logo

उपचारै नगरि बिरामी फिर्ता गर्ने निजी अस्पताललाई कारवाही गर्ने पर्सा प्रशासनको चेतावनी

      8/6/2020 गते 00 00 मा प्रकाशित     1094   पटक पढिएको

जिल्ला प्रशासन कार्यालय पर्साले उपचार नै नगरी बिरामीलाई फिर्ता पठाउने अस्पतालाई कारवाही गर्ने भएको छ ।पर्साका प्रमुख जिल्ला अधिकारी बिष्णु कुमार कार्कीको अध्यक्षमा बुधबार बसेको जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले यस्तो निर्णय गरेको हो ।

बीरगंजमा संचालनमा रहेका नीजी अस्पतालहरुले बिरामीलाई जोकचाँज समेत नगरि अस्पताल भित्र प्रवेश गर्न नदिई फिर्ता पठाउने गरेका थिए । 

बीरगंज संघ सरकार मातहतमा रहेको उपक्षेत्रीय स्तरको नारायणी अस्पताल बाहेक एउटा शिक्षण अस्पताल  सहित एक दर्जनको भन्दा बढी नीजी अस्पतालहरु रहेका छन ।

 

निजी अस्पतालहरुले ज्वरो रुघा खोकी भएका कुनै पनि बिरामीलाई अस्पतालमा प्रवेश नै दिदैन । अस्पतालको चक्कर लगाउदा कोभिडको आंशकाम उपचार नपाएर कतिपयले मृत्यृवरण गर्नु परेका घटनाहरु सार्वजनीक भएका छन । जिल्लाको उपचारको यस्तो पृष्ठभूमीमा जिल्ला प्रशासन कार्यालय पर्साले बिरामीलाई उपचार नगरि फिर्ता पठाउने अस्पतालाहरुलाई कारवाहीको चेतावनी दिएको हो ।


जिल्ला प्रशासन कार्यालय पर्साले सबै अस्पतालहरुलाई  आफ्नो अस्पतालहरुमा छुट्टै आइसोलेसन वार्डको व्यवस्था गर्न समेत निर्देशन दिएको छ ।

 

बिरामीहरुको चेकजांच तथा उपचारको व्यवस्था मिलाउन लगाउने र कोभिड १९ भएको देखिएमा मात्र कोभिड अस्पतालमा रिफर गर्न लगाउने निर्देशन अस्पतालहरुलाई दिइउको  सहयाक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेत जानकारी दिनु भयो  ।

जिल्ला प्रशासन कार्यालयलले बिहिबार निजि अस्पतालहरुलाई एक सुचना नै गरी उक्त निर्णको बेवास्ता गरी बिरामीको स्वास्थ्यमा खेलवाड गरे प्रचलित कानुन बमोजिम कारवाही गर्ने चेतावनी समेत दिएको छ।

 

जिल्ला प्शासन कार्यालय पर्साले दिएको निर्देशनमा  ‘यस जिल्लाका विभिन्न निजी अस्पतालहरुमा उपचारका लागि आएका विरामीहरुलाई अस्पतालहरुले चेकजाँच तथा उपचार नै नगरी फिर्ता पठाउने गरेको भनी गुनासो आउने गरेको सम्बन्धमा छलफल गरियो । अब उप्रान्त जिल्लाका सबै अस्पतालहरुलाई आफ्नो–आफ्नो अस्पतालहरुमा छुट्टै आइसोलेसन वार्डको व्यवस्था गरी आफूकहाँ आएका विरामीहरुको चेकजाँच तथा उपचारको व्यवस्था मिलाउन लगाउने र कोभिड–१९ भएको देखिएमा मात्र कोभिड अस्पतालमा रिफर गर्न लगाउने ।’ उल्लेख छ

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

निजगढ नगरपालिका–९ पश्चिम लच्कामा  मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु

निजगढ ।  पूर्वपश्चिम राजमार्गअन्तर्गत बाराको निजगढमा बुधवार दिउँसो दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु भएको छ ।

तिर्थ स्मृति प्रतिष्ठानद्वारा बरिष्ठ समाजसेवी बख्रेल सम्मानीत

काठमाण्डौ । बरिष्ठ समाजसेवी चन्द्रप्रसाद बख्रेल तिर्थ स्मृति प्रतिष्ठान नेपालबाट सम्मानीत भएका छन ।  काठमाण्डौ सामाखुशी स्थित लिंकन कलेजमा मंगलवार आयोजीत एक कार्यक्रका वीच उनलाई सम्मान गरिएको हो ।

खेलकुद

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.