logo

मुख्यमंत्री राउतद्वारा स्व. सरावगीलाई भावपूर्ण श्रद्धाञ्जली अर्पण  

      8/31/2020 गते 00 00 मा प्रकाशित     1100   पटक पढिएको

प्रसिद्ध समाजसेवी चीरन्जीवीलाल सरावगीको निधन प्रति प्रदेश २ का मुख्यमंत्री लालबाबु राउतले दुःख ब्यक्त गर्नु भएको छ । सामाजिक संजाल माफर्त मुख्यमंत्री राउतले स्व. सरावगी प्रति श्रद्धाञ्जली ब्यक्त गर्नु भएको छ ।

 

 
नेपाल पत्रकार महासंघ प्रदेश २ का अध्यक्ष दीपेन्द्र चौहानले पनि एक शोक सन्देश जारी गर्दै स्व. सरावगी प्रति श्रद्धान्जली ब्यक्त गर्नु भएको छ । अध्यक्ष चौहानले स्व. सरावगीले पत्रकारितामा संलग्न भएर गर्नु भएको योगदानको समेत स्मरण गर्नु भएको ।

 

उहाँले सरावगीको अवसानले समाजले बिराट समाजसेवी गुमाउनु परेको उल्लेख गर्नु भएको छ । यसैगरि उपभोक्ता हित संरक्षण मंच प्रदेश २ का अध्यक्ष के.सी.लामिछानेले उपभोक्ताको हक र अधिकार प्रति सदैब चिन्तित रहने ब्यक्तित्वको अवसान भएको उल्लेख गर्नु भएको छ ।

 

समाजका बिभिन्न सरोरकार समुहमा रहेर समाजलाई नेतृत्व प्रदान गर्नु भएका सरावगीको अवसानले समाजलाई निकै ठुलो क्षती भएको उल्लेख गर्नु भएको छ । उहाँले सरवागी प्रति श्रद्धाञ्जली ब्यक्त गदैै शोक सन्तप्त परिवारजनमा समवेदना ब्यक्त गर्नु भएको छ ।

यसैवीच जनता समाजवादी पार्टी पर्साका अध्यक्ष राजेशमान सिंहले पनि एक शोक बिज्ञप्ति जारी गर्दै स्व.सरावगी प्रति श्रद्धाञ्जली अर्पण गर्नु भएको छ ।  बीरगंजका स्थापीत समाजसेवी स्व. सरावगीको असामयिक निधनले समाज र पार्टीले गम्भिर क्षती ब्यहोर्नु परेको उहाँले उल्लेख गर्नु भएको छ । उहाँले  दुःख को यो घडीमा परिवारजनमा धैर्य धारण गर्ने शक्ति मिलोस भन्नु भएको छ । 

 

यसैवीच नेपाल भारत सहयोग मंचका  महासचिव बालमुकुन्द खरेलले पनि सरावगीको अवसानले अपूरणीय क्षती पुगेको उल्लेख गर्नु भएको छ ।

 

नेपाल आदीवासी जनजाती पत्रकार महासंघ प्रदेश २ इन्चार्ज तथा प्रेस संगठन पर्साका संयोजक निरज पिठाकोटेले पनि शोक बक्तब्य जारी गर्दै सरावगीको असामयिक निधनको खबरले स्तब्ध बनाएको उल्लेख गर्नु भएको छ । 

 


बीरगंजको औधोगिक क्षेत्रको नेतृत्व ,मारवाडी परिषद र लायन्स क्लबको गर्भनर भएर समाजमा दिनु भएको योगदान चीरस्थायी रहने भन्दै मगरले भावपूर्ण श्रद्धाञ्जली ब्यक्त गर्नु भएको छ ।

 

नेत्रज्योति सघका महासचिव श्याम पोख्रेलले पनि सरावगीको निधनले संघले असल सल्लाहकार गुमाएको भन्दै श्रद्धाञ्जली ब्यक्त गर्नु भएको छ ।

 

यसैगरि स्व सरावगी प्रति समाजका हरेक संघ संस्थाले श्रद्धाञ्जली ब्यक्त गरेका छन । नेपाल फोटो पत्रकार महासंघ पर्साका अध्यक्ष बिजय चौहानले पनि स्व. सरावगीको निधनले समाजमा अपुरणीय क्षती भएको उल्लेख गर्नु भएको छ ।

स्व. चीन्जीवीलाल सरावगीको ७८ वर्षको उमेरमा उपचारको क्रममा निधन भएको हो । सोमवार राती १२ बजे काठमाण्डौ ग्राण्डी अस्पतालमा उहाँको निधन भएको हो । 

गएको साउन २२ गते उहाँमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । संक्रमण देखिएपछि उहाँलाई उपचारकालागि काठमाण्डौ लगिएको थियो ।  


साउन २४ गते गण्डी अस्पतालमा भर्ना हुनु भएका उहाँ भदौ दुई गते कोरोना संक्रमणबाट मुक्त हुनु भएको थियो । 

। मुटु र मृगौलामा जटिल समस्या देखिएपछि उहाँको अति सघन कक्षमा राखेर उपचार गरिएको थियो । उहाको भदौ १५ गते विहान १० वजे काठमाडौं स्थित पशुपति आर्यघाटमा दाहसंस्कार भइरेको छ ।  

वीरगन्जमा २००० सालमा जन्मनु भएका सरावगी समाजसेवीको रुपमा स्थापित हुनुहुन्थ्यो । उहाँ लेवीरगन्ज उधोग बाणिज्य संघको पुर्व अध्यक्ष, मारवाडी परिषदको केन्द्रीय अध्यक्ष, लायन्स क्लवको गभर्नर लगाएत धेरै सामाजिक संघ संस्थाको नेतेत्व गरिसक्न भएको थियो । उहाँका दुई छोरा र एक छोरी हुनुहुन्छ । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

१२ वर्षिय  यादव सात दिन देखी बेपत्ता, खोजीकालागि प्रहरीमा निवेदन

बर्दिवास । आफनो १२ वर्षिय छोरा सात दिन देखी सम्पर्क बिहिन भएपछि एक दम्पतीले खोजी गर्न प्रहरीलाई गुहार लगाएको छ ।

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.