logo

संक्रमणमा आधारित शिलबन्दीलाई निरन्तरता दिने जिल्ला संकट ब्यवस्थापन केन्द्रको निर्णय, पुरानै प्रवन्धहरु पालनामा जोड

      9/16/2020 गते 00 00 मा प्रकाशित     892   पटक पढिएको

जिल्ला संकट ब्यवस्थापन केन्द्रको बुधवार बसेको बैठकले कोभिड १९ रोकथाम तथा नियन्त्रण तथा उपचार ब्यवस्थित गर्नकालागि संक्रमणमा आधारित शिलबन्दी  प्रक्रियालाई निरन्तरता दिने निर्णय गरेको छ । संक्रमण भएका क्षेत्र शिल गरेर नियन्त्रण रोकथाम र उपचारलाई ब्यवस्थित गर्दा अन्य क्षेत्रलाई भने अहिले ब्यवस्था अनुसार खुला छाडिने छ । 
आजको यो निर्णयले साउन ११ गते देखी निरन्तर रहेको निषेधाज्ञालाई अन्त्य गरेको छ ।  बीरगंजमा मात्र सिमित रहेको निषेधाज्ञा खुले पनि कतिपय प्रवन्धहरु जिल्ला संकट ब्यवस्थापन केन्द्रले कायमै राखेको छ । बीरगंजमा घण्टाघर देखी नारायणी अस्पताल सम्मको मुख्य सडकलाई नो भेहिकल मुभमेन्ट जोनको रुपमा घोषणा गरेको छ । त्यो बेलामा एम्बुलेन्स, बैक ट्रान्सपोर्टका सवारी ग्यास र औषधीका सवारीलाई मात्र प्रवेश दिइने निर्णय गरेको छ । 
जिल्ला संकट ब्यवस्थापन केन्द्रले सीमा शिल नै रहने जनाएको छ । सीमाबाट ब्यक्तिको आवगमन तोकिएको प्रवेश नाका बाहेक अन्तबाट नहुने गरि निर्णय गरेको छ । 
बीरगंज बजार बिहान ११ बजेदेखी ४ बजे सम्म खुल्ला रहने कुरालाई पनि आजको बैठकले निरन्तरता दिएको छ । तोकिएको समयभन्दा बढी पसलहरु संचालन गरेमा कारवाही गर्ने निर्णय बैठकले गरेको छ । आ आफनो पसलमा आउने ग्राहकहरुवीच सामाजिक दुरी कायम गराउनु पर्ने दायित्व बयवसायीको रहेको छ स्वास्थ्य तथा सुरक्षाको मापदण्ड उल्लंघन भएमा ब्यवसायीलाई कारवाही गर्ने निर्णय भएको छ । तरकारी बजार भने पूर्ववत बिहान ५ देखी ८ बजे सम्म मात्र संचालन गर्न पाइने छ । बिद्यालयहरु , सैलुुन, होटेल रेष्टुरेन्ट सभा समारोह भेला र गोष्ठी  डिपार्टमेन्टल स्टोरहरु जस्ता बढी नागरिकको सहभागिता रहने कुराहरु संचालनमा आउने छैनन । 
बीरगंज महानगरभित्र मोटरसाइकल लगायतका सवारी साधनहरु बीरगंज महानगरपालिकाको समन्वयमा घण्टाघर, मालपोत अगाडि नयाँ तथा पुरानो बसपार्कमा सवारी पार्किङ गर्नु पर्ने निर्णय भएको छ । नो मास्क नो मुभको अभियानलाई संचालन गर्ने  र सरकारी कार्यालहरुले अत्यावश्यक कामको सूची बनाई सेवाग्राहीको स्वास्थ्यको बिषयलाई ध्यानमा राखेर आवश्यक सुरक्षा सर्तकताको प्रवन्ध मिलाएर काम गर्न सरकारी कार्यालयहरुलाई केन्द्रले निर्देशन दिएको छ । 
जिल्लाका बिभिन्न स्थानमा रहेका बिद्यालयहरुलाई क्वारेन्टिन मुक्त बनाउनकालागि केन्द्रीय संकट ब्यवस्थापन केन्द्रमा लेखि पठाउने निर्णय भएको छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.