logo

अध्यात्मिक अनुष्ठानले राजनीतिकर्मी राष्ट्रसेवकमा दायित्व बोध हुन्छः उपराष्ट्रपती यादव

 इसीमाना सम्वाददाता     २०८० माघ २८ गते ०८: ५० मा प्रकाशित     505   पटक पढिएको

वीरगञ्ज । नेपालका उपराष्ट्रपति रामसहाय यादवले महायज्ञले समाजमा शान्ति, सुव्यवस्था, परस्पर मेलमिलाप, भाइचार, सदाचार, बन्धुत्व कायम गर्न मद्दत पुग्ने बताएका छन् ।


आजदेखि बीरगञ्जको पिपरामा सुरु भएको ९ दिवसीय श्री विष्णु महायज्ञको उद्धघाटनगर्दै उनले यस्तो बताएका हुन ।
सीताराम नाम संकीर्तन महायज्ञ १०८ कुन्ज एवम ९ दिवसीय श्री विष्णु महायज्ञको उपराष्ट्रपती यादवले एक भब्य समारोहकावीच आज उद्धघाटन गरेका हुन् ।

 

उपराष्ट्रपती यादवले सीताराम नाम संकीर्तन महायज्ञले मानव मानवबिच शान्ति, सुव्यवस्था, धार्मिक सहिष्णुता, सद्भाव, सदाचार, स्नेह, मैत्रीभावको महत्वपूर्ण सन्देश सञ्चार गर्न अतुलनीय योगदान पुग्ने विश्वास लिएको बताए ।


धार्मिक अनुष्ठान महायज्ञमार्फत मानिसमा आध्यात्मिक चेतना, सकारात्मक जागरण, विश्वास र सस्ँकारको विकासमा महत्वपूर्ण योगदान पुग्ने गरेको उनले सुनाए ।उनले यस्ता धार्मिक अनुष्ठानले राजनीतिकर्मी, समाजसेवी र राष्ट्रसेवक तथा समाजका विभिन्न क्षेत्रका जिम्मेवार व्यक्तित्वहरुलाई आफ्नो दायित्व बोध गराउन सहयोग मिल्ने बताए ।

उद्घाटन कार्यक्रमको अध्यक्षता संघीय सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले गरेका थिए ।

 

संबिधान सभाका सदस्य अनिल रुङ्गटाको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिनिधि सभाका अजय कुमार चौरसिया, सदस्य प्रदीप यादव, प्रदेश सभाका सदस्य जनार्दन सिंह क्षेत्री ,श्याम पटेल , वीरगञ्ज महानगरपालिकाका उपप्रमेख इम्तियाज आलम स्थानीय, संचारकर्मी लगायतको उपस्थिती रहेको थियो ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.