logo

भेडाह खोला गिट्टीबालुवा निकासी प्रकरण,महानगरको स्रोत दोहनको सेटिङ असफल,टेण्डर रद्ध हुने

      8/19/2020 गते 00 00 मा प्रकाशित     1052   पटक पढिएको

बीरगंज महानगरपालिकाले गिट्टी बालुवा निकासीकोलागि आव्हान गरेको टेण्डर बदर गर्ने भएको छ । सेटिङमा ठेक्का बन्दोबस्ती मिलाउन लागिएको अवस्थामा  बीरगंज महानगरपालिका नै टेण्डर बदर गर्ने जनाएको छ ।

 

मेयर बिजय कुमार सरावगीका राजनीतिक सल्लाहकार मुकेश द्विवेदीले सामाजिक संजलनमा एउटा स्टाटस लेखेर यस्तो जनाउ दिनु भएको छ । टेण्डर रद्ध गर्नकालागि महानगरको कार्यपालिकाको बोर्ड बैठकले निर्णय लिनु पर्छ ।


सम्पूर्ण प्रक्रिया पुरा गरेर आव्हान गरिएको टेण्डर बदर गर्न महानगरपालिकालाई पनि त्यती सजिलो भने छैन । सार्वजनीक सूचना प्रकाशन गरिएको छ । टेण्डरहरु बिक्री भएका छन । ७ वटा कम्पनीले प्रतिस्पर्धामा भाग लिएका छन ।

 

टेण्डरमा निर्धारण गरिएको न्यूनतम कवोल अंक भन्दा, बढी जसले बढी राजस्व बुझाउने प्रतिवद्धता जनाएको छ उसले ठेक्का सकार गर्न पाउने उसको अधिकारी हुन्छ नै ।

 

प्रक्रिया अनुसार बिक्री भएको टेण्डर आवश्यक प्रतिनिधिहरुको रोहवरमा आज खुलेको छ । निषेधाज्ञाको बेला सेना परिचालन भएको अवस्थामा कार्यालयहरु बिदामा हुदा समेत प्रक्रिया र सार्वजनीक खरिद ऐनको हवाला दिदै टेण्डर खोल्नु नै यसमा बदनियत देखिन्छ ।

 

सार्वजनीक बिदा परेको भोलीपल्ट भन्ने वक्याशं बोलपत्रमा लेखेर बिदाको दिन म्याद सकिने भएपनि त्यसको भोली पल्टलाई बैधता दिने प्रचलन छ । यो स्वास्थ्य महासंकटको बेला भदौ १३ गते सम्मकालागि महानगरको राजस्व शाखाले प्रतिक्षा गर्न नसकेको बिषय  आफनौ अनौठो छ । 
 

बीरगंज महानगरका सबै महाशाखा बन्द भएपनि आज राजस्व महाशाखा भने खुलेको थियो । बोलपत्रले सृजना गरेको बाध्यात्मक मापदण्डका कारण टेण्डर खोल्नु परेको महाशाखा प्रमुख रामदयाल यादव बताउनु हुन्छ । बोलपत्र खरिद गर्ने कम्पनीका प्रतिनिधि कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रतिनिधिको रोहवरमा टेण्डर खोलिएको उहाँले बताउनु भयो ।  सरस्वती निर्माण सेवाले ४१ लाख ९१ हजार रुपैया सबै भन्दी बढी रकम कवोल गरेको छ । 

 


गत आर्थिक वर्षको पछिल्लो ३ महिनामा त्यही भेडाह खोलालाई महानगरले ९१ लाख रुपैयामा ठेक्का लगाएको थियो । प्रदेश आर्थिक ऐनले प्रति घन फिट गिट्टी बालुवको निकासीमा ४ रुपैया राजस्व तोकेको छ । यस पटकको बोल पत्रमा २७ हजार घनमिटर अर्थात ९ लाख ५२ घनफिट गिट्टीबालुवा निकाल्ने स्वीकृति दिइएको छ ।

 

४ रुपैयाका दरले हुन आउने ३८ लाख १० हजार न्यूनतम कवोल अंक तोकिएको छ । यसको आधारमा महानगरले टेण्डर रद्ध गर्ने मनासिव कारण देखिदैन । तर यति नै परिमाणकालागि गत वर्ष र त्यो भन्दा अगाडिका आर्थिक वर्षमा सकार भएको ठेक्का रकम हेर्दा महानगरले अहिले ठेक्का रकमलाई सही सावित गर्न फलामको च्यूरा चपाउनु सरह हुने भएकोले महानगरको अगाडि टेण्टर रद्धको अर्को बिकल्प देखिदैन ।

 

राजस्व महाशाखा प्रमुख राम दयाल यादव पनि महानगर टेण्डर रद्धको दिशामा अगाडि बढेको बताउनु हुन्छ । गत वर्षको जति रकम नपरेकोले पनि महानगर टेण्डर बदर तर्फ जाने उहाँले बताउनु भयो । 

 


कोरोनाका कहरमा महानगर प्रमुख बिजय कुमार सरावगी , प्रमुख कार्यकारी प्रमुख प्रदीप निरौला ,स्वास्थ महाशाखा प्रमुख लगायत धेरै  जना ब्यक्तिहरु कोरोना संक्रमण परेर उपचार गराई रहनु भएको बेलामा महानगरको स्रोतको दोहनको तारताम्य सफल हुन पाएको छैन । 


केही कर्मचारी र महानगर भित्र केही जनप्रतिनिधि नै यो टेण्डर प्रक्रियालाई सफल बनाउने सेटिङमा लागेका थिए तर उनीहरुलाई सेटिङ बापतको प्रतिफल पचाउन भने हम्मे हम्मे पर्ने भएको छ । भोली यसलाई कानूनी चुनौती दिएर पनि महानगरको स्रोत दोहनमा नयाँ बाटा अख्तियारी हुन सक्ने अड्कल लगाइदै छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.