logo

एमसीसीको सम्झौता कार्यान्वयन होईन खारेज हुनुपर्छः वक्ताहरु

 इसीमाना सम्वाददाता     २०८० भदौ ९ गते ०५: ४० मा प्रकाशित     643   पटक पढिएको

काठमाडौं । अमेरिकी परियोजना एमसीसी नेपालमा कार्यान्वयन नभई खारेज हुनुपर्ने वक्ताहरुले बताएका छन् । शनिबार काठमाडौंस्थित संवाद डबलीमा क्रान्तिकारी कम्यूनिस्ट पार्टी नेपालले आयोजना गरेको ‘एमसीसी खारेज वा फिर्ता’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले सो परियोजना खारेजीको लागि हरेक नेपालीलाई सडकमा आउन आह्वान समेत गरेका छन् ।

 


क्रान्तिकारी कम्युनिस्ट पार्टीका वरिष्ठ नेता सीपी गजुरेलले एमसीसी सम्झौता राष्ट्रघाती भएकाले लागू मात्र नभएर अब नेपालबाट फिर्ता हुनु पर्ने धारणा राखेका छन् ।

 

नेता गजुरेलले एमसीसीको सम्झौता संससदबाट अनुमोदन गरेर दलहरुले देशका विरुद्ध ठूलो अपराध गरेको आरोप लगाएका हुन् । “जनताको दबाब र नेताहरुले अनुमोदन गर्नु गल्ति भएको महसुस गरेर कार्यान्वयन नगर्दा अमेरिकाले एमसीसी परियोजना फिर्ता लग्नु पर्छ, अन्यथा देशमा ठूलो द्वन्दको सिर्जना हुन्छ ।” नेता गजुरेलले थपे ।


नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्य सन्तोस बुढामगरले सत्तामा आउने हरेक नेताले अमेरीकीहरुको योजनाअनुसार एमसीसी परियोजनालाई आत्मसाथ गरेर राष्ट्रघात गरेको आरोप लगाए । नेता बुढाले नेपालमा विदेशीहरुको रणनीति जसरी पनि नेपाललाई आफ्नो पञ्जामा राख्ने दाउ भएको जिकिर गरे ।


क्रान्तिकारी कम्युनिस्ट पार्टीका कार्यालय सदस्य हेमन्तप्रकाश ओली‘शुदर्शन’ले एमसीसीका नाममा आउने कुनै पनि सहयोग स्वीकार्न नसकिने र त्यसको कार्यान्वयनलाई अबरोध गरेरै छाड्ने उद्घोष गरे ।


सो पार्टीका अर्का नेता उदयबहादुर चलाउने‘दिपक’ले उत्तरी छिमेकी चीनलाई घेर्ने दीर्घकालिन् रणनीतिसहति नेपाल छिरेको अमेरीकी परियोजना एमसीसीलाई कुनै पनि हालतमा नेपालबाट विदा गर्नुपर्ने धारणा राखे ।


पूर्व जर्नेल डा.प्रेमसिंह बस्न्यातले वीर–पूर्खाहरुको ठूलो त्याग तपस्या र बलिदानीबाट निर्माण भएको एक सार्वभौम देश नेपाललाई विदेशीको खेल मौदानमा रुपान्तरण गर्न लागेको ओरोप लगाए ।

 

उनले देशमा जुनसुकै किसिमका क्रान्तिकारीहरु आए पनि उनिहरुले आफ्नो स्वार्थ पूर्तिका निम्ति देशमाथि गद्दारी गरीरहेको बताउँदै भने,“देउबा, केपी र प्रचण्डहरुले भारत र अमेरीकालाई देशको स्वाभिमान बेचिरहेका छन्, अब देशभक्तहरु चुप बस्न हुँदैन ।”

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.