logo

बीरगंजमा कोरोना संक्रमणका कारण थप तीनकोे मृत्यु, पर्साका मात्र ३६ कोे ज्यान गयो

      8/29/2020 गते 00 00 मा प्रकाशित     969   पटक पढिएको

वीरगञ्जमा थप २ जनाको कोरोनाबाट मृत्यु भएको छ । कोभिड अस्पतालमा उपचारको क्रममा उनीहरुको मृत्यु भएको हो 

मृत्यु हुनेमा वीरगञ्ज महानगरपालिका वडा नम्बर २२ मनियारीका ३७ वर्षीय पुरुष र वीरगञ्ज महानगरपालिका वडा नम्बर १२ मुर्लीका एक ४३ वर्षीय पुरुष रहेका छन् ।

वीरगञ्जको गण्डक बहुअरीस्थित वीरगञ्ज हेल्थ केयर अस्थायी कोभिड अस्पतालमा उपचाररत मनियारीका पुरुषको स्वास्थ्य अवस्थामा सुधार नआएपछि थप उपचारका लागि शुक्रबार राति १२ बजे काठमाण्डौ रिफर गरिएको थियो ।उनलाई काठमाण्डौ लैजाने क्रममा आज बिहान ४ बजे मुग्लीन पुग्दा मृत्यु भएको  नारायणी अस्पतालका प्रवक्ता डाक्टर अतुलेशकुमार चौरसीयाले जानकारी दिनु भयो  ।

 

निमोनियाको समस्या भएपछि उनलाइ चार दिन पहिले तराई हस्पिटलमा भर्ना गरिएको थियो । त्यही उनको स्वाब संकलन गरेर नारायणी अस्पतालको प्रयोगशालामा पीसीआर जाँच गर्दा उनमा कोरोना पुष्टि भएपछि शुक्रबार उनलाई वीरगञ्ज हेल्थ केयर कोभिड अस्पतालमा लगेर भर्ना गरिएको थियो ।

 

यस्तै वीरगञ्ज हेल्थ केयर कोभिड अस्पतालमै उपचारका क्रममा शुक्रबार राती करिब १२ बजे मुर्लीको पुरुषको मृत्यु भएको हो ।हेपाटाइटिस बी र एचआइभी एड्स संक्रमित रहेका ती पुरुषको स्वास्थ्यमा समस्या भएपछि तीन दिन पहिले नेशनल मेडिकल कलेजमा भर्ना गरिएको थियो।

 

मेडिकल कलेजमा उपचारकै क्रममा उनको स्वाब संकलन गरी पीसीआर परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएपछि शुक्रबार साँझ वीरगञ्ज हेल्थ केयर कोभिड अस्पतालमा रिफर गरिएको थियो । कोभिड अस्पतालमा उपचारका क्रममा उनको शुक्रबार राती १२ बजे मृत्यु भएको डाक्टर चौरसीयाले जानकारी दिनु भयो  ।

 

गएरती नै उपचारको क्रममा वीरगञ्ज–१२ मुर्ली की ६५ वर्षीया महिलाको मृत्यु भएको हो । उहाँको शुक्रवार पाँच बजे मृत्यु भएको डा उदयनारायण सिंहले जानकारी दिनु भयो । 

 

श्वासप्रश्वासमा समस्या भएपछि शुक्रबार दिउँसो २ बजेतिर नारायणी अस्पतालमा भर्ना भएकी महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो । न्युन रक्तचापको समस्याले ग्रसित उहाँलाई पखाला पनि लागेको थियो ।
 योसँगै वीरगञ्जमा कोरोना संक्रमणबाट मर्नेको संख्या ४८ जना पुगेको छ । पर्साका मात्रै ३६ जनाको कोरोनाबाट मृत्यु भएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

१२ वर्षिय  यादव सात दिन देखी बेपत्ता, खोजीकालागि प्रहरीमा निवेदन

बर्दिवास । आफनो १२ वर्षिय छोरा सात दिन देखी सम्पर्क बिहिन भएपछि एक दम्पतीले खोजी गर्न प्रहरीलाई गुहार लगाएको छ ।

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.