logo

एसएसपी पाण्डे र साहको अडियो प्रकरण, छानविनकालागि हेडक्वार्टरले बनायो समिति

 इसीमाना सम्वाददाता     २०८० भदौ १२ गते ०९: ३७ मा प्रकाशित     765   पटक पढिएको

वीरगंज । हुण्डी कारोवारी भनिएको राज साह र एस. एस. पी. बेल बहादुर पाण्डेको अडियो सार्वजनीक भएपछि प्रहरी प्रधान कार्यालयले छानविन समिति बनाएको छ ।

 

अपराध अनुसन्धान विभागका डीआईजी सुरेन्द्र मैनालीको नेतृत्वमा छानबिन समिति बनाइएको छ। मैनाली नेतृत्वको छानबिन समितिले छानबिन गरेर प्रतिवेदन दिएपछि सोही अनुसार कारबाहीको प्रक्रिया अघि बढाइने हेडक्वाटरले जनाएको छ। एसएसपी पाण्डे र साह वीचको अडियो सम्बाद केही वर्ष पुरानो हो ।

 

सामाजिक संजालमा जबरजस्ती भाइरल बनाउन खोजिएको अडियोमा चलखेल भएको पाइएको छ। अडियोलाई दोहोरो अर्थ लाग्नेगरि प्रस्ुतत गरिएको छ ।

 

जसले एसएसपी पाण्डेको चरित्र र ब्यवसायीक निष्ठा माथि प्रश्न उठाउन खोजिएको छ । यद्धपी प्रहरी प्धान कार्यालयले बनाएको छानविन समितिले यो बिषयमा छानविन गरेर निष्कर्षमा पुग्ने छ ।

 

तथापी यति लामो समयपछि यो अडियो सार्वजनीक किन गरियो के उद्धेश्य प्राीप्तका निम्ति गरियो र अडियोको स्रोत के हो भन्ने कुराको निरुपण हुदा यसको पछाडि रहेको अभिष्ट समेत सार्वजनीक हुने एक अधिकारीको बिश्लेषण छ ।


सर्लाही निवासी राम दरेश साह उर्फ राज साहको मुख्य कारोबार खाद्यान्नको भएको उनका दौँतरी अजित साहले बताएका छन्।


राजु होजियारीमा पनि उनी साझेदार रहेको अजितले बताए । हुण्डी कारोवारीको रुपमा देखाउने र कारोवारीकालागि सेटिङ मिलाउने पात्रका रुपमा साहलाई देखाउन खोजएपनि आजसम्म राजलाई कुनै सार्वजनिक वा फौजदारी अभियोग लागेको छैन।

 

प्रहरीमा समेत उनको ट्रयाक रेकर्ड नकारात्मक छैन । अहिले चर्चामा आएर बदनाम गराउन खोजिएको अडियो प्रहरीले नै बाहिर ल्याएको हुन सक्ने आशंका अजितको रहेको छ।
यसैबीच एसएसपी बेल बहादुर पाण्डेले व्यवहारिक सम्बन्धलाई दुरूपयोग गरि चरित्रहत्या गर्ने काम भएको प्रतिक्रिया दिएका छन्।


पाण्डे पर्सा प्रहरी प्रमुख हुँदा हुण्डी कारोबारीहरूलाई तह लगाउन गहन भूमिका खेलेका थिए। तिनै पाण्डेलाई हुण्डी कारोवारीसँग जोडेर उनको चरित्र हत्या गर्नु साह्रै दुःखद रहेको जसपा पर्साका जिल्ला सचिव तबरेज अहमदले बताए । कोभीड एक्शन टीमको अगुवाको रुपमा उहाँसँग राम्रो सहकार्य भएको अहमदको भनाई छ ।

 

अपराध न्यूनिकरणमा संवेदनशील रहेका एसएसपी पाण्डेलाई वीरगंजमैं बस्दा हुण्डी कारोवारीलाई प्रश्रय दिएर नाजायज रकम असुलेको वा कारोबारीलाई संरक्षण दिएको भन्ने आरोप लागाइए पनि आफूलाई त्यो कुरा विश्वास नलागेको अहमदको भनाई छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.