logo

पेट बडी पापीको बिमोचन ,नेपाली समाजको आर्थिक दुरावस्थाले ल्याएको दर्दनाक पक्ष उजागर गर्न म्युजीक भिडियो सफलः नेता रुङ्गटा

      9/25/2020 गते 00 00 मा प्रकाशित     1655   पटक पढिएको

सन्देशमुलक भूजपुरी म्यजीक भिडियो “पेट बडी पापी” शुक्रवार एक बिशेष समारोहवीच संबिधान सभाका सदस्य एवं नेपाली कांग्रेसका नेता अनिल रुङटाले बिमोचन गर्नु भएको छ ।

 

बीरगंजको दरवार रेष्टुरेन्टमा आयोजना गरिएको बिमोचन कार्यक्रममा नेता रुङटाले म्युजीक भिडियो प्रोजेक्टरमा प्ले गरेर बिमोचन गर्नु भएको हो । 


तराईको सामाजिक ,आर्थिक तथा सास्कृतिक पक्षलाई समेटेर तयार पारिएको म्युजीक भिडियो सन्देशमुलक रहेको छ । शहर र गाउँमा सामाजिकताको स्तरमा रहेको फरक पनलाई म्युजीक भिडियोले सजिव चित्रित गरेको छ ।

 

मजदुरी गरेर जीवन निर्वाह गर्ने पात्रको कथालाई संगीतको माध्यमले प्रस्तुत गरिएको म्युजीक भिडियोमा शहरीया जीनमा मानवता शून्यता तर्फ गएको देखाइएको छ ।

 

आपतमा परेकालाई सहयोग गर्ने भन्दा पनि मोवाइल निकालरे भिडियो बनाउने आधुनीक संस्कृतिले मानवलाई सम्बेदनहिन बनाउदै लगेको  सन्देश भिडियोमा सजीव रुपमा दृश्याइएको छ  ।  शहरको तुलनामा गाउँको जनजीवनमा आज पनि एक अर्कालाई पर्दा सहयोग गर्ने मनहरु रहेको वास्तविक चित्र म्युजीक भिडियोमा उतार गरिएको छ । 


बिमोचन कार्यक्रममा संविधान सभा सदस्य रुङगटाले म्युजीक भिडियोले तराई मधेशको मात्र नभई  नेपालको अवस्थालाई चित्रण गर्न सफल भएको बताउनु भयो । उहाँले भिडियोमा हाम्रो सांस्कृतीका पक्षहरुलाई पनि समेटिएको बताउनदै कलाकारहरुको परिश्रम न्यायपूर्ण रहेको बताउनु भयो । 


म्युजीक भिडियोले सिंगो नेपाली समाजको आर्थिक पछौटेपनले समाजमा ल्याएको दर्दनाक अवस्थालाई उजागर गर्न सफल भएको भन्दै नेता रुङटाले  जब सम्म युवा र किशसान अगाडि आउदेनन तब सम्म  देशको बिकास नहुने ठोकुवा गर्नु भयो  ।

 

त्यसको लागि यहांका युवाहरुको एकवद्ध हुन जरुरी छ उहाँले भन्नु भयो म्युजीक भिडियोले परिर्वतनको दिशामा अग्रसर हुन पनि सन्देश दिएको र त्या अनुरुप युवाहरु अगाडि आउनु पर्छ । 

गितका निर्देशक राजन श्रीवास्तवले जिल्लाका युवाहरुलाई रास्ट्र एवं अन्तर्राष्ट्रिय सम्म नै चिनाउन एउटा नयाँ प्रयास भएको वताए । भोलन्टियर समुहका संयोजकसमेत रहेका श्रीवास्तवले स्वागत मन्तव्य राख्दै भोलन्टियर समुहको सहभागितामा भएको  नयाँ प्रयासले भोजपुरी भाषाको संरक्षणको साथै वीरगंजको पहिचान गराउने बिश्वास व्यक्त गर्नु भयो ।


 
जेंवना भोजपुरिया सनेसा वीरगंजका अशोक कुशवाहाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष के.सी.लामिछाने , जनता समाजवादी पार्टीका युवा नेता तबरेज अहमद, भिजिट मधेशका राष्ट्रिय संयोजक ओमप्रकाश सरार्फ, समाजिक अभियान्ता प्रकाश थारु लगायतकाले शुभकामना मन्तव्य ब्यक्त गर्नु भएको थियो  ।  संचालन संचारकर्मी माधुरी महतोले गर्नु भएको थियो ।

भिडियो गीतको आजै  जेंवना भोजपुरिया सनेसाको युट्युबमा समेत रिलिज गरिएको छ । वीरगंजका युवा श्याम सरार्फद्वारा लिखित गीतमा उहाँके अवाज छ । बिवेक परियारले संगीतवद्ध गर्नु भएको गीतको निर्माता मुख्य अभिनेता राकेश यादव “मितवा” रहनु भएको छ । म्यूजीक भिडियोको निर्देशन भने  राजन श्रीवास्तवले गर्नु भएको छ ।  क्यामरामा भरत साहले राम्रो छाप छोडनु भएको छ ।  

 
सोही कार्यक्रममा संविधान दिवसको अवसरमा राष्ट्रपतिबाट विभूषित हुनुभएका नेपाल पत्रकार महासंघ प्रदेश नं. २ का उपाध्यक्ष के.सी. लामिछाने र ग्रिन सिटी आदर्शनगरका अध्यक्ष प्रकाश खेतानलाई भोलन्टियर समुहले सम्मानितसमेत गरेको थियो ।
 
नेकपाका युवा नेता प्रभाकर गुप्ताले पत्रकार महासंघका प्रदेश उपाध्यक्ष लामिछानेलाई र भोलन्टियर समुहका अध्यक्ष राजन श्रीवास्तवले ग्रिन सिटीका अध्यक्ष खेतालाई खादा ओढाएर सम्मान गनुृ भएको थियो  ।

https://youtu.be/E9ZjDCfHxak

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

१२ वर्षिय  यादव सात दिन देखी बेपत्ता, खोजीकालागि प्रहरीमा निवेदन

बर्दिवास । आफनो १२ वर्षिय छोरा सात दिन देखी सम्पर्क बिहिन भएपछि एक दम्पतीले खोजी गर्न प्रहरीलाई गुहार लगाएको छ ।

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.