logo

मृत महिलामा कोरोना भाइरसको संक्रमण पुष्टि, पर्सामा २१ जना संक्रमीत थपिए

      8/10/2020 गते 00 00 मा प्रकाशित     972   पटक पढिएको

बीरगंज महानगरपालिका वडा नं १५ भेडियाही निवासी ४५ वर्षिय महिलामा मृत्यु  पश्चात कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 

महिलाको नारायणी अस्थायी कोभिड विशेष अस्पताल गण्डकमा उपचारको क्रममा आइतवार मृत्यु भएको अस्पतालका इन्चार्ज डा. उदय नारायण सिंहले बताउनु भयो  ।

 

महिलामा मृत्युपछि कोरोना सङ्क्रमण पुष्टि भएको हो । उनको मृत्यु पश्चात कोरोना परिक्षणका लागि स्वाब जम्मा गरेर नारायणी अस्पतालको प्रयोशाला पठाईएको थियो । सोमबार नारायणी अस्पतालकको प्रयोगशालाले सार्वजनिक गरेको परिक्षण रिपोर्टमा कोरोना संक्रमण पुष्टि भएको हो  ।

उच्च रक्तचाप र हाइपोथाइराइडबाट सङ्क्रमित महिलालाई कोरोनाको शङ्कामा आइतबार गण्डक अस्पतालमा भर्ना गरिएको थियो ।अस्पतालको आइसीयु कक्षमा उपचार गर्दा गर्दै उहाँको मृत्यु भएको डा. सिंहले बताउनु भयो  

। 
मृत महिलामा कोरोना संक्रमणको पुष्टि संगै थप २१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।  वीरगञ्जस्थित नारायणी अस्पतालको पिसिआर प्रयोशालाले सोमबार सार्वजनिक गरेको विवरण अनुसार ६ महिलासहित २२ जना नयाँ कोरोना सङ्क्रमित थपिएका हुन् ।


१८ देखी ५० वर्ष उमेर समुहका ब्यक्तिहरु संक्रमीत भएका छन । थपिएका सङ्क्रमितमा पोखरिया अस्त्पालमा कार्यरत एक २५ वर्षीय चिक्तिसक रहेका छन् भने २२ र २३ वर्षका दुई जना अन्य स्वास्थ्यकर्मी रहेका छन । त्यसैगरी बारा जिल्ला घर भइ नारायणी अस्पतालमा मेडिकल वार्डमा कार्यरत २० वर्षीय महिला स्वास्थ्यकर्मी पनि सङ्क्रमित भएकी छन् ।

पोखरीया नगरपालिका वडा नं १ का वडा अध्यक्ष बंका राउत कुर्मीलाई पनि कोरोना सङ्क्रमण पुष्टि भएको छ ।बारामा रहेको औषधी उद्योग म्यागनस फर्मामा कार्यरत तिन कर्मचारीलाई पनि कोरोना सङ्क्रमण भएको । 

 

पर्सामा मात्रै सङ्क्रमितहरुको संख्या १ हजार भन्दा माथि काटेको छ । आज थपिएका २२ सङ्क्रमितलाई मिलाएर पर्सामा अब १ हजार ४० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको तथ्याङ्कले देखाएको छ । त्यसैगरी हालसम्म  २२ जनाले कोरोना सङ्क्रमणबाट ज्यान गुमाएका छन् ।

 

सङ्क्रमणबाट मृत्यु हुनेमा दुई जना भारतीय, एक जना वेवारिसेसमेत छन् । श्यसाउन महिनामा मात्र  पर्सामा १८ जनाको सङ्क्रमणबाट मृत्यु भएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

१२ वर्षिय  यादव सात दिन देखी बेपत्ता, खोजीकालागि प्रहरीमा निवेदन

बर्दिवास । आफनो १२ वर्षिय छोरा सात दिन देखी सम्पर्क बिहिन भएपछि एक दम्पतीले खोजी गर्न प्रहरीलाई गुहार लगाएको छ ।

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.