logo

सुन र जाली नोटको अबैध कारोवारको संजालका मुख्य संचालक बाराका इल्ताफ  निजगढबाट पक्राउ

      8/13/2020 गते 00 00 मा प्रकाशित     1250   पटक पढिएको

१५ किलो नक्कली सुन प्रकरणका मुख्य ब्यक्ति बाराको प्रष्टोका हरपुरका स्थायी बासिन्दा इल्ताफ हुसेन अन्सारीलाई बिहिवार प्रहरीले बारको निजगढबाट पक्राउ गरेको छ ।

 

इल्ताफ बीरगंज महानगर वडा नं १३ राधेमाईमा पनि भब्य महल छ । उनको महलमा रातको समयमा भिआइपीहरुको आउजाउ हुने गरेको छिमेकीहरुले बताउने गरेका छन ।

 

उनको घरमा भिआइपीहरुको आउ जाउ पनि आफैमा शंकास्पद रहेको छ । साउन १३ गते कमलादीबाट बा.६च ५५१९ नम्बरको स्कोर्पियोबाट सुन र पेस्तोल सहितको झोला फ्याँकेर भागेका अन्सारी निजगढबाट पक्राउ परेका हुन्।

 

सुनसहित दुईवटा चाइनिज पेस्तोल पनि प्रहरीले बरामद गरेको थियो। सोही प्रकरणका मुख्य ब्यक्ति अन्सारीलाई  जिल्ला प्रहरी कार्यालय पर्सा र महानगरीय प्रहरी परिसरको प्रहरी टोलीले पक्राउ गरेको हो ।  

 

उक्त स्कोर्पियो अन्सारीको थियो। उनलाई काठमाडौं लगिएको छ।स्कार्पियो इनसाद हुसेन अन्सारी र कुल्साद बेगमको नाममा रहेको त्यसदिन यता महानगरीय प्रहरी परिसर र अपराध महाशाखाले उनलाई खोजी गरिरहेको थियो। फ्याकेर भागेको भनिएको सुन पनि पछि सुन्धारामा प्रहरीलाई बुझाएको पाइएको थियो।

 

 घटनामा संलग्न अन्य प्रहरी जवान प्रशन्न श्रेष्ठ, बहादुरसिंह कडायत, कौशल पटेल, देवानसिंह पटेल, विजय पटेल ,निलेश साखिया, कालिगढ मनिष मल्लिक र उमेश श्रेष्ठ प्रहरी हिरासतमा छन्।

 

प्रहरीले यसअघि ट्याक्सी ड्राइभरलाई पनि नियन्त्रणमा लिएको थियो। तर पछि उनको दोष नदेखिएपछि प्रहरीले छोडेको थियो।

अन्सारी पहिले पनि जाली नोट कारोबार गरेको आरोपमा पक्राउ परेका थिए।उनी २०६८ साल असार २८ गते बरामद भएको ५४ लाख ९५ हजार नक्कली भारतीय रुपैयाँका मुख्य कारोबारी थिए ।

 

त्यसपछि फरार उनलाई सीआईबीले २०७२ साल जेठमा पक्राउ गरेको थियो । उनको निकट सम्बन्ध ७ करोड ६७ लाख ९४ हजार भारतीय नक्कली नोटसहित समातिएका युनुस अन्सारीसँग पनि रहेको छ । 

 

ट्याक्सी ड्राइभरलाई पनि नियन्त्रणमा लिएको थियो। तर पछि उनको दोष नदेखिएपछि प्रहरीले छोडेको थियो।अन्सारी पहिले पनि जाली नोट कारोबार गरेको आरोपमा पक्राउ परेका थिए।उनी २०६८ साल असार २८ गते बरामद भएको ५४ लाख ९५ हजार नक्कली भारतीय रुपैयाँका मुख्य कारोबारी थिए ।

 

त्यसपछि फरार उनलाई सीआईबीले २०७२ साल जेठमा पक्राउ गरेको थियो । उनको निकट सम्बन्ध ७ करोड ६७ लाख ९४ हजार भारतीय नक्कली नोटसहित समातिएका युनुस अन्सारीसँग पनि रहेको छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

१२ वर्षिय  यादव सात दिन देखी बेपत्ता, खोजीकालागि प्रहरीमा निवेदन

बर्दिवास । आफनो १२ वर्षिय छोरा सात दिन देखी सम्पर्क बिहिन भएपछि एक दम्पतीले खोजी गर्न प्रहरीलाई गुहार लगाएको छ ।

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.