logo

पर्सामा ठोरी, बारामा परवानीपुर कार्यसम्पादन मूल्याकंनमा सबैभन्दा अगाडि

 इसीमाना सम्वाददाता     २०८० चैत ४ गते ०३: ४१ मा प्रकाशित     697   पटक पढिएको

वीरगञ्ज । स्थानीय तहहरुको कार्य सम्पादन मूल्यांकनतर्फको नतिजा सार्वजनिक भएको छ । सार्वजनिक अंक अनुसार पर्साको ठोरी गाउँपालिका र बाराको परवानीपुर गाउँपालिकाले सबैभन्दा बढी अंक ल्याएका छन् ।

स्थानीय तहहरुमध्ये यी दुवै पालिकाहरुले ६० भन्दा बढी अंक प्राप्त गरेका हुन् ।ठोरी गाउँपालिकाले ६४.१४ अंक र बाराको परवानीपुर गाउँपालिकाले ६६.४७ अंक पाएका हुन् ।

यस्तै पर्साकै वीरगन्ज महानगरपालिकाले ५७.४९ अकं र बाराको कलैया उपमहानगरपालिकाले ६४.९३ अंक प्राप्त गरेको छ ।

त्यसैगरी पर्साको छिपहरमाई गाउँपालिका ५३.४४ अंक र बाराको जितपुरसिमरा उपमहानगरपालिकाले ५५ अंक प्राप्त गरी तेश्रो स्थान कायम गरेका छन् ।

कार्यसम्पादन नतिजा अनुसार जिल्लामा वीरगंज महानगरपालिका दोस्रो र छिपहरमाई गाउँपालिकाले तेस्रो स्थान हासिल गरेका छन ।

Open photo
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले कार्यसम्पादन सूचक वापत प्राप्त गरेको अंङ्कको प्रकाशित नतिजा सार्वजनीक भएको हो ।

पर्सा जिल्लामा सबै भन्दा कम अंक कालिकामाई गाउँपालिकाले प्राप्त गरेको छ । कार्य सम्पादन नतिजामा कालिकामाईले जिल्लामै सब भन्दा कम ३२.५४ अंक प्राप्त गरेको छ ।


त्यस्तै बीरगंज महानगरपाकिला ५७.४९छिपहरमाई गाउँपालिका ५३. ४४जगरनाथपुर गाउँपालिका ५०.०५ , पटेर्वा सुगौली ४८.५८ पर्सागढी नगरपालिका ४७.९८,पोखरिया नगरपालिका ४७.४६,बिन्दवासिनी गाउँपालिका ४४. ९१, धोबिनी गाउँपालिका ४२.८२, पकहाँ मैनपुर गाउँपालिका ४२.१८ रजिराभवानी गाउँपालिका ३७.०४, अंक प्राप्त गरेका छन ।


१६ वटा स्थानीय तह रहेको बारामा करैयामाई गाउँपालिका पाँचौं, प्रसौनी गाउँपालिका छैठौं, विश्रामपुर गाउँपालिका सातौं, निजगढ नगरपालिका आठौं नम्बरमा परेको छ ।

भने त्यस्तै क्रमशः कोल्हवी नगरपालिका, आर्दश कोतवाल गाउँपालिका, देवताल गाउँपालिका, पचरौता नगरपालिका, सुवर्ण गाउँपालिका, फेटा गाउँपालिका, १५ बारागढी गाउँपालिका र अन्तिममा भने सिम्रौनगढ नगरपालिका परेका रेकर्ड छ ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.