logo

बर्दिवासमा मधेशको सुरक्षाको बिषयमा गम्भिर छलफल, जनप्रतिनिधिका गतिविधधि सुरक्षा चुनौती

 इसीमाना सम्वाददाता     २०८० असोज १७ गते ०२: १७ मा प्रकाशित     684   पटक पढिएको

बर्दिबास । स्थानीयतहका जनप्रतिनिधिहरुको बेमेल र अयोग्यताका कारण उत्पन्न असहज अवस्था मधेशको शान्ति सुरक्षाकोलागि चुनौती बनेको मधेशका प्रशासकहरुले गृहमंत्री संमक्ष बताएका छन ।

 

बुधवार मधेश प्रदेशको सुरक्षा चुनौतीबारे बर्दियाबासमा भइरहेको अन्तर्क्रियामा उनीहरुले यस्तो रिपोर्टिङ गरेका हुन । स्थानीय तहका प्रतिनिधिहरुले पूर्वाग्रहपूर्ण रुपमा कार्यसम्पादन गर्ने बिधिको बर्खिलाफ गर्ने गरेकोले समाजिक शान्तिमा असुर परेको उनीहरुले उल्लेख गरेका छन ।

अन्तर्क्रियामा उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठसहित मधेश प्रदेशका आठैवटा जिल्लाका प्रमुख जिल्ला अधिकारी र सबै सुरक्षा निकायका प्रमुखहरु सहभागी छन् ।

 

प्रमुख जिल्ला अधिकारीहरुले र सुरक्षा निकायका प्रमुखहरूले आ(आफ्नो जिल्लाको अवस्थाबारे रिपोर्टिङ गरिसकेपछि उपप्रधानमन्त्री श्रेष्ठले आवश्यक सुझाव र निर्देशन दिनेछन् ।

 

प्रमुख जिल्ला अधिकारीहरूले प्रदेशका कतिपय ठाउँमा धार्मिक सद्भाव बिथोल्ने तत्वहरू सक्रिय रहेको समेत रिपोर्टिङ गरेका छन । मिटरब्याज नियन्त्रणकोलागि स्थानीय प्रशासनलाई आयोग बनाएर नै नियन्त्रणको काम गर्न सरकारले निर्देश गरेपनि स्थानीय प्रशासनले सक्षमता पूर्वक यो काम गर्न सकेको छैन ।

 

कतिपय जिल्लामा स्थानीय प्रशासन नै मिटरब्यजीहरुको मतियार बनेको समाचार सार्वजनीक भइरहेको बेलामा बर्दिवासमा भने प्रशासकहरुले मिटरब्याज नियन्त्रण कानुन र आयोग बने पनि त्यसलाई निरुपण गर्ने सन्दर्भमा वाधाव्यवधान खडा गर्न खोजिएको रिर्पोटिङ गरेका छन ।

 

प्रमुख जिल्ला अधिकारीहरुले मिटरब्याजी नियन्त्रणमा आफूहरुले सक्षमता पूर्वक कार्यसम्पादन गर्न नसकेको र त्यसको दोष अन्यत्र देखाएर आफूलाई चोखो देखाउन यस्तो रिर्पोटिङ भएको स्रोतको दावी छ ।


सामाजिक संजालमा आउने कतिपय सामग्रीले उत्तेजना बढाउन खोजेको लगायतका समस्याबारे गृहमंत्रीलाई जानकारी गराएको स्रोतले जनायो ।

मधेशमा रहेको प्रहरी संगठनका दुबै संरचानाले अनधिकृत कारोवारको लाइन नै दिएको बेलामा प्रहरी प्रमुखहरुले त्यही अवैध ओसार पसार समेतलाई सुरक्षा ब्यवधानको रुपमा प्रस्तुत गरेका छन ।

 

यत्रो जनशक्तिको परिचानलन शान्ति सुब्यवस्था निर्माणकालागि हो त्यही कुरा कुनै कोणबाट पनि सन्तोषजनक नभएको रिर्पोटिङ प्रस्तुत गरेर सुरक्षा निकाय र स्थानीय प्रशासकहरुले आफनो असक्षमता प्रर्दर्शित गरेको स्रोतको बिश्लेषण छ ।

भारतमा चुनाव नजिकिएकाले सीमा क्षेत्रमा तनाव बढ्नसक्ने , भारतीय गाडीको प्रयोगले समेत सुरक्षा व्यवधान खडा गर्न सक्ने सम्भावनासमेत उनीहरुले औंल्याएका छन् ।


अन्तर्क्रियामा गृह मन्त्रालयका सचिव, प्रवक्ता, नेपाल प्रहरी र सशस्त्र प्रहरीका आईजी, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, नेपाली सेनाका अधिकारी लगायत सहभागी छन् ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.