logo

सुनतस्करी प्रकरण ,गृहमंत्रालयनै शंकाको घेरमा ,गृहमन्त्रीको भूमीकामा उठयो गम्भिर प्रश्न

 इसीमाना सम्वाददाता     २०८० भदौ ६ गते ०७: १२ मा प्रकाशित     605   पटक पढिएको

काठमाडौं । साउन २ मा विमानस्थल भन्सारबाट जाँच पास भएर बाहिरिएको तस्करीको सुन र राजश्व अनुसन्धान विभागले टोखामा फेला पारेको सुनको फ्याक्ट्रीसँग मिल्दोजुल्दो कारोबारमा गृह मन्त्रालय मुछिएको छ ।

 

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले गरिरहेको सुनको अनुसन्धानमा तस्करीका नाइके दावा छिरिङ र गृहमन्त्रालयको सबै भन्दा महत्वपूर्ण मानिने अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारी बीच सुन तस्करीको पूर्व सूचना आदान–प्रदान र रकम लेनदेनको प्रमाण फेला परेको हो ।

महानिर्देशक अधिकारी र दावाबीच पानी तान्ने मोटर, यसको प्याकेजिङ आयात र आदान प्रदानको बिषयमा कुराकानी भएको तथ्य सार्वजनीक भएको छ । अधिकारी र दावाको वीच्याटमा त्यसपछि पनि दुवै जनाका लागि राम्रो बिजनेस भएको र ठूलो परिमाणमा नगद कारोबारको कुराकानी भएको प्रमाण पनि देखिन्छ ।

तस्कर समूहले आयात गर्ने तस्करीको सुनको विवरण अध्यागमन विभागका महानिर्देशकमार्फत गृहमन्त्रालय र सुरक्षा निकायलाई पुग्ने गरेको अनुसन्धानमा संलग्न अधिकारीहरु बताउँछन् । १४ साउनमा ठमेलको भियाना होटलबाट दावा छिरिङ पक्राउ परेका थिए ।

 

‘हाल गृह मन्त्रालय मातहतको अध्यागमन विभागको महानिर्देशकको जिम्मेवारीमा रहेका सह–सचिव झलकराम अधिकारी र दावाबीच लामो कुराकानी हुने गरेको र ति सबै विमानस्थलबाट सुन पास गराउने र रकम लेनदेनसँग सम्बन्धित देखिएको छ,’ सीआईबी स्रोतले भन्यो, ‘कुन वस्तुभित्र राखेर सुन ल्याइँदैछ भन्ने जानकारी दावा छिरिङले अधिकारीलाई पहिल्यै पठाउँथे ।

 

सोही आधारमा अधिकारीले सुन पास गराउन गृह मन्त्रालयको सबै प्रबन्ध मिलाउने गर्दथे । त्यसैको आधारमा अधिकारीले दावासँग मोटो रकम बुझ्थे । अहिले भेटिएको प्रमाण टोखाको फ्याक्ट्रीमा बरामद भएको सुन झिकिएको मोटर, मिक्चर लगायतका विद्युतीय उपकरणसँग मिल्दोजुल्दो छ ।’

अधिकारीलाई दावाले पानी तान्ने मोटरमा सुन आएको भन्दै सहजीकरणका लागि अनुरोध गरेका छन् ।

No description available.
दावाको प्रस्तावमा सहमति जनाएर अधिकारीले ‘ओके’ भन्ने जवाफ फर्काएका छन् । त्यसको तेस्रो दिन अधिकारीलाई दावाले ‘राम्रो काम भएकोमा धन्यवाद भन्दै राम्रो पैसा उपलब्ध गराएको’ उल्लेख गरेका छन् ।

 

जवाफमा अधिकारीले ‘फेरि–फेरि यस्तै कार्य भइरहने’ वचन दिएका छन् । महानिर्देशक अधिकारी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री नारायणकाजी श्रेष्ठका विश्वास पात्र हुन् ।

अनुसन्धान अधिकारीहरुकाअनुसार महानिर्देशक अधिकारी र दावाबीच २०७८ असार ७ देखि यता निरन्तर संवाद हुने गरेको देखिएको छ । ५ साउन २०७९ देखिका संवादमा भने राम्रो काम भएको भन्दै रकम लेनदेनका कुराकानी छन् ।अधिकारी गृहमंत्री श्रेष्ठका निकै भर लाग्दा मान्छे हुन ।

 

श्रेष्ठकै जोडबलमा उनी ०७९ फागुणमा अध्यागमनको हाकीम भएका थिए । ०७९ को १७ चैतमा नारायणकाजी श्रेष्ठ भौतिक तथा यातायात मन्त्रालय छोडेर उपप्रधानमन्त्री र गृहमन्त्रीको जिम्मेवारीमा आए । त्यसको ठिक एक महिनाअघि १६ फागुनमा अधिकारीले अध्यागमन विभागको प्रमुखको जिम्मेवारी सम्हालेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.