logo

लिभिङ विथ इन्भायोरन्मेन्टको घोषणाः मानव स्वास्थ्यकालागि हानिकारक मानिएको चुरोटका ठुटा संकलन गरिने

      9/14/2020 गते 00 00 मा प्रकाशित     1316   पटक पढिएको

लिभिङ विथ इन्भायोरन्मेन्टले  सिगरेट वेस्ट म्यानेजमेन्ट ३७१ नामको परि।योजना आज बाट संचालनमा ल्याएको छ । यो परियोजना अन्र्तगत सिगरेटका ठुटालाई ब्यवस्थापन गरिने छ ।

 

 

सिगरेटको ठुटा ब्यवस्थापन भने ब्राजील र अमेरिकाको प्लोरिडा राज्यमा गएिको छ । त्याहा कानून निर्माण गरेर नै ठुटा ब्यवस्थापन गरिएको छ । 


परियोजनाको घोषणा गर्दै लिभिङ विथ इन्भायोरन्मेन्टका केन्द्रीय अध्यक्ष आकाश चौहानले सिगरेटको ठुटाले वतावरण र मानव जीनवमा पार्ने असरको बारेमा प्रकाश पार्नु भएको थियो ।

 

 धुम्रपानको असर मानव फोक्सो र श्वासप्रश्वासमा मात्र सिमति छैन चौहानले भन्नु भयो“तिनका ठुटाले भू तथा जलमा पनि उत्तिकै प्रदुषण गरेको  हुन्छ । 


चुरोटको ठुटा सडन पनि १० वर्षको समय लाग्ने अध्ययनले देखाएको बताउदै चौहानले अव बीरगंज र मध्यतराईलाई चुरोटको ठुटामुक्त बनाउने काम गनेृ बताउनु भयो ।

 

उहाँले यो काम त्य ित सजिलो छैन , चुनौतीपूर्ण भएपनि यसलाई गरि देखाउन आफनो समुह लागेको बताउनु भयो । चुरोटको ठुटाले पानीलाई प्रदुषीत गर्ने र त्यसले कही न कही मानव स्वास्थ्यमा असर  पार्ने भएकोले चुरोटका ठुटाका कारण हुने प्रदुषणलाई नियन्त्रण   गर्ने काम गरिने उहाँले बताउनु भयो । 

 


 अन्र्तगत सार्वजनीक स्थलमा फारिएका चुरोठका ठुटाहरुलाई  परियोजनाले संकलन गर्ने छ । संकलनकालागि आवश्यक संयन्त्रको निर्माण गरिएको छ ।

 

चुरोटका ठुटा संकलन गर्ने  ठुटामा रहेको बिष तथा निकोटीनलाई बिघठन गर्नकालागि जनशक्तिको परिचालन गरिने छ । केही जनशक्तिले यो परियोजना अन्र्तगत रोजगार समेत पाउने बताइएको छ । त्यसरी बिष्मुक्त गरिएको चुरोटको ठुटाबाट निस्केको रुई सिरानी वा सिरक बनाउन उपयोग गरिने छ ।

 

यसरी उत्पादीत बस्ुतहरु भने वतावरणमैत्री हुने  लिभिङ विथ इन्भायोरन्मेन्टका क्षेत्रीय अध्यक्ष आशुतोष चर्तुवेदीले बताउनु भयो । उहाँले यो परियोजना मार्फत युवालाई वतावरण संरक्षण गर्न र आफनो ठाउको बिकासमा पहलकदमी लिन उत्प्रेरीत गर्ने उद्धेश्य समेत लिएको बताउनु भयो ।

 

चुरोटको एउटा ठुटोमा रहेको बिषादीले एउटा ठुलो माछा मार्न सक्ने कुरा बैज्ञानिक अनुसन्धानबाट पुष्टि भएको बताउदै उहाँले त्यही बिषय हामीले प्रयोग गर्ने पानी सम्म पुग्दा आउने अवस्थाका बारेमा सचेत हुन समेत अपिल गर्नु भयो । 


कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष के.सी.लामिछानेले वतावरणको मुद्धा आजको दिनमा संसारको मुद्धा बनेको बताउदै वतावरण संरषणमा युवाहरुको संगठीत प्रयासको प्रशंसा गर्नु भयो ।

 

हाँले युवाहरुले काम गरेर देखाउनु पर्ने तर्क गर्दै  चुनौतीपुर्ण काममा हात हालेपछि अन्तिम निष्कर्ष सम्म पुग्नु पर्ने जोड दिनु भयो । कार्यक्रममा  लिभिङ विथ इन्भायोरन्मेन्टका केन्द्रीय उपाध्यक्ष रुपक पटेल जिल्ला अध्यक्ष बरनवाल  रोहीत सल्लाहकार राजन रौनीयार नेपाल पत्रकार महासंघका प्रदेश सदस्य जगत राई  लगायतले मन्तब्य ब्यक्त गर्नु भएको थियो । कार्यक्रमको संचालन सचिव मुस्कान श्रेष्ठले गर्नु भएको थियो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

१२ वर्षिय  यादव सात दिन देखी बेपत्ता, खोजीकालागि प्रहरीमा निवेदन

बर्दिवास । आफनो १२ वर्षिय छोरा सात दिन देखी सम्पर्क बिहिन भएपछि एक दम्पतीले खोजी गर्न प्रहरीलाई गुहार लगाएको छ ।

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.