logo

संक्रमणमा आधारित शिलबन्दीलाई निरन्तरता दिने जिल्ला संकट ब्यवस्थापन केन्द्रको निर्णय, पुरानै प्रवन्धहरु पालनामा जोड

      9/16/2020 गते 00 00 मा प्रकाशित     952   पटक पढिएको

जिल्ला संकट ब्यवस्थापन केन्द्रको बुधवार बसेको बैठकले कोभिड १९ रोकथाम तथा नियन्त्रण तथा उपचार ब्यवस्थित गर्नकालागि संक्रमणमा आधारित शिलबन्दी  प्रक्रियालाई निरन्तरता दिने निर्णय गरेको छ । संक्रमण भएका क्षेत्र शिल गरेर नियन्त्रण रोकथाम र उपचारलाई ब्यवस्थित गर्दा अन्य क्षेत्रलाई भने अहिले ब्यवस्था अनुसार खुला छाडिने छ । 
आजको यो निर्णयले साउन ११ गते देखी निरन्तर रहेको निषेधाज्ञालाई अन्त्य गरेको छ ।  बीरगंजमा मात्र सिमित रहेको निषेधाज्ञा खुले पनि कतिपय प्रवन्धहरु जिल्ला संकट ब्यवस्थापन केन्द्रले कायमै राखेको छ । बीरगंजमा घण्टाघर देखी नारायणी अस्पताल सम्मको मुख्य सडकलाई नो भेहिकल मुभमेन्ट जोनको रुपमा घोषणा गरेको छ । त्यो बेलामा एम्बुलेन्स, बैक ट्रान्सपोर्टका सवारी ग्यास र औषधीका सवारीलाई मात्र प्रवेश दिइने निर्णय गरेको छ । 
जिल्ला संकट ब्यवस्थापन केन्द्रले सीमा शिल नै रहने जनाएको छ । सीमाबाट ब्यक्तिको आवगमन तोकिएको प्रवेश नाका बाहेक अन्तबाट नहुने गरि निर्णय गरेको छ । 
बीरगंज बजार बिहान ११ बजेदेखी ४ बजे सम्म खुल्ला रहने कुरालाई पनि आजको बैठकले निरन्तरता दिएको छ । तोकिएको समयभन्दा बढी पसलहरु संचालन गरेमा कारवाही गर्ने निर्णय बैठकले गरेको छ । आ आफनो पसलमा आउने ग्राहकहरुवीच सामाजिक दुरी कायम गराउनु पर्ने दायित्व बयवसायीको रहेको छ स्वास्थ्य तथा सुरक्षाको मापदण्ड उल्लंघन भएमा ब्यवसायीलाई कारवाही गर्ने निर्णय भएको छ । तरकारी बजार भने पूर्ववत बिहान ५ देखी ८ बजे सम्म मात्र संचालन गर्न पाइने छ । बिद्यालयहरु , सैलुुन, होटेल रेष्टुरेन्ट सभा समारोह भेला र गोष्ठी  डिपार्टमेन्टल स्टोरहरु जस्ता बढी नागरिकको सहभागिता रहने कुराहरु संचालनमा आउने छैनन । 
बीरगंज महानगरभित्र मोटरसाइकल लगायतका सवारी साधनहरु बीरगंज महानगरपालिकाको समन्वयमा घण्टाघर, मालपोत अगाडि नयाँ तथा पुरानो बसपार्कमा सवारी पार्किङ गर्नु पर्ने निर्णय भएको छ । नो मास्क नो मुभको अभियानलाई संचालन गर्ने  र सरकारी कार्यालहरुले अत्यावश्यक कामको सूची बनाई सेवाग्राहीको स्वास्थ्यको बिषयलाई ध्यानमा राखेर आवश्यक सुरक्षा सर्तकताको प्रवन्ध मिलाएर काम गर्न सरकारी कार्यालयहरुलाई केन्द्रले निर्देशन दिएको छ । 
जिल्लाका बिभिन्न स्थानमा रहेका बिद्यालयहरुलाई क्वारेन्टिन मुक्त बनाउनकालागि केन्द्रीय संकट ब्यवस्थापन केन्द्रमा लेखि पठाउने निर्णय भएको छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

निजगढ नगरपालिका–९ पश्चिम लच्कामा  मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु

निजगढ ।  पूर्वपश्चिम राजमार्गअन्तर्गत बाराको निजगढमा बुधवार दिउँसो दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु भएको छ ।

तिर्थ स्मृति प्रतिष्ठानद्वारा बरिष्ठ समाजसेवी बख्रेल सम्मानीत

काठमाण्डौ । बरिष्ठ समाजसेवी चन्द्रप्रसाद बख्रेल तिर्थ स्मृति प्रतिष्ठान नेपालबाट सम्मानीत भएका छन ।  काठमाण्डौ सामाखुशी स्थित लिंकन कलेजमा मंगलवार आयोजीत एक कार्यक्रका वीच उनलाई सम्मान गरिएको हो ।

खेलकुद

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.