logo

नागरिक समाजको अपिल, अराजकता होइन अनुशासनमा बसौ, आक्रोश र आवेग होइन संयता र समन्वय गरौ 

      8/10/2020 गते 00 00 मा प्रकाशित     1256   पटक पढिएको

बीरगंजको नागरिक समाजले कोरोना संक्रमणको रोकथाम र नियन्त्रणकालागि सरकारले  जारी गरेको निर्देशन पालना गर्न आम नागरिकमा अपिल गरेको छ ।

 

समाजका संयोजक डा. दिपक शाक्यद्वारा हस्ताक्षरीत बिज्ञप्तिमा अनावश्यक पमा  घर बाहिर ननिस्कन, कुप्रचार र होहल्लाको पछि नलाग्न,  निराशाजनक अभिव्यक्ति  सम्प्रेषण नगर्न,कसैलाइ अनावश्यक दोषारोपण नगर्न,धैर्य भइ बस्न तथा आफु र आफ्नो परिवारको शारिरिक एवं मानसिक स्वास्थ्य समेतको ख्याल गरि स्वास्थ सुरक्षाका उपायहरु अबलम्बन गरी संयमित रहन सबै सर्वसाधारणमा विन्रमतापुर्वक आग्रह गरिएको ।

 

बिज्ञप्तिमा कोरोना भाइरसको संक्रमण  समुदाय स्तरमानै पुगिसकेको यो अवस्थामा  आमसर्वसाधारणलाइ जोगाउन अग्रपंतिमा रहेर २४ सै घण्टा कर्मभुमिमा क्रियाशिल चिकित्सक, स्वास्थकर्मी, सुरक्षाकर्मी, लगायत सबैसबै प्रति उच्च सम्मान व्यक्त गर्दै, उच्च मनोवलका साथ काम गर्न विनम्र अनुरोध गर्दछौ भनिएको छ। 


समाजले हामी,कोरानका कारण मृत्युवरण गरेका सबै प्रति भावपुर्ण श्रदान्जली व्यक्त गर्दै, संक्रमित सबैको शिघ्रस्वास्थ लाभको कामना गरेको छ । समाजले साउन२५ गते नारायणी अस्पतालमा घटेको घटना प्रति खेद र निन्दा व्यक्त गर्दै  भविष्यमा यस्ता कानून विपरितका गतिविधि नगर्न सम्पुर्ण नागरिकमा अपिल गरेको छ । 


समाजले यो चुनौतीपूर्ण घडीमा  नागरिक समाजका प्रतिनिधिहरु सबै पक्ष सँग सकारात्मक कामका निम्ती सहयोग र समन्वय गर्न तत्पर रहेको बताएको छ । समाजले सघ ,प्रदेश तथा स्थानीय सरकारलाई  आउने दिनमा काम गर्नकालागि बूदागत सुझाव समेत दिएको छ । 


१    जन्मदेखीनै निशर्त उपभोग गर्न पाउने जिवन सँग जोडिएको स्वास्थ सेवाको नैसर्गिक अधिकारको रक्षार्थ आजै देखी सबै सरकारी तथा नीजि अस्पतालले सुरक्षा सर्तकताकाको उचित व्यवस्था गरी ९परिक्षणबाट कोभिड पोजेटिभ देखिने विमारीलाइ कोभिड अस्पतालमा रिफेर गर्ने प्रणालीको विकास गरी० निर्बाध रुपमा स्वास्थ उपचार हुने  गर्नेव्यवस्था गर्न ।


२      नारायणी अस्पताललाइ सबै दृष्टीकोणले थप प्रभावकारी व्यवस्थापनका साथ तत्कालै जनरल अस्पतालको रुपमा संचालनमा ल्याउन ।  


२      कोभिड १९ नियन्त्रणका सन्दर्भमा तिनै तहका सरकारहरुका विचमा आवश्यक समन्वय गर्न । 


४    अस्पताल लगायत मानिसहरुको आवगमनरभिडभाड हुने सार्वजनिक स्थलहरुमा समय समयमा डिसइन्फेक्सन गर्न ।  
५    एम्बुलेन्स सेवालाइ प्रभावकारी बनाउन । 


६      मृत्यु पश्चात आफनो धर्म र सांस्कृति बमोजिम दाहसंस्कार गर्न पाउने अधिकारलाइ स्मरण गर्न र र स्थानीय नागरिकलाई मृत शरिरको दाहसंस्कारमा रोकछेक र अबरोध नगर्ने वतावरण बनाउन । 


७    सिमानाकाबाट मानिसहरू भित्रिरहेको अवस्थाले जोखिम बढीरहने भएकाले निर्बाधरुपमा भइरहेको  आवत जावत रोक्न र अति आवश्यक कामले नेपाल प्रवेश गर्ने व्यक्तीलाइ तोकिएको अबधी क्वारिन्टिनमा राख्न । 


८    लकडाउन खुल्नासाथ पुनः गरिएको अनिश्चित कालिन निषेधज्ञाका कारण दैनिक ज्याला मजदुरी गरेर गुजारा चलाउने, बिपन्न, भूमिहीन, गरिब र कमजोर परिवार भोकभोकै मर्ने अवस्थामा पुगिसेकेका हुँदा त्यस्ता कमजोर र संकटासन्न व्यक्तिको जीवन रक्षाका लागि तत्कालै बिशेष राहत उपलब्ध गराउन । 


९    दैनिक उपभोग्य सामग्रीकोउत्पादन र आपुर्तिको सहज व्यवस्थापन गर्न ।


 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

१२ वर्षिय  यादव सात दिन देखी बेपत्ता, खोजीकालागि प्रहरीमा निवेदन

बर्दिवास । आफनो १२ वर्षिय छोरा सात दिन देखी सम्पर्क बिहिन भएपछि एक दम्पतीले खोजी गर्न प्रहरीलाई गुहार लगाएको छ ।

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.