logo

जेलका नाइके शेख भोलाकै मिलोमतोमा विक्कीको फर्जी सर्टिफिकेट तैयार भएको खुलासा

      9/15/2020 गते 00 00 मा प्रकाशित     1280   पटक पढिएको

लागू औषध मुद्दामा ११ वर्ष कैद र एक लाख रुपैया“ जरिवाना फैसला भएको ७ वर्षपछि पटके कैदी विक्की रौनियार भनिने विक्की अग्रवाललाई पर्सा अदालतको तहसिल शाखाले फर्जी सर्टिफिकेट कै भरमा २ वर्ष ७ महिना कैद मिनाहा गरेको खुलासा भएको छ ।

 

उक्त फर्जी सर्टिफिकेट तैयार गर्नमा विक्कीलाई जेलका नाइके शेख भोला, चौकीदार दिनेश सर्राफ, सुनिल जयसवालले सहयोग गरेको सम्वद्ध स्रोतको दाबी छ । विक्की वीरगन्ज कारागारका भाई नाइके थिए । भोला नाइके भएपनि सजिलै जेल बाहिर आउने जाने गरेका थिए । दिनेश सर्राफलाई छाया चौकीदार बनाएर भोलाले जेलको भित्री प्रशासन चलाउ“दै आएका छन् । 


    ‘विक्की र भोलाको दोस्ती राम्रो थियो,’ कारागार स्रोत भन्छन्, ‘विक्कीको आग्रहमा भोलाले नै भारतीय स्कुलबाट नक्कली सर्टिफिकेट झिकाए ।’ ०६८ चैत १३ मा ३० ग्राम खैरो हिरोइन सहित पक्राउ परेका थिए विक्की ।

 

त्यसबेला प्रहरीको बरामदी मुचुल्का र अदालतमा विक्कीले दिएको बयानमा आफ्नो उमेर २५ वर्ष उल्लेख गरेका छन् । तर, जेलका चौकीदार दिनेश सर्राफ, नाइके शेख भोला, सुनिल जयसवाल र रिसी गुप्ताको समूहले भारतबाट मगाएको सर्टिफिकेटमा विक्की पक्राउ पर्दाको समयमा १८ वर्ष भन्दा कम उमेर देखाइएको छ ।

 

पढ्दै नपढेको स्कुलको सर्टिफिकेटमा जन्ममिति घटाएर अदालतमा ६ महिना पहिले नै पेश गरिएको थियो । तर, त्यसबेलाका कर्मचारीले विक्कीलाई रिहा गर्न मानेका थिएनन् । हालै जनकपुर सरुवा भएका तहसिलदार समी कपुर साहले बरबुझारथ गर्नु अगाडि गत बिहीबार फर्जी सर्टिफिकेटको आधारमा विक्कीको कैद सजाय २ वर्ष ७ महिना मिनाहा गर्ने निर्णय गरेका हुन् । विक्की रिहा भएपछि बिहीबार नै भारत गएका छन् । 


    विक्की रिहा भएपछि सर्राफ र भोलाको समूहले थप कैदीहरुलाई पनि यस्तै फर्जी कागजातको आधारमा अगामी दशैमा रिहा गराउने योजना रहेका छन् ।

 

‘कारगार भित्र रहेका पसल, खाद्यान्न बिक्री, चर्को टेलिफोन शुल्क र कैदीस“ग गरिने अवैध असुलीका कारण यो समूहस“ग आर्थिक स्रोतको कमि छैन्,’ कारागार स्रोत भन्छन्, ‘विक्कीलाई रिहा गर्ने योजना सफल भएपछि यो समूह सरकारले दशैमा गर्ने कैदी रिहाईका लागि पनि फर्जी कागजात बनाउन थालेको छ ।’

 

जेलर, स्थानीय प्रशासन देखि लिएर कारागार विभागसम्म लाई आर्थिक नजराना पु¥याएर यो समूहले जे गरेपनि कसैले सरुवा गर्न नसक्ने मनस्थिती बनाएका छन् ।  


