logo

मधेश प्रदेश तस्करकरीको स्वर्ग, राजस्वचुहावट बढ्यो, प्रहरी नाजायज नजराना कुम्ल्याउन अभ्यस्त

 इसीमाना सम्वाददाता     २०८० फागुन २९ गते ०९: ५८ मा प्रकाशित     439   पटक पढिएको

बीरगंज । मधेश प्रदेशका पर्सा देखी सप्तरी सम्मका आठ जिल्ला अहिले अनधिकृत कारोवारको मुख्यकेन्द्र बनेको छ ।

 

राजस्व छलीको कारोवारको मुख्य केन्द्र बनेकै कारण भंसार राजस्व असुलीको लक्ष्य प्राप्त गर्न भंसार कार्यालयहरु असफल भएका छन ।


सीमाको छेउमा बसेर सीमाको रक्षा र अनधिकृत कारोवारको रोकथाम गर्न जिम्मेवारी पाएको सशस्त्र प्रहरी र नागरिकको ज्यान धनको सुरक्षाको जिम्मा पाएको नेपाल प्रहरीको प्रदेश नेतृत्व नै अनधिकृत कारोवारबाट आउने प्रतिफल कुम्लाउन अभ्यस्त रहेकोले तस्करी बढ्ने र राजस्व चुहावट बढने भएको छ ।


यत्रो जनशक्ति परिचालन भएको छ तर पनि राजस्व संकलन अपेक्षाकृत सफल हुन सकेको छैन । भंसारका एक अधिकृत भन्छन त्यही कारण राजस्व संकलन प्रभावित भयो ।

 

स्वय भंसार कार्यालय र त्यसका प्रमुखहरुको कार्य सम्पादनमा अनेकौ प्रश्न नउठेका भने होइनन । ठूल्ठूला ब्यापारी र तस्करहरुलाई भन्सारले नै सुबिधा प्रदान गरी एउटै प्रज्ञापन पत्रबाट ३र४ खेप सामान ल्याउने अवसर प्रदान गरेको बीरगंज भन्सारका एक कर्मचारीले नाम उल्लेख नगर्ने शर्तमा बताए ।

सशस्त्र प्रहरी, नेपाल प्रहरी भंसार कार्यालयहरु र प्रधानमंत्री मातहत रहेको राजस्व अनुसन्धान बिभागको भ्रष्ट कर्मका कारण राजस्व घटने र गैर कानूनी काम गर्नेहरुले नाजायज ढंगबाट कुस्त कमाउने बतावरण बनेको छ ।

 

नेपाल प्रहरीका मधेश प्रदेशका प्रमुख डीआईजी पोखरेलले नै सरुवा भएका प्रहरी कर्मचारीलाई रमाना नदिई बारा र पर्साको घुमुवाका रुपमा अतिरिक्त कमाईका लागि खटाएका छन् ।

प्रहरी मुख्यालले गरेको सरुवालाई चुनौती दिएर बारा पर्सामा डीआईजीका लागि भन्सार राजस्व छलेर कारोवार गर्नेहरुसँग डिल गर्नमा परिचालित गरेका छन् ।

मधेस प्रदेशका प्रहरी प्रमुख डीआईजी यज्ञविनोद पोखरेलले प्रदेशभर आधा दर्जन भन्दा बढी घुमुवा खटाएर असुली धन्दालाई बढावा दिएको प्रहरी स्रोत बताउँछ ।

 

आफ्नो जागिरे जीवनमा रौतहटको प्रमुख र मधेश प्रदेश जनकपुरमा एसएसपी बसेका डिआइजी आय आर्जनबारे ब्यापक अनुभव छन त्यसकै कारण उनले हिजोका दिनमा तस्करसंग नेटवर्क बनाएका प्रहरी कर्मचारी परिचचालन गरेका छन ।


पोख्रेलले धनुषामा सुरेन्द्र ठाकुर,पर्सा जिल्लामा कार्यरत असई प्रमोद सिंह, प्रज राजकुमार गुरुङ, प्रहरी हवल्दार उपेन्द्र यादव सर्लाही, प्रबह सुरेन्द्र ठाकुर जनकपुर र प्रह शैलेश पटेल बारा जिल्लामा डीआईजी पोखरेलले असुलीको लागि खटाएको प्रहरी स्रोत बताउँछ।

बारा जिल्लामा कार्यरत असई वीरेन्द्र यादवलाई पनि समन्वयको लागि परिचालन गरिएको स्रोतले बताएको छ ।सर्लाहीको नारायणपुर, संग्रामपुर, त्रिभुवन नगर र खुटौना, महोत्तरी जिल्लाको मटिहानी, मारुवाही र सम्सी नाकाबाट ब्यापक तस्करी भइरहेको स्थानीयसमेत बताउँछन् ।

यसैगरी सिरहा जिल्लाको माडर, ठाडी, बरियार पट्टी, चतरी र झाँझपट्टी नाका र सप्तरीको छिनमस्ता, नर्घो, बेल्ही, पातो, बोदे वर्षाइन र स्वर्णपट्टी नाकाबाट तस्करी भारी मात्रामा भइरहेको छ ।

भारतबाट खाद्यान्न, लत्ता कपडा, मोटर पार्ट्स, इलेक्ट्रोनिक्स आइटम, प्याज, पान मसाला, सुर्ती नेपालतर्फ आइरहेको छ भने भारततर्फ चिनियाँ स्याउ,रक्सी र लसुन गइरहेको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.