logo

स्वर्णकार हत्या प्रकरण, अभियुक्तहरु सार्वजनीक,प्रेम सम्बन्ध नै हत्याको कारण

 इसीमाना सम्वाददाता     २०८० कार्तिक १५ गते १६: ३९ मा प्रकाशित     721   पटक पढिएको

कलैया । रुपेश स्वर्णकारको हत्यामा संलग्नहरु लाई बारा प्रहरीले बुधवार सार्वजनीक गरेको छ । प्रहरीले उनीहरुको तस्विर मात्र सार्वजनीक गरेकोमा पत्रकारले भौतीक रुपमा सार्वजनीक गर्न दवाव दिएपछि प्रहरीले उनीहरुलाई सार्वजनीक गरेको हो । प्रहरीले हत्या अभियोग लागेका ५ जनालाई मात्र सार्वजनीक गरको छ ।

 


सार्वजनिक गरिएकामा कलैया उपमहानगरपालिका वडा नं ६ मदर्शाटोलकी २२ वर्षिय राधा गुप्ता, भारत बिहारको घोडा सहनका २३ वर्षिय चन्द यादव, घोडासहनकै २३ वर्षिय अभिनब कुमार सिह, कलैया उपमहानगरपालिकाको वडा नं ६ का ३४ वर्षिय जामिल अख्तर, वडा नं ९ का २६ वर्षिय रियाज अन्सारी रहेका छन ।

 

पक्राउ परेकी राधा गुप्ता तीन वर्ष देखि भारत बिहार छौडादानो निवासी मनोज गुप्तासँगको प्रेममा थिइन । अहिले सरार्फसँग पनि प्रेम सम्बन्धमा रहेको प्रहरीले सार्वजनीक गरेको छ । यही सम्बन्धनै सर्राफको मृत्युको कारण बनेको प्रहरी निरक्यौल गरेको छ ।


राधाले सर्राफको बिद्यालय बाल एकता बोर्डिङमा काम गर्न थालेपछि उनीहरुवीच प्रम सम्बन्ध बनेको थियो ।

 

यो सम्बन्धको बारेमा जानकारी पाएका गुप्ताका परिवार र उनका भारत तर्फका प्रेमी मनोज गुप्ताको जोड बलमै सात महिना अगाडि उनले बिद्यालयको जागिर छोडनु परेको थियो । सर्राफसंगको सम्बन्ध तोड्नकालागि गरिएको यो प्रयास सफल भने भएन ।

 

राधा र रुपेश वीचको सम्बन्ध बाक्लिदै गएको रिसमा मनोजले हत्याको योजना बनाएर त्यसलाई कार्यान्वयन गरेको बाराका प्रहरी उपरीक्षक सुरेश काफ्लेले बताए ।

 गत सोमबार दिउँसो सर्राफमाथि कलैया उपमहानगरपालिकाको वाड नं ६ मदर्शाटोल नजिक गोली प्रहार भएको थियो। गोली लागेर घाइते भएका सराफको वीरगन्जस्थित वयोधा अस्पतालमा उपचारकोलागि भर्ना गरिएको थियो । कलैया ६ का ३५ वर्षीय सर्राफको उपचारको क्रममा सोही दिन निधन भएको थियो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.