logo

पत्रकार खडका सुवोध स्मृति फोटो पत्रकारिता पुरस्कारबाट पुरस्कृत

      8/17/2020 गते 00 00 मा प्रकाशित     980   पटक पढिएको

यसबर्षको सुवोध स्मृति फोटो पत्रकारिता पुरस्कार कविता खड्कालाई प्रदान गरिएको छ ।

 

वीरगंजबाट प्रकाशित हुने प्रतीक दैनिकको ३४ औं वार्षिकोत्सवको अवसरमा प्रत्येक वर्ष प्रदान गर्दै आएको सुबोध फोटो पत्रकारिता पुरस्कार यस वर्ष मध्यनेपाल सन्देश साप्ताहिकका सम्पादक कविता खडकालाई प्रदान गरिएको हो ।

 

प्रतीक दैनिकका प्रधानसम्पादक जगदीशप्रसाद शर्माले २५ हजार रुपिया नगद पुरस्कारसहित, प्रमाणपत्र र दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो ।

 

वीरगन्जमा लामोसमयदेखि पत्रकारिता क्षेत्रमा आवद्ध रहनु भएकी  सम्मानित खड्का मध्य नेपाल सन्देश साप्तहिकको सम्पादक हुनुहुन्छ । महिलाहरुको मात्रै सहभागितामा संचालित मध्यनेपाल प्रेसको समेत संचालक रहनुभएकी खड्काले नारायणी एफ.एम.मा पनि काम गर्नु भएको थियो । उहाँको पत्रकारिता यात्रा नारायणी एफ.एम.बाटै शुरु भएको थियो ।

 

यसपटक कोरोनाको महामारीको समयमा जोखिम मोलेर अहोरात्र सेवा गर्ने स्वास्थ्यकर्मी, सफाइकर्मी, सुरक्षँकर्मी तथा सञ्चारकर्मीलाई सम्मान गरिएको प्रतीक दैनिकका प्रधानसम्पादक जगदीश प्रसाद शर्माले जानकारी दिनुभयो ।

 

स्वास्थ्यकर्मी प्रतिनिधिका रूपमा कालिका मेडिकल हलकी सञ्चालिका मीना बटाला, पत्रकार शेखर छतकुली, सामुदायिक सेवा केन्द्र मुर्लीका प्रहरी सहायक निरीक्षक इनाकुमारी बडाल, प्रहरी जवान रविकुमार सिंह, फन एन्ड फनका बृजेश अग्रवाल, क्षीरसागर स्वीट्सका सुबोध सिंहलाई सम्मान गरिएको छ ।

 

 

वार्षिकोत्सवमा टोलमा सरसफाई गर्दै आएका सफाइ नाइके अयोध्याप्रसाद तत्वासहित ६ जनालाई नगद पुरस्कार सहित सम्मान गरिएको थियो ।

 

यसैगरी वार्षिकोत्सवको अवसरमा पत्रिकाका सम्पादक शत्रुघ्न नेपाललाई नगद रु १० हजार र स्तम्भकार विनोद गुप्तालाई नगद  ५ हजारसहित प्रमाणपत्रद्वारा सम्मान गरिएको थियो । कार्यक्रमको सहजीकरण पत्रिकाका सम्पादक प्रताप श्रेष्ठले गर्नुभएको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

१२ वर्षिय  यादव सात दिन देखी बेपत्ता, खोजीकालागि प्रहरीमा निवेदन

बर्दिवास । आफनो १२ वर्षिय छोरा सात दिन देखी सम्पर्क बिहिन भएपछि एक दम्पतीले खोजी गर्न प्रहरीलाई गुहार लगाएको छ ।

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.