logo

बीरगंजमा निषेधाज्ञाको समय चौथो पटक  थपियो, बजारहरु खुल्ने जनजीवन सहज बन्ने 

      9/10/2020 गते 00 00 मा प्रकाशित     1119   पटक पढिएको

४७ दिन देखी जारी निषेधाज्ञालाई स्थानीय प्रशासनले केही खुकुलो बनाएको छ ।  यद्धपी भदौ ३१ गते राती १२ बजे सम्मकालागि निषेधाज्ञा लम्ब्याउने निर्णय स्थानीय प्रशासनले गरेको छ ।

 

साउन १० बाट लगाएको निषेधाज्ञा यो चौथो पटक लम्ब्याइएको हो ।  पर्साका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङको अध्यक्तामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले पछिल्लो समय भदौं २५ गते राति १२ बजेसम्मका लागि लगाएको निषेधाज्ञालाई निरन्तरता दिँदै भदौं ३१ गते रातिसम्मका लागि निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको छ ।

बैठकको निर्णय अनुसार वीरगञ्ज बजार क्षेत्रका पसलहरु अब शनिबार बाहेक हरेक दिन बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म खुल्ने छन् । यसअघि लगाइएको आलोपालोको नियम हटाइएको छ ।

 

त्यसैगरी फलफूल र तरकारी बजारपनि सधै खुल्ने भएका छन् । प्रशासनले दिएको निर्देशन अनुसार रेल्वे रोडमा घण्टाघर चोकदेखि २०० मिटर स्कुलदेखि दक्षिण तर्फ एक तर्फी रूपमा मात्र तरकारी र फलफूल पसलहरु खोल्न पाइने छ । 


पसलमा आउने ग्राहकको समाजिक दुरी कायम राख्ने कुरामा ब्यवसायीले जिम्मेवारी लिनु पर्ने स्थानीय प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ । भिडभाड नियँत्रण गर्ने र आवश्यक सर्तकता अपनाउन ब्यवसायीले भूमिका खेलनु पर्ने स्थानीय प्रशासनले जनाएको छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

१२ वर्षिय  यादव सात दिन देखी बेपत्ता, खोजीकालागि प्रहरीमा निवेदन

बर्दिवास । आफनो १२ वर्षिय छोरा सात दिन देखी सम्पर्क बिहिन भएपछि एक दम्पतीले खोजी गर्न प्रहरीलाई गुहार लगाएको छ ।

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.