logo

२० प्रतिशत बेडमा कोभिड बिरामी उपचार गर्ने सरकारी नीति लागू गराउन नागरिक समाजको माँग

      8/15/2020 गते 00 00 मा प्रकाशित     1323   पटक पढिएको


बीरगंजको नागरिक समाजले बीरगंजमा रहेका सबै अस्पतालहरुमा  नेपाल सरकारको निर्णय बमोजीम २० प्रतिशत बेड कोरोना भाइरसबाट संक्रमीत बिरामीको उपचारकालागि छुट्ट्याएर  बिरामीको निर्वाध उपचारको ब्यवस्था मिलाउन पर्साका प्रमुख जिल्ला अधिकारी आशमान तमाङको ध्यानाकर्षण गराएको छ । 

 


उहाँकै कार्यकक्षमा पुगी नागरिक समाजका प्रतिनिधिहरुले ध्यानाकर्षण पत्र बुझाउदै यस्तो माँग गरेका हुन । जिल्ला संकट ब्यवस्थापन केन्द्रले साउन २३ गते नेशनल मेडिकल कलेज शिक्षण अस्पतालको ३ सय बेडमा कोभिड संक्रमीतको उपचारकोलागि केन्द्रीय सीसीएमसीमा पठाएकोमा सीसीएमसीले समेत सो अनुसारको प्रयोग उपयुक्त हुने भनेकोले यो निर्णयको कार्यान्वयनकोलागि पनि समाजले आग्रह गरेको छ । 


कोभिड संक्रमणको चेन ब्रेककालागि ट्रेकिङ, ट्रेसिङ र टेस्टिङ आवश्यक रहेकोले महानगरसंग मिलेर एक घर एक पिसीआर परिक्षणलाई अगाढि बढाउन समेत समाजले प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएको छ ।

 

समाजले नारायणी अस्पताललाई जनरल अस्पतालको रुपमा संचालन गर्न , कोभिड सम्बन्धमा दिन एक पटक आधिकारी सूचना प्रवाहकालागि ब्यवस्था मिलाउन, ५ सय बेडको कोभिड अस्पताल निर्माणकालागि संघ तथा प्रदेश संग पहल गर्न  समेत समाजले ध्यानकर्षण गराएको अधिवक्ता कमल मोहन पोख्रेलले जानकारी दिनु भयो । 


समाजका संयोजक डा.दीपक शाक्यको नेतृत्वमा गएको नागरि समाजको टोलीले  होम आइसोलेशनमा रहेकाहरुले त्य सम्बन्धी मापदण्ड पालना गरेको नपाइएकोले अनुगमन बढाउन , कोरोना कारण मृत्यु भएपनि आफनो धर्म परम्परा अनुसार अन्ति संस्कार गर्ने कुरालाई सम्मान गर्न ,सीमा नाकाबाट भइरहेको प्रवेशलाई नियन्त्रण गर्न  समेत समाजले प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएको छ । समाजले दैनीक ज्याला मजदुरी गरेर जीवन निर्वाह गर्नेहरुलाई राहत उपलब्ध गराउन समेत माँग गरेको छ । 

 

    साथसाथै,कोरोना भाईरस (कोभिड – १९) को संक्रमणलाई रोक्न सरकारले जारी गरेका निर्देशनको पालना गर्न, अनावश्यक घर बाहिर ननिस्कन, कुप्रचार र होहल्लाको पछि नलाग्न,  निराशाजनक अभिव्यक्ती सम्प्रेषण नगर्न, कसैलाइ अनावश्यक दोषारोपण नगर्न,धैर्य भइ बस्न तथा आफु र आफ्नो परिवारको शारिरिक एवं मानसिक स्वास्थ्य समेतको ख्याल गरि स्वास्थ सुरक्षाका उपायहरु अबलम्बन गर्न, संयमित रहन  आम नागरिक  सर्वसाधारणलाइ विभिन्न माध्यमबाट सूचना सम्प्रेषण गर्न  पनि समाजले प्रमुख जिल्ला अधिकारीलाई आग्रह गरेको छ ।  

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

१२ वर्षिय  यादव सात दिन देखी बेपत्ता, खोजीकालागि प्रहरीमा निवेदन

बर्दिवास । आफनो १२ वर्षिय छोरा सात दिन देखी सम्पर्क बिहिन भएपछि एक दम्पतीले खोजी गर्न प्रहरीलाई गुहार लगाएको छ ।

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.