logo

आत्मबिश्वास बढाउनकालागि प्रशिक्षणको आयोजना, बिद्यार्थीले लाभ लिने बीरगंज कलेजको बिश्वास

 इसीमाना सम्वाददाता     २०८० असोज २० गते ०९: ०३ मा प्रकाशित     1364   पटक पढिएको

बीरगंज । वीरगंज कलेजले ११ कक्षामा भर्ना भएका बिद्यर्थीहरुकालागि दुई दिने पर्सनालीटी डाईनामिक्स तालीम शनिवारदेखी बीरगंजको होटेल भिषूवामा शुरु गरेको छ ।

May be an image of 8 people, dais and text that says '9855026705 BIRGUNJ COLLEGE & Welcome Grade Persona Dynamics Training 2080-06-20 2080-06-21 Education, Journalism, CA&AT bigno R +2 7-9855032037 BBS'

तालिम कलेजको संचालक समिति अध्यक्ष डा. दिपेन्द्र कुमार चौधरीको अध्यक्षतामा भएको थियो । , कार्यक्रममा कलेज प्रमुख बिनोद कुमार गुप्ता, प्रशासन प्रमुख सुरेश प्रसाद चौधरी, वीरगंज महानगरपालिकाको शिक्षा शाखा प्रमुख अरबिन्द लाल कार्ण, कलेजका सहायक प्रमुख रुदल ठाकुर, कोडिनेटर राजेश्वर चौधरी, इसीए कोडिनेटर मनोज बर्णवाल, परीक्षा कोडिनेटर धर्मेन्द्र जयसवाल, बिबिएस इन्चार्ज दिपेशलाल दास लगायतका शिक्षकहरुको सहभागिता रहेको थियो ।

May be an image of 1 person, dais and text

कार्यक्रममा संचालक समितिका अध्यक्ष डा. दिपेन्द्र कुमार चौधरी, कलेज प्रमुख बिनेद गुप्ता, कलेजका शिक्षक संदिप साह तथा उत्प्रेरक वक्ता उज्जवल घिमिरेज्यूले विभिन्न बिषयमा प्रशिक्षण दिएका थिए । प्रशिक्षण भोली सम्म संचालन हुने डा.चौधरीले जानकारी दिए ।

May be an image of 1 person, dais and text that says ''म पनि बोल्न सक्छु' 'I Can Also Speak' Training Session Sandeep Raj Sah Trainer) Birgunj college(BCPL) (BCPL)'

यस अघि बीरगंज उधोग बाणिज्य संघका अध्यक्ष अनिल अग्रवालले तालीको दीप प्रज्वलन गरि उद्धघाटन गरेका थिए । उनले आजको युवा पुस्ताले भोलीकोलागि ज्ञानप्राप्तिमा परिश्रम गर्न आवश्यक रहेको बताएका थिए ।

May be an image of 1 person, table, lighting, tablecloth, dais and buffet

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य के.सी.लामिछानेले सफल हुनकालागि चिन्तन सहितको अध्ययनको आवश्यकता रहेकोमा जोड दिए । उनले सफल जीवनकालागि उच्च नैतीकबल आवश्यक रहेको बताए ।

May be an image of 12 people, costume and text

उनले बिद्यार्थीलाई आफनो रुची अनुसारको अध्ययनकालागि प्रेरित गरे । राम्रो अंक ल्याउने वा उच्च स्थान प्राप्त गर्ने दवावमा नरहन आग्रह गरे ।


कार्यक्रममा वीरगंज उधोग संघका वरिष्ठ उपाअध्यक्ष हरी गैतम, ठाकुर राम बहुमुखी क्याम्पसका पूर्व प्रमुख ललन दुवेदी, सौसभ सरार्फ , प्याब्सन वीरगंजका अध्यक्ष आलोक चौरसिया, प्याब्सन पर्साका उपा–अध्यक्ष शिव गुप्ता, गणितको चर्चित शिक्षक लालबाबु यादव, निरज पिटाकोटे, तुलसि भण्डारी, मनोज पटेल , मुस्कान श्रेष्ठ,जगत राई, प्रणय साह लगायतको सहभागिता रहेको थियो ।

May be an image of 3 people, people dancing, costume and text

कार्यक्रमले बिद्यार्थीरुमा आत्मवल बढने र भविष्यको बाटो कोर्नमा उनीहरुलाई सघाउने विश्वास कलेजको रहेको छ । कार्यक्रमको सहजिकरण कलेजका शिक्षक कृष्णा पासवाले गरेका थिए । कलेजका छात्राले स्वागत नृत्य प्रस्तुत गरेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.