logo

बीरगन्जमा कलेज शिलबन्दी प्रकरण, नियतमाथि उठ्यो प्रश्न

 इसीमाना सम्वाददाता     २०८० भदौ १९ गते ०५: २३ मा प्रकाशित     662   पटक पढिएको

बीरगन्ज । बीरगन्ज महानगरपालिकाले नगरभत्रि अनुमति नलिइ सञ्चालनमा रहेका विद्यालय र कलेजहरुमा शिलबन्दी अभियान चलाएको छ ।


गएको बुधबारदेखि महानगरले शुरु गरेको यो अभियानमा ७ वटा अनुमतिबेगर सञ्चालित शैक्षिक संस्थामा शिलबन्दी गरेको हो ।


महानगरको टोलीले अहिलेसम्म युनिभर्सल प्लस टु, प्रिस्टोन मोडेल एकेडेमी, अन्नपूर्ण कलेज, युनिभर्सल एकेडेमी, बीरगन्ज स्कुल अफ ल, इम्पेरियल कलेज र बीजी बी किड्समा शिलबन्दी गरेको छ ।


संविधानमा भएको व्यवस्था अनुसार कलेजहरु स्कुल/कलेज सञ्चालन गनुपर्दा सम्बन्धित स्थानीयतहसंग सञ्चालनको अनुमति लिनुपर्ने हुन्छ । यही व्यवस्थालाई टेकेर महानगरले गैरकानुनीरुपमा सञ्चालित शैक्षिक संस्थाहरुमा शिलबन्दी अभियान चलाएको महानगर बताउँछ ।

No description available.
महानगर नियमन समितिका संयोजक इश्वरचन्द्र यादवले शैक्षिक संस्थाको हकमा संविधानले व्यवस्था गरेबमोजिम आफूहरु अगाडि बढेको बताए । उनले भने,‘ अहिले हामी ती कलेजहरुमा शिलबन्दी गरिरहेका छौ जो हाम्रो शिक्षा महाशाखाबाट अनुमति पत्र लिएको छैन, सञ्चालित एरियामा दर्ता छैन त्यसलाई शिलबन्दी गरेका हौं ।’’ चेकजाँचमा अन्य स्कुलको कागजपत्र देखाइरहेका कलेजहरुलाई शिलबन्दी भइरहेको उनी बताउँछन् । कतिपय उच्च माध्यामिक बिद्यालयले इजजात अरु कसैको संचालन अन्यको नाममा गरेको पाइएपछि त्यसमाथि महानगरले आफनो डण्डा चलाएको यादवको दावी छ । उनी भन्छन,“ यसको उदाहरणको रुपमा बीरगंज स्कूल अफ ‘ल’ लाई लिन सकिन्छ, जसले प्रिन्स एकेडेमीले पाएको इजाजतपत्रमा कलेज संचालन गर्दै आएको थियो ।”


के छ शिक्षा ऐनमा ?


शिक्षा ऐनमा भएको व्यवस्था अनुसार अनुमतिबेगर सञ्चालित कलेजहरुमा शिलबन्दी भइरहेको महानगरको धारणा छ । शिक्षा नियमावली २०५९ को परिच्छेद २ मा प्राथमिक विद्यालय, निम्न माध्यमिक वा माध्यमिक विद्यालय खोल्न चाहनेले शैक्षिक सत्र हुनु भन्दा कम्तीमा ३ महिना अगावै अनुसूची २ बमोजिमको ढाँचामा सम्बन्धित स्थानीय तहमा निवेदन दिनुपर्ने व्यवस्था छ ।


माध्यमिक तहको हकमा विद्यालय सञ्चालनका लागि सबै शर्त पूरा भएमा सम्बन्धित स्थानीय तहले सञ्चालनको अनुमति दिने व्यवस्था छ ।


नियतमा खोट


यही आधारलाई टेकेर बीरगन्ज महानगरले अहिले गैरकानुनीरुपमा सञ्चालित कलेजहरुमा शिलबन्दी गरिरहेको छ । शिक्षा नियमावली बमोजिम अनुमतिबिना सञ्चालित कलेजहरुलाई शिलबन्दी गर्ने अधिकार भएतापनि महानगरले किन अहिले आएर यो अभियान चलाइरहेको छ त्यसमा प्रश्न चिन्ह खडा भएको छ ।

No description available.
शिलबन्दी भएका ७ वटै कलेजहरु करिब ४ वर्ष पहिलादेखि नै सञ्चालनमा रहेको नियमन समिति प्रमुख इश्वरचन्द्र यादव बताउँछन् । यसरी ४ वर्ष पहिलादेखि नै सञ्चालनमा रहेका कलेजहरुमा अहिले आएर एकाएक भइरहेको शिलबन्दीले महानगरको नियतमाथि शंका उब्जाएको छ । आर्थिक लाभमा सहमति नभएपछि यो अभिायन चलाइएको चर्चा छ ।


विद्यार्थीको भविष्य अन्योलमा


नयाँ शैक्षिक सत्र सुरु भएपछि सबै कलेजहरुले धमाधम भर्ना लिएका छन । बीरगंज स्कूल अफ ल को कक्षा ११ मा ४० जना कक्षा १२ मा ४० जना अध्ययनरत रहेका छन । प्रिन्सटन कलेजले यो शैक्षीक सत्रकालागि कक्षा ११ मा ३५ जना विद्यार्थीको भर्ना लिएको छ ।

 

अन्य कलेजले पनि यही अनुपातमा भर्ना लिएर पठनपाठन पनि शुरु गरिसकेका थिए । तर महानगरको शिलबन्दीका कारण ति विद्यार्थीको शैक्षीक भविष्य अन्यौलमा परेको छ ।


के भन्छन संचालक ?


महानगरले चलाइरहेको शिलबन्दी अभियानप्रति संचालकहरुले असन्तुष्टि जनाएका छन । महानगरले बिना पूर्व जानकारी बिना एक्कासी शिलबन्दी गरेको उनीहरुले आरोप छ । बीरगंज स्कूल अफ ल का सञ्चालक सुधिर कर्ण भन्छन्,‘हामी नियमसंगत चलाइरहेका थियौं तर महानगरले जबरजस्ती शिलबन्दी ग¥यो, यसो गर्दा महानगर आफैले प्रक्रिया पुरा गरेको छैन, किनकी शिलबन्दी गर्नु पहिला हामीलाई महानगरले परिपत्र गर्नुपथ्र्यो ।’


प्रिस्टोन एकेडेमीका संचालक बिनोद कुमारले आफुहरुले इजाजतको प्रक्रिया महानगरमा शुरु गरेको तर पुरा नभएको प्रतिक्रिया दिए । उनले कागजपत्रसहित महानगरमा आवेदन दिएको र महानगर पनि प्रक्रियामा रहेको बेला हठात् शिलबन्दी भएको भन्दै असन्तोष ब्यक्त गरे ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.