logo

मधेशका गृहमंत्री यादवको पहिलो निर्णय सुराकी खर्च खारेज,राज्यकोषमाथिको लुटमा अंकुश

 इसीमाना सम्वाददाता     २०८० चैत ७ गते ०९: ०६ मा प्रकाशित     469   पटक पढिएको

जनकपुर । मधेश प्रदेशका नवनियुक्त गृह तथा सञ्चार मंत्रालय समेत सम्हालेका मंत्री सरोज यादवले सुराकी खर्च खारेज गरेका छन ।

सुराकी खर्चको नाममा मासिक ठूलो रकम खर्च भइरहेको तथ्य सार्वजनिक भएलगत्तै मन्त्री यादवले बुधवार सुराकी खर्च नै खारेज गरेका हुन।

एमालेबाट भौतिक पूर्वाधार तथा विकास मन्त्रीको कार्यभार सम्हाल्नुभएका यादवलाई गृह तथा सञ्चार मन्त्रालयको पनि जिम्मेवारी तोकिएको छ ।

गृह मन्त्रालयको कार्यभार सम्हाल्न आज मन्त्रालय पुगेका मन्त्री यादवले सुराकी गरेका हुन । मन्त्री यादवले राज्यकोषमाथिको ब्रम्हलुट रोक्न पदबहागरेका हुन ।

गृह मन्त्रालयका सूचना अधिकारी संदिपकुमार सिंहका अनुसार मन्त्री यादवले सुराकी खर्च आवश्यक नरहेको भन्दै खारेज गर्ने निर्णय गरेको जनाए । ‘कार्यभार सम्हालेकै पहिलो दिन मन्त्रीज्यूले सुराकी खर्च आवश्यक छैन । राज्यकोषमाथि ब्रम्हलुट गर्न मिल्दैन भनेर पदबहालीमै खारेज गर्ने निर्णय गर्नुभएको छ,’ सूचना अधिकारी सिंहले भने ।

मन्त्री यादवको यो निर्णयले सुराकीको नाममा अहिलेसम्म भइरहेको राज्यकोषमाथिको ब्रम्हलुट रोकिएको छ ।


मधेश प्रदेश सरकारले ०७५ जेठ १० गते सुराकी खर्च बाँड्ने निर्णय गरेको थियो । मधेश प्रदेश सरकारको गृह तथा सञ्चार मन्त्रालयले छुट्टयाएको सुराकी खर्च मन्त्री, राज्यमन्त्री र सचिवले आफूखुसी बुझ्दै आएका थिए ।

मन्त्रालयका अनुसार अहिलेसम्म १ करोड ४२ लाख ८९ हजार ६ सय ६६ रुपैयाँ सुराकी खर्चवापत मन्त्री, राज्यमन्त्री र सचिवहरुले बुझिसकेका छन् । सो बिषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत छानविन अघि बढाएको छ । अख्तियारको पत्रपछि मधेश प्रदेश सरकारले सवै बिवरण पठाइसकेको छ ।

एमालेबाट मन्त्री बनेका यादवको यो निर्णयले राज्यकोषमाथि बिशिष्ट अधिकारीको ब्रम्हलुट रोकिएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.