logo

नेकपाका युवा नेता सिंहको श्वासप्रश्वासमा समस्या थप उपचारकालागि काठमाण्डौ लगियो

      8/5/2020 गते 00 00 मा प्रकाशित     1990   पटक पढिएको

श्वास प्रश्वासमा समस्या देखिएपछि नेकपाका युवा नेता अरविन्द कुमार सिंहलाई थप उपचारकोलागि आज हेलिकप्टर मार्फत काठमाण्डौ  लगिएको छ । 

 


श्वास प्रश्वासमा समस्या देखिएपछि गत सोमवार उहाँलाई गण्डक अस्पतालमा भर्ना गरिएको थियो । श्वास लिन गार्हो भएपछि अस्पतालमा उहाँलाई संघन उपचार कक्षमा राखेर उपचार गरिएको थियो ।

 

गण्डक अस्पतालमा उहाँले आफूमा सुधारको अनुभूती पनि गर्नु भएको थियो । अप्ठयारो भएर अस्पतालमा आएको अहिले ठिक अनुभव गरिरहेको मंगलवार इसीमानासंग कुरा गर्दै उहाँले भन्नु भएको थियो । 

 


मंगलवार नै उहाँको कारोना भाइरस संक्रमण सम्बन्धी रिर्पाट नेगेटिभ आएको थियो । रिपोर्ट नेगेटि आएपछि उहाँलाई प्रभू अस्पतालमा सारिएको थियो । उहाँको उपचारमा संलग्न चिकित्सक डा. निरज सिंहले उहाँको फोक्सोमा समस्या देखिएको बताउनु भयो । एक्सरे गरेर हेर्दा त्यस्तो समस्या देखिएको उहाँले बताउनु भयो ।

 

कोरोना संक्रमणको जस्तो लक्षण देखिने तर रिपोर्ट नेगेटिभ आएको अवस्थामा थप उपचारकालागि काठमाण्डौ ठिक हुने भएकोले रिफर गरिएको उहाँले बताउनु भयो । 


सिंहलाई मेडिसीटी अस्पतालको संघन उपचार कक्षमा भर्ना गरेर उपचार शुरुरु गरेको काठमाण्डौबाट नेकपाका पार्स जिल्ला कमिटी सदस्य शिवजी गुप्ताले जानकारी दिनु भएको छ । नेता सिंहको उपचारको ब्यवस्था मिलाउन नेकपाका पोलिटब्यूरो सदस्य नागेन्द्र चौधरी प्रदेश कमिटीका सदस्य बालगोपाल थापा मिडीसीटी अस्पताल पुग्नु भएको छ । 


बीरगंजबाट उहाँलाई काठमाण्डौ पठाउनकालागि आवश्यक ब्यवस्थापन सम्बिधान सभाका  सदस्य बिचारी यादव एम पी साह  युवा नेताहरु उमेश गुप्ता सन्तोष सिंह ,युवा संघका केन्द्रीय सदस्य अरुण यादव  ,प्रभाकर गुप्ता रामबाबु सिंह,धिरेन्द्र थापा, लक्ष्मी थापा ,आशिष पटेल लगायतले गर्नु भएको थियो

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

१२ वर्षिय  यादव सात दिन देखी बेपत्ता, खोजीकालागि प्रहरीमा निवेदन

बर्दिवास । आफनो १२ वर्षिय छोरा सात दिन देखी सम्पर्क बिहिन भएपछि एक दम्पतीले खोजी गर्न प्रहरीलाई गुहार लगाएको छ ।

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.