logo

भेडाह खोला गिट्टीबालुवा निकासी प्रकरण,महानगरको स्रोत दोहनको सेटिङ असफल,टेण्डर रद्ध हुने

      8/19/2020 गते 00 00 मा प्रकाशित     1148   पटक पढिएको

बीरगंज महानगरपालिकाले गिट्टी बालुवा निकासीकोलागि आव्हान गरेको टेण्डर बदर गर्ने भएको छ । सेटिङमा ठेक्का बन्दोबस्ती मिलाउन लागिएको अवस्थामा  बीरगंज महानगरपालिका नै टेण्डर बदर गर्ने जनाएको छ ।

 

मेयर बिजय कुमार सरावगीका राजनीतिक सल्लाहकार मुकेश द्विवेदीले सामाजिक संजलनमा एउटा स्टाटस लेखेर यस्तो जनाउ दिनु भएको छ । टेण्डर रद्ध गर्नकालागि महानगरको कार्यपालिकाको बोर्ड बैठकले निर्णय लिनु पर्छ ।


सम्पूर्ण प्रक्रिया पुरा गरेर आव्हान गरिएको टेण्डर बदर गर्न महानगरपालिकालाई पनि त्यती सजिलो भने छैन । सार्वजनीक सूचना प्रकाशन गरिएको छ । टेण्डरहरु बिक्री भएका छन । ७ वटा कम्पनीले प्रतिस्पर्धामा भाग लिएका छन ।

 

टेण्डरमा निर्धारण गरिएको न्यूनतम कवोल अंक भन्दा, बढी जसले बढी राजस्व बुझाउने प्रतिवद्धता जनाएको छ उसले ठेक्का सकार गर्न पाउने उसको अधिकारी हुन्छ नै ।

 

प्रक्रिया अनुसार बिक्री भएको टेण्डर आवश्यक प्रतिनिधिहरुको रोहवरमा आज खुलेको छ । निषेधाज्ञाको बेला सेना परिचालन भएको अवस्थामा कार्यालयहरु बिदामा हुदा समेत प्रक्रिया र सार्वजनीक खरिद ऐनको हवाला दिदै टेण्डर खोल्नु नै यसमा बदनियत देखिन्छ ।

 

सार्वजनीक बिदा परेको भोलीपल्ट भन्ने वक्याशं बोलपत्रमा लेखेर बिदाको दिन म्याद सकिने भएपनि त्यसको भोली पल्टलाई बैधता दिने प्रचलन छ । यो स्वास्थ्य महासंकटको बेला भदौ १३ गते सम्मकालागि महानगरको राजस्व शाखाले प्रतिक्षा गर्न नसकेको बिषय  आफनौ अनौठो छ । 
 

बीरगंज महानगरका सबै महाशाखा बन्द भएपनि आज राजस्व महाशाखा भने खुलेको थियो । बोलपत्रले सृजना गरेको बाध्यात्मक मापदण्डका कारण टेण्डर खोल्नु परेको महाशाखा प्रमुख रामदयाल यादव बताउनु हुन्छ । बोलपत्र खरिद गर्ने कम्पनीका प्रतिनिधि कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रतिनिधिको रोहवरमा टेण्डर खोलिएको उहाँले बताउनु भयो ।  सरस्वती निर्माण सेवाले ४१ लाख ९१ हजार रुपैया सबै भन्दी बढी रकम कवोल गरेको छ । 

 


गत आर्थिक वर्षको पछिल्लो ३ महिनामा त्यही भेडाह खोलालाई महानगरले ९१ लाख रुपैयामा ठेक्का लगाएको थियो । प्रदेश आर्थिक ऐनले प्रति घन फिट गिट्टी बालुवको निकासीमा ४ रुपैया राजस्व तोकेको छ । यस पटकको बोल पत्रमा २७ हजार घनमिटर अर्थात ९ लाख ५२ घनफिट गिट्टीबालुवा निकाल्ने स्वीकृति दिइएको छ ।

 

४ रुपैयाका दरले हुन आउने ३८ लाख १० हजार न्यूनतम कवोल अंक तोकिएको छ । यसको आधारमा महानगरले टेण्डर रद्ध गर्ने मनासिव कारण देखिदैन । तर यति नै परिमाणकालागि गत वर्ष र त्यो भन्दा अगाडिका आर्थिक वर्षमा सकार भएको ठेक्का रकम हेर्दा महानगरले अहिले ठेक्का रकमलाई सही सावित गर्न फलामको च्यूरा चपाउनु सरह हुने भएकोले महानगरको अगाडि टेण्टर रद्धको अर्को बिकल्प देखिदैन ।

 

राजस्व महाशाखा प्रमुख राम दयाल यादव पनि महानगर टेण्डर रद्धको दिशामा अगाडि बढेको बताउनु हुन्छ । गत वर्षको जति रकम नपरेकोले पनि महानगर टेण्डर बदर तर्फ जाने उहाँले बताउनु भयो । 

 


कोरोनाका कहरमा महानगर प्रमुख बिजय कुमार सरावगी , प्रमुख कार्यकारी प्रमुख प्रदीप निरौला ,स्वास्थ महाशाखा प्रमुख लगायत धेरै  जना ब्यक्तिहरु कोरोना संक्रमण परेर उपचार गराई रहनु भएको बेलामा महानगरको स्रोतको दोहनको तारताम्य सफल हुन पाएको छैन । 


केही कर्मचारी र महानगर भित्र केही जनप्रतिनिधि नै यो टेण्डर प्रक्रियालाई सफल बनाउने सेटिङमा लागेका थिए तर उनीहरुलाई सेटिङ बापतको प्रतिफल पचाउन भने हम्मे हम्मे पर्ने भएको छ । भोली यसलाई कानूनी चुनौती दिएर पनि महानगरको स्रोत दोहनमा नयाँ बाटा अख्तियारी हुन सक्ने अड्कल लगाइदै छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

१२ वर्षिय  यादव सात दिन देखी बेपत्ता, खोजीकालागि प्रहरीमा निवेदन

बर्दिवास । आफनो १२ वर्षिय छोरा सात दिन देखी सम्पर्क बिहिन भएपछि एक दम्पतीले खोजी गर्न प्रहरीलाई गुहार लगाएको छ ।

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.