को नेपाल भारत सन्धी नेपालले उत्साहित भएर नभई बाध्यतामा गर्नु परेको चर्चा गर्दै त्यही सन्धीमा एक अर्का देशमा आवत जावत बन्द ब्यपार गर्न पाउने प्रवन्ध राखिएको बताए ।

 

त्यहीबाट सीमा खुला त भनियो तर नेपालीकालागि हुन सकेन । महासचिव पोख्रेलले ब्यापारका बिषयमा चर्चा गर्दै भूपरिवेष्ठित मुलुकले पारवान सुविधा पाउने चर्चा गर्दै भारतसंगको ब्यपारका सन्दर्भमा बुझ्न आवश्यक रहेको बताए । ब्यापारको निर्भरता ता होइन महासचिव पोख्रेलले भने जाहा सस्तो पाइन्छ त्यहीबाट लिन त पाइन्छ तर यो बिशिष्ठ खालको सम्बन्धलाई बृहतर हितमा उपयोग गर्ने अगाडि बढ्नु पर्ने बताए ।

 


महासचिव पोख्रेलले नेपालमा भारतीय यात्रु आउदा २५ हजार मात्रै ल्याउनु पर्ने प्रवन्ध नेपालको चिन्ताले नगरिएको चर्चा गर्दै पैसा लिएर आउने कुरामा कुनै रोक लगाउन जरुरी नरहेको बताए ।


कार्यmत्रममा प्राध्यापक राजेन्द्र कोइराला र डा. कामानन्द देवले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्रले नेपाल भारतको सम्बन्ध अवसर चुनौतीका बिषयमा ब्यपाक छलफल चलाएको थियो । कार्यपत्रमाथि नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य के.सी.लामिछाने अधिवक्ता बीरेन्द्र यादवले टिप्पणी गरेका थिए ।


नेपाल बुद्धिजीवी परिषद मधेश प्रदेशका अध्यक्ष शम्भु गुप्ताको अध्यक्षतामा भएको कार्यmक्रममा परिषदका जिल्ला अध्यक्ष डा.सन्तोष श्रीवास्तवले स्वागत बन्तब्य ब्यक्त गरेका थिए ।

 

बिनोद गिरीले संचालन गरेको कार्यक्रममा मेघा कलेजका बिद्यार्थीले स्वागत गीत प्रस्तुत गरेका थिए । कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य एवं सांसद प्रभू हजारा ,प्रदेश साँसद बिना शर्मा, बुद्धिजीवी परिषदका केन्द्रीय पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.