logo

सर्राफ हत्या प्रकरण, अनुसन्धानमाथि प्रश्न, बाराका प्रजिअले अभिब्यक्ति सच्याए, नेपाल प्रहरीले के गर्छ

 इसीमाना सम्वाददाता     २०८० कार्तिक १७ गते ०८: ४५ मा प्रकाशित     629   पटक पढिएको

 कलैया । जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारीले रुपेश स्वर्णकार हत्या प्रकरणमा दिएका अभिव्यक्ति फिर्ता लिएका छन्। उनले सर्राफको चरित्रनै हत्याको कारण भएको अभिब्यक्ति दिएका थिए ।

शुक्रवार एक विज्ञप्ति जारि गर्दै प्रमुख जिल्ला अधिकारी सापकोटाले स्वर्णकारको हत्या सम्बन्धी आफुले दिएको अभिव्यक्तिलेबारा जिल्ला बासी माथि पर्न गएको दुःख लाई मध्यनजर गर्दै अभिव्यक्ति फिर्ता लिएको जनाएका हुन् ।


सापकोटाले स्वर्णकारको हत्या उनको आफ्नै आचरणको कारण भएको बताएका थिए । उनको अभिब्यक्तिको मात्र होइन बिवाह पछिको प्रेम सम्बन्धका कारण सर्राफको हत्या भएको कुरा आमसंचार माध्यमले सार्वजनीक गरेका थिए । सर्राफको परिवारले प्रेम सम्बन्ध हत्याको कारण नभई बदनाम गराइएको भन्दै आपत्ती जनाएका थिए ।

नेपाल प्रहरीको आधिकारीक सामाजिक संजाल फेशबुक पेजमा समेत बिवाहेतर प्रेम सम्बन्ध र रिसइवीका कारण हत्या भएको उल्लेख गरिएको छ । यद्धपी प्रहरीले अनुसन्धान जारी रहेको जनाएको छ ।

 

प्रहरीस्रोतलाई कोट गरिएर सार्वजकिन भएका शुक्रवारका केही समाचारमा समेत त्रिपक्षीय प्रेमको काहानीका कुरा आएका छन । प्रहरीको अनुसन्धान र हत्या आरोपमा समातिएकाहरुको प्रारम्भिक बयानलाई पनि आधार मान्दा हत्याको अर्को कुनै कारण छ भन्ने कुरा स्थापित भएको छैन । परिवारले प्रेम सम्बन्ध हत्याको कारण होइन यो बदनाम गर्ने प्रपञ्च भन्दै आएको छ ।


सर्राफको हत्या अभियोग लागेका केहीलाई प्रहरीले सार्वजनीक गरेको छ । त्यसमध्यकी राधा गुप्तालाई प्रहरीले मुख्य योजनाकार भएको भन्दै प्रस्तुत गरेको छ ।

 

प्रहरीले राधा गुप्तालाई मुख्य योजनाकारको रुपमा प्रस्तुत गरेर अन्य, प्रहरीको नियन्त्रणमा आइनसकेका अभियुक्तहरुको पहिचानका बारेमा सार्वजनीक गरेर अपरिपक्वव ब्यवहार प्रदर्शीत गरेको छ । प्रहरीको यो केटाकेटीपनका कारण आरोपीहरु उम्किन मद्धत मिलेको छ । अनुसन्धानलाई “डिसक्लोज” गरेर प्रहरी, आरोपीहरुको सहयोगी बनेको भन्दै आलोचना भइरहेको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.