logo

सानो पाइला बचत तथा ऋण सहकारीका बचतकर्ता सडकमा, बचत रकम फिर्ताको माँग

 इसीमाना सम्वाददाता     २०८० पौष २७ गते ०३: ११ मा प्रकाशित     607   पटक पढिएको

वीरगञ्ज । सानो पाइला बचत तथा ऋण सहकारी संस्थाविरुद्ध शुक्रवार बीरगंजमा बचतकर्ताहरुले प्रर्दशन गरेका छन । बचतकर्ताहरुले बचत गरेको रकम फिर्ता माग्दा नदिएको र संचालकहरु फरार रहको भन्दै उनीहरु सडकमा उत्रिएका हुन ।

 

बीरगञ्जको टिबडेवाल धर्मशालादेखि निकालिएको जुलुस नगरपरिक्रमा गर्दै घण्टाघरमा पुगेर समापन भएको थियो । सहकारीमा बीरगंजका ८ सय भन्दा बढी बचतकर्ताको १ अर्व भन्दा बढी रकम बचत रहेको बताइएको छ ।

 

बचतकर्ताहरुले जम्मा गरेको पैसा माग्न थालेपछि सानो पाइलाका कर्मचारी सम्पर्कविहिन भएको पीडित संघर्ष समितिले जनाएको छ । बीरगंज महानगरपालिकाले सानो पाइला बचततथा ऋण सहकारी संस्थाको बीरगंज स्थित कार्यालयमा गत बिहिवार शिलबन्दी गरेको छ ।

सानो पाइलाका संचालक र बीरगंज महानगरपालिका प्रमुख राजेशमान सिंह वीच केही महिना अगाडि छलफल भएको र संचालकहरुले बचतकर्ताको रकम फिर्ता गर्ने प्रतिवद्धता जनाएका थिए ।

 

महानगरपालिकाले सानो पाइलालाई संकटग्रस्त घोषणा गरि कारावहीकालागि बिभिन्न निकायमा पत्राचार गरेको थियो । राष्ट्रबैकले सिआइवीलाई पत्राचार गरेपछि सानो पाइला बिरुद्ध कारवाही प्रारमभ गरेको थियो ।

 

पर्सा जिल्ला अदालतले सहकारीका संस्थापक गितेन्द्र बाबु राई(जीबी राई) वर्तमान अध्यक्ष अनन्त बाबु राई,उपाध्यक्ष सुनीत श्रेष्ठ,पूर्व उपाध्यक्ष नेहा पौडेल,सचिव देवेन्द्र बाबु राई,पूर्व सचिव तस्विरन खातुन कोषध्यक्ष कुमार सम्तेल,पूर्व कोषध्यक्ष सृष्टि श्रेष्ठ मानन्धर सदस्यहरु थान बहादुर बुढा मगर,धिरज कुमार दास,पूर्व सदस्य अशोक यादव,प्रबन्धक असरफ अलि सिद्धिकी र कर्जा अधिकृत राधे चन्द्र यादव विरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।

प्रहरीका अनुसार हालसम्म कोषध्यक्ष कुमार रम्तेल र कर्जा अधिकृत राधे चन्द्र यादव पक्राउ परेका छन् । बाकी अरु फरार रहेको बुझिएको छ ।

सानो पाइला बचत तथा ऋण सहकारी संस्थाविरुद्ध जिल्ला प्रहरी कार्यालयमा धेरै मुद्दा परेको पर्सा प्रहरीले जनाएको छ । बचतकर्ताहरुको पैसा फिर्ता गराउने हिसाबले सानो पाइलाविरुद्ध मुद्दा दर्ता भइ कानुनी प्रकिया अगाडि बढाइएको पर्सा प्रहरी प्रमुख कोमल शाहले जनाए । उनका अनुसार मुद्दा दर्ता भएकाहरुलाई खोजी कार्य समेत भइरहेको छ ।



तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.