खैरो हिरोइनका पटके कारोबारी


    ०६८ चैत १२ मा पक्राउ पर्दा विक्की १८ वर्ष नपुगेको भन्दै २ वर्ष ७ महिना कैद सजाय मिनाहा गरेको पर्सा अदालतले यस अघि २०६१ चैत १६ मा विक्कीलाई लागू औषधकै मुद्दामा ५ वर्ष कैद र ५० हजार रुपैया“ जरिवाना गरेको थियो । त्यसबेला विक्की खैरो हिरोइन र लागू औषध बिक्री गर्ने तराजु र ढक सहित पक्राउ परेका थिए ।

 

५ वर्ष कैद सजाय काटेर कारागार बाहिर आएको विक्की दोस्रो पटक भारतको रक्सौलबाट ३० ग्राम खैरो हिरोइन लिएर वीरगन्ज आउने क्रममा पक्राउ परेका थिए । वीरगन्जको रजतजयन्ती चौकबाट विशेष सुराकीको आधारमा पक्राउ परेका विक्कीको पाइन्टको अगाडि पट्टिको पाकेटबाट प्लाष्टिकमा बेरिएको अवस्थामा खैरो हिरोइन बरामद भएको प्रहरीको बरामदी मुचुल्कामा उल्लेख छ ।

 

विक्की र उनको समूहले भारतबाट खैरो हिरोइन खरिद गरि काठमाडौ, पोखरा, नारायणघाटमा सप्लाई गर्दै आएको प्रहरी अनुसन्धानमा खुलेको थियो । टाटासुमो र बस मार्फत विक्कीको समूहले वीरगन्ज बाहिर सप्लाई गर्थे । 


    जिल्ला अदालतले २०७० जेठ ५ मा लागू औषध नियन्त्रण ऐन बमोजिम विक्कीलाई ११ वर्ष कैद र एक लाख जरिवानाको फैसला गरेको थियो । पटके भएकाले सोही ऐनको दफा १६ बमोजिम थप ५ वर्ष कैद र ५० हजार जरिवाना गरेको थियो ।

 

जिल्ला अदालतको फैसला तत्कालिन पुनरावेदन अदालत हेटौडाले ०७३ वैशाख २८ मा र सर्वोच्चले ०७५ वैशाख २७ मा सदर गरेको थियो ।

 

‘एकपटक लागू औषधीको कारोबारको कसुरमा सजाय भुक्तान गरी सकेका यी प्रतिवादीको साथबाट बरामद भएको ३० ग्राम खैरो हिरोइन केवल सेवनको निम्ती मात्र बोकी हिडेको होलान् भनी अनुमान गर्नु विश्वसनीय र व्यवहारिक हुने देखिदैन्, सर्वौच्चको फैसलामा भनिएको छ, ‘निज प्रतिवादी लागू औषध ओसारपसार र बिक्री वितरणमा संलग्न रहेको देखिन आउ“छ । लागू औषध सेवनतर्फ मात्र सजाय गरी पाउ“ भन्ने प्रतिवादी विक्कीको पुनरावेदन जिकिर पुग्न सक्दैन् ।’ 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

निजगढ नगरपालिका–९ पश्चिम लच्कामा  मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु

निजगढ ।  पूर्वपश्चिम राजमार्गअन्तर्गत बाराको निजगढमा बुधवार दिउँसो दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु भएको छ ।

तिर्थ स्मृति प्रतिष्ठानद्वारा बरिष्ठ समाजसेवी बख्रेल सम्मानीत

काठमाण्डौ । बरिष्ठ समाजसेवी चन्द्रप्रसाद बख्रेल तिर्थ स्मृति प्रतिष्ठान नेपालबाट सम्मानीत भएका छन ।  काठमाण्डौ सामाखुशी स्थित लिंकन कलेजमा मंगलवार आयोजीत एक कार्यक्रका वीच उनलाई सम्मान गरिएको हो ।

खेलकुद

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.