logo

पर्सामा ५४ जना कोरोना जितेर घर फिर्ता , अहिले सम्म १ हजार ३ सय १९ कोरोना भाइरसको संक्रमणबाट मुक्त

      9/4/2020 गते 00 00 मा प्रकाशित     991   पटक पढिएको

पर्सामा शुक्रवार  ५४ जना कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन्।पर्साका विभिन्न ठाउँमा निर्माण गरिएको आइसोलेसनबाट  शुक्रबार ५४ जना संक्रमित  घर फर्किएका हुन। 


कोरोना भाइरसको संक्रमणलाई परास्त गरेर बिभिन्न उमेर समूहका ५४ जना घर फर्किएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ। कोरोना भाइरसको संक्रमण पुष्टि भएका लगातार दुई पटकको परिक्षणमा नेगेटिभ आएपछि उनीहरु घर फर्किएका हुन। 

कोरोनाको संक्रमणबाट मुक्त हुनेमा पोखरिया नगरपालिकाका प्रमुख दीपनारायण रौनीयार ,उहाँ का बुवा शम्भु प्रसाद रौनियार, उहाँका स्वकिय सचिव राजु रौनियार,एभिन्युजका पर्सा जिल्ला संवाददाता राजन रौनियार लगायतका रहनु भएको छ। 

वीरगन्ज ड्राइपोर्ट स्थित बाटिका होटलमा निर्माण गरिएको सृमी आइसोलेसनबाट २३ जना कोरोना भाइरसलाई परास्त गरेर घर फर्किएका छन्। त्यस्तै सिद्धार्थ स्कुलको आइसोलेसनमा रहेका १५ जना ,
वीरगन्जस्थित नारायणी अस्थायी कोभिड अस्पताल वीरगन्ज हेल्थ केयर अस्पतालबाट ८ जना कोरोना भाइरस जितेर घर फर्केका छन् भने ५ जना गोपाल मण्डलीको आइसोलेसनका रहेका छन्। 

त्यस्तै कोरोना भाइरस जितेर डिस्चार्ज हुनेमा वीरगन्जस्थित नारायणी अस्थायी कोभिड अस्पताल गण्डक अस्पताल, रानीपोखरी होटल सेमी आइसोलेशन, कालिकामाई गाउँपालिकामा निर्माण गरिएको सेमी आइसोलेसनबाट १÷१ जना छन्।यो सँगै पर्सामा जिल्लामा कोरोनामुक्त भई घर फर्किनेको संख्या १ हजार ३ सय १९ पुगेको छ। 

कोरोना भाइरसबाट पर्सा जिल्लामा शुक्रबारसम्म संक्रमित हुनेको संख्या भने २ हजार ३ सय ७१ पुगेको छ भने अहिले होम आइसोलेसनमा २ सय १९ जना महिला र ६ सय ८९ जना पुरुष गरि ९ सय ८ जना रहेका छन्। आइसोलेसन वार्डमा २९ महिला र ६८ पुरुष रहेका छन्।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

१२ वर्षिय  यादव सात दिन देखी बेपत्ता, खोजीकालागि प्रहरीमा निवेदन

बर्दिवास । आफनो १२ वर्षिय छोरा सात दिन देखी सम्पर्क बिहिन भएपछि एक दम्पतीले खोजी गर्न प्रहरीलाई गुहार लगाएको छ ।

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.