logo

धार्मिक सदभावलाई कायम राख्ने सर्वपक्षीय सहमती, महानगरको नेतृत्वमा सदभाव र्याली हुने

 इसीमाना सम्वाददाता     २०८० असोज ७ गते ०५: २१ मा प्रकाशित     1971   पटक पढिएको

वीरगन्ज । धार्मिक सदभावलाई कायम राख्नकालागि बीरगंजमा आइतवार सम्पन्न सर्वपक्षीय बैठकले सहमती कायम गरेको छ ।


जिल्ला प्रशासन कार्यालय पर्साममा आइतबार बसेको सर्वपक्षीय बैठकले यस्तो सहमति गरेको हो । सहमति पत्रमा राजनीतिक दल , नागरिक समाज, विभिन्न धार्मिक समुदायका अगुवा लगायतकाले हस्ताक्षर गरेका छन् ।

 

नेपालको बहुजातीय, बहुभाषिक ,बहुधार्मिक बिविधतानै नेपाली बिशेषता भएको तथ्यपूर्ण गरिमालाई सम्मान गर्न समेत बैठकले अपिल गरेको छ । बैठकले बिविधता वीचको एकता सामाजिक सास्कृतिक ऐक्यवद्धता सहिष्णुता र सदभावलाई प्रर्वद्धन र सम्बर्धन गर्न सवैमा आग्रह गरेको छ ।


बैठकले शान्ति अमन चयनमा खलल पुर्याउने खालका धार्मिक एंव सामुदायिक प्रकारका र्याली , जुलुश , प्रदर्शन वा बन्द हडतालको कार्यक्रम वा गतिविधि कुनैपनि समुदाय र संघसंस्थाले नगर्ने गरि सहमति कायम गरिएको बैठकमा सहभागी जसपाका जिल्ला सचिव तबरेज अहमदले जानकारी दिए ।

पर्साका निमित्त प्रमुख जिल्ला अधिकारी शिव लम्सालको अध्यक्षतामा बसेको बैठकमा जिल्ला समन्वय समिति पर्साका अध्यक्ष अजय सर्र्राफ , वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह,उपमेयर इम्तियाज आलम , पर्साका प्रहरी उपरीक्षक कोमल शाह ,नेपाली कांग्रेस पर्साका उपसभापति रामनारायण कुर्मी , प्रवक्ता रमेश पाण्डे , जसपा पर्साका अध्यक्ष रामनरेश यादव , सचिव तबरेज अहमद, महानगर अध्यक्ष इश्वरचन्द्र यादव , नेकपा एमाले पर्साका संयोजक डाक्टर विश्वम्भर शर्मा, नेकपा एकिकृत समाजवादीका महानगर अध्यक्ष मनोज चौधरी , जनमत पार्टीका पर्सा संयोजक ओमप्रकाश सर्राफ , नेता शशीकपुर मियाँ , हिन्दुवादी नेता रन्जित साह , ओमप्रकाश गुप्ता , नेशनल मेडिकल कलेजका प्रबन्ध निर्देशक बसरुद्धिन अन्सारी , जगरनाथपुर गाँउपालिकाका पूर्व अध्यक्ष जालिम मियाँ मन्सुरी लगायतको सहभागीता रहेको थियो थियो ।

यसैवीच बीरगंज महानगरपालिकाको आव्हानमा वीरगञ्जमा धार्मिक सदभाव र्‍याली निकाल्ने तयारी गरिएको छ । वीरगञ्ज महानगरपालिकाले एक सूचना जारी गर्दै सोमबार विहान ११ बजे सदभाव र्‍याली निकाल्ने जनाएको हो।

वीरगञ्जको आर्दशनगरमा रहेको स्वीमिङ्गपुलबाट सदभाव र्‍याली निकाल्ने वीरगञ्ज महानगर पालिकाको सूचनामा भनिएको छ । महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेलद्वारा जारी सूचनामा भनिएको छ – ‘सोमबार सदभाव र्‍याली महानगरको तयारी,विहान १०ः३० बजे सबैजना कर्मचारीहरु पनि आउनुहोला ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.